सामान किन्न सीमापारि जाने घट्दै
०६ असार २०८३
•
२ मिनेट पाठ
सामान किन्न सीमापारि जाने घट्दै
दैनिक उपभोग्यलगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने नेपालीको संख्यामा कमी आएको छ। दैनिक उपभोग्य सामान किन्न भारतीय बजारमा जाने नेपालीको संख्यामा कमी आएपछि सीमास्थित त्रिनगर, गड्डाचौकी, गौरीफन्टालगायत नाका सुनसान जस्तै देखिएका छन्।




सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल ल्याउदाँ पाँच सय रुपैयाभन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने नियम कार्यान्वयन गरेपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जाने उपभोक्ता घटेका हुन्। रास्वपा नेतृत्वको सरकारले सुरुमा १ सय रुपैयाँ बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने भनेपछि देशव्यापी विरोध भएको थियो। विरोधपछि ५ सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था गरिएको हो।

‘पहिला त्रिनगर नाकामा भारतीय बजारमा सामान किन्न जानेको बिहानदेखि साँझसम्म भिड हुन्थ्यो। अहिले भारतमा सामान किन्न जानेको संख्यामा ८० प्रतिशतले कमी आएको छ’, नाकामा बिहीबार ड्युटीमा रहेका प्रहरीका एक हबलदारले भने, ‘त्यसैले विगतको तुलनामा अहिले नाका सुनसान जस्तै देखिन थालेको छ।’

सरकारले पाँच सय रुपैयाँ बढीका सामानमा भन्सार लिने नियम कडाइसाथ लागु गरेपछि आर्थिक अवस्था कमजोर भएका सीमावर्ती क्षेत्रका बासिन्दा भने मर्कामा परेका छन्। भारतीय बजारमा दैनिक उपभोग्य, लत्ताकपडा सस्तो मूल्यमा पाइने भएकाले आर्थिक अवस्था कमजोर भएका सीमावर्ती क्षेत्रका बासिन्दा पारिबाट ल्याएर समस्या टार्ने गरेका थिए। ‘भारतीय बजार वनगाउँ गएर चाहिएको समान ल्याउने गर्थें। अहिले पाँच सयभन्दा बढीका सामान भन्सार नतिरी ल्याउन पाइँदैन। यसले पैसा नहुने हामीजस्तालाई समस्या भएको छ’, भागुचौधरीले भनिन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत गएर मजदुरी गर्ने सात–आठ लाख छन्। अब उनीहरूले घर आउँदा ल्याउने पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार तिर्नुपर्ने भएको छ। ‘भारतको सुरतमा मजदुरी गर्छु। अहिले घर जान आएको हुँ। सामान ल्याउँदा भन्सार तिर्नुपर्छ भनेर धेरै ल्याइनँ’, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का सेवकराम चौधरीले भने, ‘३ सारी, ५ प्याकेट नमकिन मात्र ल्याएको छु।’

मुम्बईमा मजदुरी गरी घर आएका गोदावरी नगरपालिका–८ का रवि कामीले भन्सारका कारण परिवारलाई आवश्यक सामान पनि ल्याउन नपाउँदा असहज महसुस भएको बताए। ‘नाकामा चेकजाँच हुन्छ। पहिला जस्तो भन्सार नतिरी सामान ल्याउन पाइँदैन भनेकाले यस पटक घरका लागि आवश्यक सामान पनि ल्याइनँ’, उनले भने।

धनगढी बजारमा चहलपहल

सीमापारिबाट पाँच सय रुपैयाँ भन्दा बढीको सामान भन्सार तिरेर मात्र ल्याउन पाइने व्यवस्थाले सीमा क्षेत्रका नेपाली बजार भने गुल्जार बनेका छन। बजारमा चहलपहल बढेको छ। दैनिक उपभोग्य लगायत सामान किन्न भारतीय बजारको साटो आफ्नै बजार प्राथमिकतामा परेपछि चहलपहलसँगै कारोबार पनि बढ्न थालेको व्यापारी बताउँछन्। ‘सरकारले भारतबाट पाँच सय रुपैयाँभन्दा बढीका सामान भन्सार नतिरी ल्याउन नदिएपछि त्यसको प्रभाव नेपाली बजारमा सकारात्मक देखिएको छ’, धनगढी बजारका व्यवसायी आवेश चन्दले भने।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस