पूर्वमा सिटी सफारीको बढ्दो ‘मृत्यु यात्रा’: पाँच वर्षमा ११६ जनाको ज्यान लियो
२७ जेष्ठ २०८३
•
४ मिनेट पाठ
पूर्वमा सिटी सफारीको बढ्दो ‘मृत्यु यात्रा’: पाँच वर्षमा ११६ जनाको ज्यान लियो
घटना नं. १ : दुई वर्षअघि सुनसरीको बराहक्षेत्र नगरपालिका–भरौलमा सिटी सफारीसँग ठोक्किएर घाइते भएका उदयपुरको बेलका नगरपालिका–९ का तत्कालीन वडाध्यक्ष पदम खड्काको मृत्यु भएको थियो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार सम्भव नभएपछि हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको थियो। तर, उपचारकै क्रममा एक सातापछि उनको निधन भयो।




घटना नं. २ : २०८२ साउन ६ गते मोरङको लेटाङ नगरपालिका–४ मा अनटेस्ट सिटी सफारी अनियन्त्रित भई पल्टिँदा सोही स्थानका ३२ वर्षीय जनम तामाङ गम्भीर घाइते भएका थिए। सिटी सफारीमा सवार तामाङको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भयो।

घटना नं. ३ : अघिल्लो वर्ष साउन २२ गते मोरङको विराटचोकमा यात्रुबाहक बसले सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार सुनसरीको दुहबी नगरपालिका–४ का ६१ वर्षीय तुलसीप्रसाद गुरागाईंको मृत्यु भएको थियो।

यी त केही उदाहरण मात्र हुन्। पछिल्ला वर्षहरूमा कोशी प्रदेशभर, विशेषगरी तराईका जिल्लाहरूमा, सिटी सफारीसँग सम्बन्धित दुर्घटनाका घटना बढ्दो क्रममा छन्। सिटी सफारी पछिल्लो समय दुर्घटनाको प्रमुख कारकका रूपमा देखिन थालेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार पछिल्लो पाँच वर्षमा सिटी सफारी दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको तुलनामा घाइते हुनेको संख्या अझ बढी छ। यही अवधिमा तीन हजार ९७० जना घाइते भएका छन् भने दुई हजार ७३२ वटा दुर्घटना भएका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा २२ जनाको मृत्यु भएको थियो। यो संख्या २०७९/८० मा बढेर २४ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा मृत्यु संख्या ३६ पुगेको देखिन्छ, जुन पछिल्ला पाँच वर्षकै उच्च हो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा कम आर्थिक वर्ष २०८१/८२ मा १५ जनाको मृत्यु भएको थियो।

घाइतेको संख्या पनि चिन्ताजनक छ। आर्थिक वर्ष २०७८/७९ मा ६६८ जना घाइते भएका थिए भने २०७९/८० मा यो संख्या बढेर ७६२ पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा ७५१ जना घाइते भएका छन्। चालु आर्थिक वर्षमै एक हजार १९५ जना घाइते भइसकेका छन्। यसले दुर्घटनाको प्रभाव र जोखिम निरन्तर बढ्दै गएको देखाउँछ।

पाँच वर्षको अवधिमा कुल दुई हजार ७३२ वटा दुर्घटना भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा ४५३, २०७९/८० मा ५५२, २०८०/८१ मा ४४६ र २०८१/८२ मा ५८१ वटा दुर्घटना भएका थिए। चालु आर्थिक वर्षमा मात्रै ७०० वटा दुर्घटना भइसकेका छन्, जसले दुर्घटना नियन्त्रणभन्दा यसको वृद्धि दर बढी रहेको संकेत गर्छ।

विशेषगरी मोरङ, सुनसरी, झापा र उदयपुर जिल्लामा सिटी सफारी दुर्घटनाका घटना बढी देखिएका छन्।

दुर्घटना बढ्दै गएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ। ‘सुरक्षित चालक अभियान’ अन्तर्गत सिटी सफारी चालकहरूलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोशाक’ वितरण अभियान सुरु गरिएको छ।

बुधबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारी चालकहरूलाई सुरक्षित चालक पोशाक वितरण गर्दै अभियानको शुभारम्भ गरे।

कार्यक्रममा उनले ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गर्दै सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको बताए।

“जिम्मेवार र अनुशासित ढंगले सवारी साधन सञ्चालन गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु सिटी सफारी चालकको दायित्व हो,” उनले भने।

नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रमुख एसएसपी ज्ञानेन्द्र फुयाँलले पनि सुरक्षित यात्राका लागि चालक पोशाक अनिवार्य रहेको बताए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार मोरङमा गत माघ महिनामा दुई हजार १०० जना चालकलाई ज्याकेट वितरण गरिएको थियो। त्यसपछि दुर्घटनामा केही कमी आएको देखिएकाले अभियानलाई प्रदेशव्यापी रूपमा विस्तार गरिएको हो।

कार्यक्रममा सिटी सफारी चालक संघ, इटहरीका कुमार तामाङले सिटी सफारी सञ्चालनका लागि सरकारले रुट व्यवस्थापनसम्बन्धी नीतिमा सुधार गर्नुपर्ने धारणा राखे।

यसअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले इटहरी क्षेत्रमा सिटी सफारीलाई व्यवस्थित गर्न टाइम कार्ड प्रणालीसमेत लागू गरेको थियो। तर, उक्त व्यवस्था प्रभावकारी हुन सकेन।

इटहरीमा पहिलोपटक २०७३ साल असोजको दोस्रो सातामा ट्राफिक प्रहरीको अगुवाइमा मुख्य राजमार्गमा सिटी सफारी सञ्चालनमा रोक लगाइएको थियो। तर, चालकहरूले आन्दोलन चर्काएपछि एक दिनमै ट्राफिक प्रहरी लचिलो बनेको थियो। त्यसपछि छोटो दूरीका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन मुख्य राजमार्ग प्रयोग गर्न दिने सहमति भएपछि सिटी सफारी सञ्चालन पुनः सहज बनेको थियो।

हाल सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका प्रमुख सहरहरूमा सञ्चालनमा छन्। पछिल्लो समय पूर्वका पहाडी जिल्लाहरूमा पनि सिटी सफारी सञ्चालन विस्तार हुँदै गएको छ।

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय, इटहरीका अनुसार कोशी प्रदेशमा मात्र २० हजारभन्दा बढी सिटी सफारी दर्ता भएका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस