काठमाडौंमा अपराधको बदलिँदो स्वरूप: बैंकिङ कसुर र ठगी प्रमुख चुनौती
२८ साउन २०८२
•
४ मिनेट पाठ
काठमाडौंमा अपराधको बदलिँदो स्वरूप: बैंकिङ कसुर र ठगी प्रमुख चुनौती
तस्बिर: दिपेश दर्शनधारी/नागरिक
राजधानीमा परम्परागत अपराधको तुलनामा बैंकिङ कसुर, सहकारी ठगी, हुण्डी र साइबर अपराधजस्ता आर्थिक र प्रविधिमा आधारित कसुरहरू प्रमुख चुनौतीका रूपमा देखा परेका छन्।




जिल्ला प्रहरी परिसरले, बुधबार आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।

तस्बिर: दिपेश दर्शनधारी/नागरिक
आयोजित पत्रकार भेटघाट कार्यक्रममा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले ८१५ जना जनशक्तिको अभावका बावजुद पनि प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्त्वपूर्ण सफलता हासिल गरेको जानकारी दिए।

परिसरले सार्वजनिक गरेको वार्षिक विश्लेषण अनुसार, काठमाडौंमा दैनिक औसत ३५ वटा अपराधका घटना दर्ता हुने गरेका छन्। जसमा सबैभन्दा ठूलो हिस्सा बैंकिङ कसुरले ओगटेको छ।

काठमाडौंको सुरक्षा व्यवस्थापनको प्रमुख चुनौती जनशक्ति अभाव रहेको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत कुल ४,०१६ जनाको दरबन्दी रहेकोमा हाल ३,२३३ जना मात्र कार्यरत छन्। यस हिसाबले ८१५ जना जनशक्तिको अभाव छ। जुन कुल दरबन्दीको करिब २० प्रतिशत हो। कार्यरत जनशक्तिमध्ये २,८२४ जना पुरुष (८७%) र ४०९ जना महिला (१३%) रहेका छन्।

तस्बिर: दिपेश दर्शनधारी/नागरिक
परिसर अन्तर्गतका १२९ प्रहरी कार्यालयमध्ये केवल १४ वटाको मात्रै आफ्नो भवन र जग्गा दुवै रहेको छ। २० वटा प्रहरी इकाई आफ्नै भवनमा भए पनि जग्गाविहीन छन् भने ८ वटा भाडाको भवनमा सञ्चालित छन्।

सबैभन्दा ठूलो संख्या, अर्थात् ६० वटा प्रहरी इकाईहरू, सरकारी जग्गामा टहरा वा अस्थायी संरचना बनाएर बसिरहेका छन्। यसबाहेक संघसंस्था, स्थानीय निकाय, गुठी र पशुपति विकास कोषको भवनमा समेत प्रहरी कार्यालयहरू सञ्चालित छन्।

गत आर्थिक वर्षमा मात्रै १७८ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। जसमा सबैभन्दा बढी प्रहरी हवल्दार (७६ जना) रहेका छन्। यसैगरी, १८ जनाले अनिवार्य अवकाश पाएका छन्।

तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रहरीले राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई कारबाही गर्ने नीतिलाई निरन्तरता दिएको छ। गत वर्ष ६८१ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

जसमा सबैभन्दा बढी प्रहरी जवान (२०९ जना) छन्। सोही अवधिमा १५८ जनालाई कारबाही गरिएको छ। जसमा पनि सबैभन्दा बढी प्रहरी जवान (६० जना) र प्रहरी सहायक हवल्दार (४१ जना) परेका छन्।

काठमाडौं प्रहरीले दैनिक रूपमा शान्ति सुरक्षा कायम गर्न व्यापक जनशक्ति परिचालन गर्दै आएको छ। दैनिक ९२४ वटा डिउटीमा २,५२१ जना जनशक्ति खटिने गरेका छन्।

यसमा मोबाइल/सिआरभी गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, प्रहरी चेकिङ र पिकेटजस्ता नियमित परिचालन समावेश छन्।

गत वर्ष काठमाडौंले राजावादी र शिक्षक आन्दोलन जस्ता विभिन्न ठूला राजनीतिक तथा सामाजिक आन्दोलनहरूको सामना गर्नुपर्‍यो। जसमा प्रहरीले संयमतापूर्वक सुरक्षा व्यवस्थापन गरेको स्वमूल्याङ्कन गरेको छ।

यसबाहेक, प्रहरीले १७ वर्षपछि त्रि-चन्द्र क्याम्पससहित १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको र विभिन्न ६१ वटा निर्वाचन तथा महाधिवेशनमा सुरक्षा प्रदान गरेको जनाएको छ।

काठमाडौं प्रहरीले मनसुनजन्य विपद्को तयारी र प्रतिकार्यका लागि विशेष योजना बनाएर काम गरिरहेको एसएसपी अधिकारीले सुनाए। गत वर्ष बाढी, डुबान र पहिरोका ४५ घटनामा २० जनाको मृत्यु र १७ जना घाइते भएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा कुल १२,९१५ वटा अपराधका मुद्दा दर्ता भएका छन्। यो अघिल्लो वर्षको तुलनामा ०.३३ प्रतिशतले बढी हो। दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुर सबैभन्दा बढी ६,५५३ वटा रहेका छन्। यो कुल अपराधको ५० प्रतिशतभन्दा बढी हो।

मुख्य १० अपराधहरूमा, बैंकिङ कसुर ६,५५३, अभद्र व्यवहार १,९५३, चोरी ९५१, ठगी ७४५, लागूऔषध ४३१, आत्महत्या ३३२, जबर्जस्ती करणी २४४, ज्यान मार्ने उद्योग १४०, सवारी ज्यान १००, सवारी अंगभंग ७४ रहेका छन्।

यी १० मुख्य अपराधले कुल मुद्दाको ८९.२२ प्रतिशत हिस्सा ओगटेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा बैंकिङ कसुर र सहकारी ठगीका घटनामा नाटकीय वृद्धि देखिएको छ।

प्रहरीले पछिल्लो समय देखिएका अपराध प्रवृत्तिहरूमा बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, मिटरब्याज, हुण्डी, वैदेशिक रोजगारी ठगी, सुन तस्करी र साइबर अपराध (अनलाइन ठगी, अनलाइन जुवा, हनी ट्रयाप) प्रमुख रहेको जनाएको छ।

लागूऔषधका ४३१ मुद्दा दर्ता हुँदा ७२५ जना पक्राउ परेका छन्। प्रहरीले पहिलो पटक लागूऔषध सेवन गर्ने उमेर समूहबारे गरेको विश्लेषणमा १५-१९ वर्ष उमेर समूहका युवाहरू (४८.९%) सबैभन्दा बढी रहेको पाइएको छ।

प्रहरीले उपत्यकाव्यापी महाअभियान सञ्चालन गरी सचेतना, कारबाही र पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

यसैगरि, अदालतबाट दोषी ठहर भई फरार रहेका ५,५१२ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ। उनीहरूबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने २९८ वर्ष २ महिना ९ दिन कैद भुक्तान गराइएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अपराध नियन्त्रण र सेवा प्रवाहलाई सहज बनाउन विभिन्न नवीनतम प्रयासहरू थालेको एसएसपी विश्व अधिकारीले जनाए।

आर्थिक र साइबर अपराधको बढ्दो चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग र समुदायसँगको साझेदारीलाई नै प्रहरीले आफ्नो मुख्य रणनीतिका रूपमा अघि बढाएको देखिन्छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस