लैंगिक हिंसाविरुद्धका अभियान चलेको–चल्यै, घटना बढेको–बढ्यै
२६ मंसिर २०८२
•
५ मिनेट पाठ
लैंगिक हिंसाविरुद्धका अभियान चलेको–चल्यै, घटना बढेको–बढ्यै
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यसै बुधबार समापन भयो। देशभर लैगिंक हिंसाविरुद्धको अभियान चलिरहँदा पनि नेपाली समाज हिंसाका घटनाबाट टाढा रहन सकेन। अभियान चलिरहँदा जनताको सुरक्षार्थ पहिलो स्थानमा खटिने नेपाल प्रहरीकै कर्मचारी हिंसामा संलग्न भेटिए। 




मंसिर २२ गते प्रहरी सहायक निरीक्षक(असई) पुष्कर कार्की आफ्नै चार महिने छोराको हत्या आरोपमा पक्राउ परे। कार्कीले सिनामंगलस्थित डेरामा शिशुको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। छोराको ज्यान लिने क्रममा उनले नेपाल प्रहरीमै कार्यरत पत्नीलाई पनि आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ। यस घटनाबाट प्रहरीमै कार्यरत कर्मचारी पनि हिंसात्मक सोचबाट बाहिर छैनन् भन्ने दर्साएको टिप्पणी भइरहेको छ। जसले १६ दिने अभियान जस्ता अभियानको प्रभावकारितामै प्रश्न उठेका छन्। 

यही बेला मंसिर १४ गते कपिलवस्तु नगरपालिका–३ तिलौराकोट दरबार परिसर बाहिर १७ वर्षीया किशोरी बलात्कृत भइन्। उक्त घटनामा भाइरल ‘टुर गाइड’ का रूपमा चिनिएका कपिलवस्तु–६ का २० वर्षीय राहुल मल्लाह पक्राउ परे। जसले सामाजिक रूपमै चिनिएका व्यक्तिबाट पनि महिला सुरक्षित छैनन् भन्ने दर्साउँछ। 

नेपाल प्रहरीले पछिल्ला ५ वर्षको हिंसाका घटनाको तथ्यांकलाई २५ शीर्षकमा विभाजन गरेर राखेको छ। जसमा एक लाख ७ हजार बढी अपराधका घटना भएका छन्। यही तथ्यांकभित्र घरेलु हिंसासहित जबरजस्ती करणी र कर्तव्य ज्यानका  घटना पनि सामेल छन्। 

प्रहरीसँग रहेको यो तथ्यांकले घरेलु हिंसा, बलात्कार तथा यौन हिंसा र बहुविवाहका घटनाहरूमा वृद्धि भइरहेको देखिन्छ। पछिल्ला ५ वर्षमा घरेलु हिंसाका मात्रै ८१ हजार ६ सय बढी घटना भएका छन्।

जसमा आर्थिक वर्ष २०७७।७८ मा १४ हजार २३२, ०७८।७९ मा १७ हजार, व०७९।८० मा १६ हजार ५१९, ०८०।८१ मा १६ हजार ४१६ र ०८१।८२ मा १७ हजार ४८२ घरेलु हिंसाका घटनाको उजुरी प्रहरीमा दर्ता भएको देखिन्छ। 

यस्तै महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटना पनि बर्सेनि बढिरहेको तथ्यांकले देखाएको छ। पछिल्ला पाँच वर्षमा बलात्कारका घटना मात्रै  १२ हजार ५९ वटा भएका छन्। 

यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ।
जसमा आव ०७७।७८ मा दुई हजार ५३२, ०७८।७९ मा दुई हजार ३८०,  ०७९।८० मा दुई हजार ३८७, ०८०।८१ मा दुई हजार ५०७ र ०८१।८२ मा दुई हजार २५३ वटा जबरजस्ती करणीका घटना भएको प्रहरीको तथ्यांक छ। यस्तै पाँच वर्षमै दुई हजार ८२८ वटा बलात्कार प्रयास(जबरजस्ती करणी उद्योग)का घटना भएको प्रहरीले जनाएको छ। यिनै पाँच वर्षमा १४२ वटा अप्राकृतिक मैथुनका घटना पनि घटेका छन्। 

यस्तै आव ०७७।७८ मा २८१, ०७८।७९ मा ३१४, ०७९।८० मा ३४३ वटा,  ०८०।८१ म ३६३ र ०८१।८२ मा  ३५५ गरी पाँच वर्षमा एक हजार ६५६ वटा बाल यौन दुर्व्यवहारका घटना घटेको प्रहरीको तथ्यांक छ। 

प्रहरीसँगको तथ्यांकअनुसार महिला तथा बालबालिकामाथि सार्वजनिक स्थलमै हुने हिंसा पनि देखिएका छन्। जसमा आव ०८०।८१ मा  १९ र ०८१।८२ मा २३ गरी दुई वर्षमै ४२ वटा घटनामा सार्वजनिक स्थलमै महिला र बालबालिकामाथि यौनजन्य हिंसा भएको छ। 

यस्तै तीन आर्थिक वर्षमा ४७४ वटा मानव बेचबिखन तथा ओसारपसारका घटना छन्, भने पाँच वर्षमा ८ वटा एसिड आक्रमणका घटना भएका छन्। पछिल्ला दुई आर्थिक वर्षमा दुई जनाको दाइजोकै कारण ज्यान लिइएको छ। 

यस्तै अर्को ठुलो समस्या बहुविवाह पनि बनेको देखिएको छ। प्रहरीको तथ्यांकअनुसार आव ०७७।७८ मा ८५२, ०७८।७९ मा ८०९ वटा, ०७९।८० मा ७२३, ०८०।८१ मा ६५३ र ०८१।८२ मा  ५६८ वटा बहुविवाहका उजुरी प्रहरीमा परेको छ। 

यो तथ्यांकले हरेक वर्ष सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै प्रभावकारितामाथि नै प्रश्न उठाएको टिप्पणी हुने गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव डा. टीकाराम अधिकारी लैंगिक हिंसाको मूल कारण समाजमा जकडिएको पितृसत्तात्मक संरचना, चेतनाको कमी र डिजिटल माध्यमको नकारात्मक प्रयोग भएको बताउँछन्।       

‘समाजमा सकारात्मक चेतनाभन्दा नकारात्मक चेतना छिटो फैलिँदै गएको छ,’ उनी भन्छन्, ‘अभियान सहर–केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा वास्तविक परिवर्तन देखिँदैन।’

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले हिंसाका घटना बढ्नुको कारण केवल प्रहरीको कमजोरी नभएको बताउँछन्। ‘प्रहरीले मात्रै यो समस्या समाधान गर्न सक्दैन। यसमा सामाजिक तथा मनोवैज्ञानिक कारणहरू छन्। प्रहरी मात्रले नियन्त्रण गर्न सक्दैन,’ काफ्लेले भने। 

‘लैंगिक हिंसा सहर वा गाउँ भनेर फरक पर्दैन। तर १६ दिने अभियानलाई अहिले एउटा फेस्टिभल जस्तै बनाइयो,’ उनी भन्छिन्, ‘स्टार होटेलमा बसेर कफी पिउँदै फोटो सुट गर्ने कार्यक्रमले दूर दराजमा हिंसा भोगिरहेकी महिलाको पीडामा कुनै प्रभाव पार्दैन।’ 
अहिले प्रविधिको बद्लिँदो विकास क्रमले पनि हिंसालाई नयाँ ‘प्लेटफर्म’मा विस्तार गरेको प्रवक्ता काफ्ले बताउँछन्। ‘अनलाइनमार्फत प्रलोभन, धम्की, ब्ल्याक मेल र ह्याकिङका घटनाले पनि महिलामाथिको हिंसा बढाएको छ,’ उनले भने। प्रहरीले त्यस्ता हिंसा न्यूनीकरणका लागि ‘सेफ्टी पिन क्याम्पेन’ र महिला तथा बालबालिका सेवा केन्द्रमार्फत सुरक्षित वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको उनले बताए। 

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक(डिआइजी) हेमन्त मल्ल पछिल्लो समय घर जस्तो सुरक्षित मानिने स्थान समेत ‘असुरक्षित’ बन्दै गएको बताउँछन्। यस्तै समाजमा दण्डहीनता बढ्दा पनि आपराधिक मानसिकताले प्रश्रय पाइरहेको उनको बुझाई छ। उनी भन्छन्, ‘दोषी सजायबाट जोगिँदा समाज अराजकतातिर धकेलिन्छ। माओवादी द्वन्द्वपछिको सामाजिक संरचनामा आएको विघटन, सामाजिक अनुशासनहीनता र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले हिंसात्मक व्यवहारलाई बल नै दिएको जस्तो मलाई लाग्छ।’

मानव अधिकारकर्मी रुबी खान लैंगिक हिंसाविरुद्धका अभियान नै प्रभावकारी नभएको मत राख्छिन्। १६ दिने अभियानजस्ता कार्यक्रम सहर केन्द्रितमै सीमित हुँदा ग्रामीण र दुर्गम क्षेत्रमा हिंसाविरुद्धको वातावरण नै नबनेको उनको बुझाई छ। 

‘लैंगिक हिंसा सहर वा गाउँ भनेर फरक पर्दैन। तर १६ दिने अभियानलाई अहिले एउटा फेस्टिभल जस्तै बनाइयो,’ उनी भन्छिन्, ‘स्टार होटेलमा बसेर कफी पिउँदै फोटो सुट गर्ने कार्यक्रमले दूर दराजमा हिंसा भोगिरहेकी महिलाको पीडामा कुनै प्रभाव पार्दैन।’ 

राष्ट्रिय महिला आयोगका उपसचिव रोशनी कार्की आयोगबाट लैंगिक हिंसाविरुद्ध निरन्तर काम भइरहेको दाबी गर्छिन्। ‘हिंसाका कुनै पनि स्वरूपमा आयोगले सम्झौता गर्दैन। तर प्रभावकारी कामका लागि संरचनागत सुधार अनिवार्य छ’, उनले भनिन्। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस