मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले गैरआवासीय भवन निर्माणतर्फको बजेट अन्तिम समयमा रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ। चालु आर्थिक वर्षको अन्त्य नजिकिँदा निर्माण सम्पन्न भएका योजनाको भुक्तानी रोकिएपछि उपभोक्ता समिति र निर्माण व्यवसायी असन्तुष्ट बनेका हुन्।
सम्झौताअनुसार काम सम्पन्न गरेर भुक्तानी लिन पुगेका निर्माण व्यवसायी र उपभोक्ता समितिले बजेट रोक्का भएको जानकारी पाएपछि विभिन्न कार्यालयमा विवाद र दबाब बढेको बताइएको छ। कतिपय कार्यालय प्रमुखहरू कार्यालयमै उपस्थित हुन नसकेको स्रोतले जनाएको छ।
पूर्वाधार विकास कार्यालय बाराका अनुसार गैरआवासीय भवन निर्माणका लागि करिब ७ करोड ८५ लाख रुपैयाँ विनियोजन भई जिल्लामा २८ वटा योजना सञ्चालन गरिएको थियो। तीमध्ये धेरै योजना सम्पन्न भइसकेका छन्। तर भुक्तानीका बेला बजेट रोकिएको जानकारी पाएपछि उपभोक्ता समितिहरूले कार्यालयमा दबाब बढाएको कार्यालय प्रमुख ओमप्रकाश साहले बताए।
पर्सामा पनि यस्तै अवस्था देखिएको छ। गैरआवासीय भवन शीर्षकमा करिब साढे ३ करोड रुपैयाँको बजेट रहेको भए पनि भुक्तानी प्रक्रियामा बजेट रोक्का भएको जानकारी पाएपछि उपभोक्ता समितिहरूले असन्तुष्टि जनाएको पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख राजेशलाल कर्णले बताए।
बारा र पर्सासँगै रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका पूर्वाधार विकास कार्यालयमा समेत यही शीर्षकअन्तर्गतको बजेट रोकिएको जनाइएको छ। धनुषामा निर्माण व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय जनकपुरमा तालाबन्दीसमेत गरेका छन् भने भौतिक पूर्वाधार मन्त्रालयमा पनि तालाबन्दी गर्ने तयारी रहेको निर्माण व्यवसायी संघ धनुषाका महासचिव रुपेश सिंहले बताएका छन्।
निर्माण व्यवसायीहरूले काम सम्पन्न भएपछि भुक्तानी रोक्नु सरकारको कमजोर व्यवस्थापन भएको आरोप लगाएका छन्। उनीहरूले यसबाट दर्जनौँ योजना, निर्माण व्यवसायी र उपभोक्ता समिति प्रभावित भएको बताएका छन्।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थ मन्त्रालयले जारी गरेको खर्च मापदण्डमा योजना कार्यान्वयनअघि मन्त्रालयको पूर्वस्वीकृति आवश्यक हुने व्यवस्था गरिएको थियो। स्वीकृति लिएर सञ्चालन गरिएका योजनाकै बजेट रोकिएको भन्दै सम्बन्धित कार्यालयहरूले असन्तुष्टि जनाएका छन्।
मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री महम्द समिरले रोकिएको बजेटबारे बुझ्ने काम भइरहेको र अन्तिम समयमा बजेट रोकिँदा राम्रो सन्देश नजाने बताएका छन्। यता अर्थमन्त्री युवराज भट्टराईसँग प्रतिक्रिया लिन खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।
प्रदेश सरकारभित्रको आन्तरिक असन्तुष्टि र बजेट व्यवस्थापनको विषयले अहिले थप बहस सिर्जना गरेको छ।