फोक्सिन्टार र वंशीलाघाटमा बेलिब्रीज हटाइयो, खोटाङमा यातायात अवरुद्ध
०४ जेष्ठ २०८३
•
३ मिनेट पाठ
फोक्सिन्टार र वंशीलाघाटमा बेलिब्रीज हटाइयो, खोटाङमा यातायात अवरुद्ध
उदयपुर र खोटाङलाई जोड्ने दुईवटा बेलिब्रीज खोलेसँगै सोझो यातायात सम्बन्ध विच्छेद भएको छ । गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने गाईघाट-दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टार र बेलटार–पौवासेरा जोड्ने वंशीलाघाटका बेलिब्रीज हटाएपछि सोझो यातायात सम्पर्क टुटेको हो ।




शनिबारदेखि सुरु भएको फोक्सिन्टारको बेलिब्रीज सोमबार दिउँसोसम्ममा खोलिसकिएको छ भने वंशीलाघाटको केहीदिनअघि नै हटाईसकिएको छ । फोक्सिन्टारमा १३ वर्ष लगाएर बनेको पक्की मोटरेबल पुल ०८१ असोज १२ गते रातिको बाढीले भत्काएपछि बेलिब्रीज जडान गरि आउजाउ थालिएको हो । गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रीज वर्षायाम सुरु भएपछि बाढीको जोखिमबाट बँचाउन खोलिएएको हो । वर्खायाम लागेर पानीको सतह बढेकाले बेलिब्रीज बगाउनसक्ने जोखिमले खोल्न थालेको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेबीच फोक्सिन्टारको बेलिब्रीज खोल्न सुरु भएसँगै शनिबारदेखि गाईघाट दिक्तेल सोझो यातायात सेवा अवरुद्ध भएको छ । बेलिब्रीज खोलेपछि सवारी साधनहरु रौतामाई ५ कै रसुवा घाट  पुगेर त्यहाँको झोलुङ्गे पुल तरेर दिक्तेल र खोटाङबाट आएकाहरु गाईघाट आउनु पर्नेछ ।

बेलिब्रीज भत्काएर सामान सुरक्षित गर्न कम्तीमा ४÷५ दिन लाग्ने गाईघाट दिक्तेल योजना कार्यालय प्रमुख (डिई) बिबेक पाण्डेले बताए । पाण्डेका अनुसार गत पुसमा लगाइएको ५० मिटर लामो बेलिब्रीज आरएन कन्स्ट्रक्सन कटारीले मूल्य अभिबृद्धि कर (भ्याट)सहित १ करोड २९ लाख ४६ हजार ७७ रुपैँयामा निर्माण गरेको हो । बाढीले पक्की पुल भत्काएपछि हरेक साल वर्षायाममा बेलिब्रीज लगाउने र हिउदमा खोल्नुपर्दा यात्रु मारमा पर्दै आएका छन् ।

उता उदयदपुरकै चौदण्डीगढी नगरपालिका २ र खोटाङको बराहापोखरी गाउँपालिका ५ पौवासेरालाई जोड्ने वंशीलाघाटस्थित सुन नदीमे निर्मित अर्को बेलिब्रीज पनि केहीदिनअघि मात्र खोलिएको छ । खोटाङको पूर्वी–दक्षिणी भेगका बासिन्दालाई उदयपुरको बेलटार बजार हुँदै तराईसँग सोझो यातायातले जोड्ने सो बेलिब्रीज ३ महिनाअघि मात्र सञ्चालनमा ल्याइएको थियो । वंशीलाघाटमा ३ वर्षयता मोटरेबल पक्की पुल निर्माणाधीन रहे पनि ३० प्रतिशत हाराहारी मात्र काम भईरहेको छ ।

वर्षाैँ पुरानो जीर्ण झोलुङ्गे पुल भएर आउजाउ गर्न बाध्य सो ठाउँमा पक्की पुल बनाउन थाले पनि नदी पारि निर्माण सामग्री लान असहज हुँदा काम ढिला भएको भन्दै प्रदेश सरकारले चालु वर्षकै बजेटमार्फत बेलिब्रीज लगाएको हो । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको पहलमा चालुवर्ष ०८१÷०८२ मा विनियोजत १ करोड ८७ लाख बजेटबाट ५१.८१ मिटर लामो बेलिब्रीज बनेको हो ।

निर्माण कम्पनी गुरुकुल विल्डर्स एन्ड सप्लायर्स रौतहटले भ्याटसहित १ करोड ५७ लाख रुपैयाँमा निर्माण गरेको बेलिब्रीजले खोटाङको पूर्वी दक्षिणी भेग तथा भोजपुरका पश्चिमभेगका स्थानीयलाई आउजाउ गर्न धेरै सहज भएको थियो । निर्माणाधीन पक्की पुल बनाउन अझै केहीवर्ष लाग्ने भएकाले वंशीलाघाटमा बेलिब्रीज खोल्ने र जोड्ने क्रमले निरन्तरता पाउने स्थानीयहरुको अनुमान छ । बेलटारका नागरिक अगुवा गोपाल राईका अनुसार बेलिब्रीज बनेपछि निर्माण सामग्री ओसार्न सहज भएकाले पुल बनाउन सहज भईरहेको छ ।

वंशीलाघाटमा ३ वर्षअघि ठेक्का सम्झौता गरेर निर्माण सुरु भएको पक्की पुलको काम ३० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सङ्घीय सरकार, सडक विभाग, पुल सेक्टर सुनसरीबाट १० करोड १८ लाख ४१ हजार ४ सय रुपैयाँमा निर्माणको जिम्मा पाएको कालिका–वेदांसी जेभीले कामलाई गती दिन नसक्दा पुल निर्माणमा ढिालई भएको हो ।

३३ महिनाभित्र सम्पन्न गर्नेगरी २०७९ मङ्सिर १ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बेलटार–वंशीलाघाट सडक खराव, निर्माण सामग्री नदी पारि लान असहज तथा अन्य विभिन्न कारण देखाउँदै काममा ढिला भएको जनाएको छ । बेलिब्रीज बनेपछि भने निमाण सामग्री नदी पारि लान सहज भएकाले अब छिट्टै काम हुने निर्माण व्यवसायी प्रतिनिधिले जनाएका छन् । 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस