गिद्ध संरक्षण गर्न सचेतता आवश्यक
१६ चैत्र २०८२
•
३ मिनेट पाठ
गिद्ध संरक्षण गर्न सचेतता आवश्यक
प्रकृतिको कुचीकारकारुपमा मानिएको गिद्ध संरक्षणमा समुदायले समेत साथ दिनु पर्नेमा जोड दिइएको छ ।  




बिषादीको प्रयोगलाई नियन्त्रण गरी लोप हुने अवस्थामा पुगको गिद्धको जीवन संरक्षण गर्नु पर्नेमा कृषक लगायतका समुदायको समेत साथको आवश्यक रहेको बताइएको छ ।  

नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको आयोजना तथा  नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनको सह आयोजना तथा तिलौराकोट साझेदारी वन ब्यवस्थापन समुहको समन्वयमा बुद्धभुमी नगरपालिका– १० चेत्रादेईमा राखिएको सरोकारवाल निकाय बिच गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।  

संरक्षणकालागि सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिइएको छ । गत फागुन ७ गते यही वडाको मोतिनगर गाउमा बिषादीयुक्त सिनो खाएर ७ डांगर र २ हिमाली गिद्ध मरेका थिए ।  

सो घटना संचारमाध्यमा आए पछि यहीका समुदायका सहभागीतामा कार्यक्रम गरिएको हो सरकारले २०६३ जेठ १३ देखि नै डाईक्लोफेमिनक बिषादीको बिक्री बितरण र प्रयोमगा प्रतिबन्ध लगाएको थियो ।  

जिल्लालाई सो बिषादीमुक्त जिल्ला समेत घोषणा गरिएको थियो । तर पनि यही बिषादीको प्रयोग गरिएको सिनो खाएर गिद्ध मर्नु अत्यन्तै दुःखद कुरा भएको सोही गाउका अगुवा तथा सन साईन सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।  

गिद्धको संरक्षणमा समुदायको धेरै ठुलो हात हुने भएकाले सरकारले प्रतिबन्ध गरेको बिषादीको प्रयोग गर्न नहुने उनले बताए । उनले यो बिषयलाई समुदायस्तरमै लगेर सचेत गराउनु पर्ने बताए । बिषदीको प्रयोगले अस्तित्व नै संकटमा पर्नुको मुख्य कारणडाईक्लोफेमिन र मानविय अतिक्रमणका कारण गिद्धहरुको जीवन संकटमा परेको  पंक्षी संरक्षणकर्मी बताउँछन् ।  

एसोसिएसन कपिलवस्तुका जिल्ला पूर्वअध्यक्ष परमेश्वर यादवले जिल्लामा नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधिको प्रयोग करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको दाबी गरे । तर पनि अझै जोखिम नघटेको र निरन्तर अनुगमन र सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए ।  

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर सुकई चौधरीले गिद्ध संरक्षणमा कृषक र समुदायले सबै भन्दा सचेत हुनु पर्ने बताए । उनले  सिनोमा विषको प्रयोग विद्युत् प्रशारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी, रोगका कारण गिद्धको जीवन संकटमा परेको बताए  । पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा आएको बताए । गिद्ध संरक्षणको अहिले पञ्च वर्षीय योजना अनुसार कार्यक्रम भईरहेको बताए ।  

सन् २०१७ देखि गिद्धको स्वास्थ्य परीक्षण तथा स्याटेलाइट ट्यागिङ सुरु गरिएको पछि त्यसले गिद्धको अवस्थामा पत्ता लगाउन सजह भएको बताए । सुरक्षित मापदण्ड पूरा गरेपछि गण्डकी र लुम्बिनी क्षेत्र विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको उनले बताए ।  

गिद्ध संरक्षण दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए । विषालु औषधिले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पुर्‍याउने भन्दै  पशु उपचारमा सुरक्षित औषधिको प्रयोग गर्नु पर्ने पशु चिकित्सकको भनाई छ ।  

गिद्ध प्रकृतिको कुचीकार रहेकोले वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य तथा जैविक विविधताको संरक्षणका लागि निकै मानिएको छ  । सामान्यतया एउटा गिद्धले ३ दिनमा १ किलो तथा बर्षमा १ सय २० किलो सिनो खान्छ । यसले सिनो र फोहर खाएर बाताबरण स्बच्छ राख्न सहयोग गर्दछ । विश्वमा अहिले करिब २३ प्रजातीका गिद्ध पाईन्छन् ।  

नेपालमा नौ प्रजातीका भेटिन्छन् । नेपालमा पाईने प्रजातीमा सानो खैरो, राज, हिमाली, खैरो र हाडफोर, डंगर, सुन, गोब्रे,  हुन् । जसमध्ये डंगर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अति संकटापंन अवस्थामा छन ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस