कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु भएको छ ।
८ दिनअघि संक्रमण पुष्टि भएकी पोखरा ११ फूलबारीकी ७४ वर्षीया महिलाको उपचारका क्रममा चरक अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ८ दिनअघि संक्रमण पुष्टि भएको थियो ।
महानिर्देशक खड्काका अनुसार, संक्रमणका साथै ती महिलामा उच्च रक्तचाप र मधुमेयको समस्या पनि थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई केही दिनअघि मात्रै अस्पताल भर्ना गरिएको थियो ।
महानिर्देशक खड्काका अनुसार, गण्डकी प्रदेशभर गत जनवरीयता ८ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि उनीहरु सबै उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् । प्रदेश जनस्वास्थ्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालाबाहेक अहिले धौलागिरी अस्पताल बागलुङमा मात्र पीसीआर हुने गरेको बताउँदै उनले संक्रमण अन्यन्त्रसमेत देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरे ।
परीक्षणलाई आवश्यकता अनुसार अन्य अस्पताल तथा प्रयोगशालामा पनि विस्तार गर्ने तयारी भएको बताउँदै खड्काले भने, 'संक्रमणको शंका लागे तत्काल पीसीआर गर्नुहोला ।'