काठमाडौंको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए।
एम्बुलेन्समा चालक मात्र रहेका थिए। चालक दुर्गा कोइराला सामान्य घाइते र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस