आहा ! ढोरपाटन
३० असार २०८२
•
३ मिनेट पाठ
आहा ! ढोरपाटन
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ। रातो, पहेंलो, बैजनी, गुलाबी रंगमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक र बाह्य पर्यटकको ध्यान खिचेको छ। एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए। जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे। दर्शनका लागि पुगेका भक्तजनलाई फाँटभरि फुलेका वनफूलले छुनै सकेको थिएन।  




तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रंगीचंगी वनफूलसँग पिरती नगाँसी फर्किंदैनन्। खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ। पाटनभरि फुलेका वनफूलले यहाँको सुन्दरतलाई बढाएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रचारले वनफूलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढिरहेका छन्। यो याममा दैनिक दुई सयभन्दा बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्छन्।

स्थानीयले राके फूलका रूपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूल, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ। फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढाएका छन्। देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउँछन्। फूलसँग रमाउन आउने पर्यटकको संख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय पनि फस्टाउन थालेको छ। पहिले ढोरपाटन आउने पर्यटकले खासै चासो नदिए पनि अहिले हरेक पर्यटकको ध्यान पाटनभरि फुलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताए।  

पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको संख्या धेरै बढेको र फूलसँग रमाउने बढी भएको उनको भनाइ छ। पहिले खानबस्न सुविधा नहुँदा पर्यटक कम आउँथे, तर अहिले धेरै होटल र घरबास (होम-स्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेको पहिलो रोजाइ बनेको घर्ती मगर बताउँछन्। वनफूललाई पर्यटकले धेरै रुचाएपछि यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।  

उनले भने, ‘वनफूलको पहिले खासै महत्व थिएन, मान्छे मन्दिरमा आएर पूजा गरेर जान्थे, तर अहिले पाटन घुम्न आउँछन्। त्यसले गर्दा उनीहरूको रोजाइ वनफूल भएको छ। वनफूलले पछिल्लो समय हजारौं पर्यटकलाई आकर्षित गरेको छ। यसको संरक्षण भने हुन सकेको छैन। स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र यो फूल मासिन पनि सक्छ।’  
वनफूल पाटनभरि फूल्छ। फूलमा घोडा, भेडाबाख्रा र गाईभैंसी चर्ने गर्छन्। वस्तुभाउको गोबरले वनफूल राम्रो हुन्छ। पछिल्लो समय पाटनमा जथाभावी सवारीसाधन चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताए। अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उनको भनाइ छ।  

पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फुलेको पुनले बताए। बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उनको भनाइ छ। बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउँछन्। वनफूल खासगरी असार पहिलो सातादेखि भदौसम्म पाटनमा रहन्छ। वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउँछन्।  

‘वनफूलसँग रमाउन मान्छेको घुइँचो लागेको देख्दा हामी निकै चकित छौं। किनभने यहाँ धेरै वर्षदेखि बस्दै आएका छौं। पहिले कोही पनि फाँटमा गएर फूल टिप्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छे फाँटको बीचमा गएर फूल टिपेर फोटो खिच्छन्,’ उनले भने, ‘फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान भएको छ।’  

ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटन पनि उक्लिन्छन्। ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्न करिब पाँच घण्टा पैदलयात्रा गर्नुपर्छ। यतिबेला समूहमा वनफूलसँग रमाउन आउने बढी छन्। बुटवलदेखि आएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुंग भएको बताए।  

बुटवलमा धेरै गर्मी भएकाले एक साताका लागि ढोरपाटन आएको उनको भनाइ छ। सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखेपछि यहाँ आएको गिरीले बताए। ‘आहा ! ढोरपाटन कति सुन्दर रहेछ। गत साल हाम्रा साथीहरू यहाँ आएर फोटो र भिडियो खिचेका थिए। त्यो देख्दा आउन मन लागेको थियो। यसपालि आउने मौका मिल्यो। यहाँ आएपछि त स्वर्गमै आएजस्तो भयो। बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ। फूलसँग रमाउन त निकै मजा आउँदो रहेछ। यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको छैन।’ रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस