जिल्ला सदरमुकाम बागलुङ बजारबाट पाँच किलामिटर तल झरेपछि कालिगण्डकी किनारमा माझी बस्ती छ। बागलुङ पोखरा सडक खण्ड निर्माणको क्रममा विस्थापित भएको उक्त बस्ती त्यहाँ पुनस्थापित भएको तीन वर्ष भयो। लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएका कारण चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ। बागलुङ नगरपालिका-१ खनियाबासको उक्त विपन्न बस्तीमा करिब ५० मतदाता छन्। अहिले फेरी निर्वाचन संघारमै आईपुगेकाले माझी बस्ती सबै दल र उम्मेदवारको चासोको विषय बनेको छ।
निर्वाचनको समयमा विभीन्न आश्वासन बाँड्दै आउनेहरु चुनाव सकिएपछि फर्केर नआउने गरेको उनीहरुको अनुभव छ। ‘आफूहरु जितेर जाने अनि आफ्नो घर तुलाउने हामीले त देख्न पनि नपाउने थियो,’ उनी भन्छन्,‘केही गरी देखियो भने पनि सुनो नसुनो गर्ने, देखो नदेखो गर्ने चलन छ।’ चुनावका बेला मात्रै नेताहरु विभीन्न प्रलोभन लिएर आउने गरेको उनी बताउँछिन्। ‘चुनाव आको बेलामा यसो गर्चम उसो गर्चम भन्दै आउनुहुन्छ के रे चुनाव सकिएपछि कोही फर्किएर आउने होईन,’ उनले भनिन्।
१८ घर माझीहरुको आफ्नो सम्पत्तीको नाममा नगरपालिकाले बनाईदिएको साँघुरो घर छ। दैनिक जीवन चलाउन हर दिन ज्याला मजदुरी गर्नैपर्छ। कालिगण्डकी नदीबाट बालुवा निकाले गुजारा टार्दै आएका उनीहरुलाई अहिले बालुवा निकाल्न पनि रोकिएपछि समस्या परेको छ। ‘हाम्रो समस्या त धेरै छन् अहिले त हातमखु जोड्दै गाह्रो भएको छ,’ उनले भनिन्,‘हामी बाँच्ने त्यही कालिगण्डकीको बगरमा गिटी बालुवा निकालेर हो। अहिले त्यही पनि निकाल्न दिएका छैनन्। हामी ऋण काढेर खाएर बाँचेका छौं। कहिलेसम्म यस्तो हुने हो?’
पहिले पहिले माझीले कालिगण्डीमा माछा मारेर जीवन चलाउथे। मिर्मी थुनिएपछि अहिले कालिगण्डकीमा माछा पाउन छोडेको ७० वर्षीय देउकली माझीको भनाई छ। ‘पहिले पहिले त माछा मारेर बेच्थेम त्यहीबाट घरखर्च चल्थ्यो, हाम्रा बुढाले ढडिया थापेर हेर्न पठाउँथे हामीले निकाले बेच्थ्यौं,’ उनी भन्छिन्,‘अहिले कालिगण्डकीमा माछा भेटिनै छाड्यो। मिर्मी थुनेपछि माछा हुन छाडे।’ माछा मार्नेसंगै सुन चाल्ने माझी समुदायको मुख्य काम थियो। बगरमा डोजर लगाएर गिटी बालुवा निकालेपछि त्यो कामबाट पनि माझी समुदायले हात हुनुपर्यो।
‘अहिले डोजर लगाएर बगर सबै गहिरा भयो, सुन पाउने ठाउँ नै छैन,’ देउकली माझीले भनिन्,‘सुन फाल्ने पनि निश्चीत ठाउँ हुन्छ जहाँ पायो त्यहाँ हुँदैन। हिउँदमा हामी म्याग्दी बेनीसम्म सुन खोज्दै पुग्थ्यौं। घरै छाडेर जाने चलन थियो।’ अवैध कालिगण्डकी दोहन विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अदालतले अन्तिम फैसला नहुँदासम्म कालिगण्डकीबाट गिटी बालुवा निकाल्न रोक लगाएको छ। त्यही आधारमा स्थानीय प्रशासनले माझीलाई पनि गिटी बालुवा निकाल्न दिएको छैन। अदालतले रोक लगाए पनि रातको समय कालिगण्डकीको अवैध दोहन रोकिएको छैन।
माझीलाई मात्रै रोकिएको छ। ‘डोजर रातमा आउँछ र काम गर्छ, हामी हातले काम गर्ने हो दिनमा हामीलाई दिदैनन्,’ उनले गुनासो गरिनन्। चुनावको माचो सुरु भएपछि अहिले दलका कार्यकर्ताहरु माझी बस्ती धाउनका थालेका छन्। भोट दिने विषयमा भने देउकली अन्यौलमै छिन्। ‘मतदान त दिनैपर्यो, बाटो बनाईदिन्छम भनेका छन्, बनाईदिए त दिन त पर्यो के रे,’ देउकली हाँस्दै भन्छिन्। उम्मेदवार र दलका कार्यकर्ता चुनाव लक्षित गरेर मात्रै माझी बस्तीमा आउने जाने गरेको कृष्ण माझीले बताए।
‘हामी बाँगेचौर हुँदा पनि धेरै आउँथे, के छ तिमीहरुको समस्या सब हामी गदिन्छौं भन्थे,’कृष्ण विगतको अनुभव सुनाउँछन्,‘चुनाव सकिएपछि उहाँहरु फर्किर आएको थाहा छैन। चुनाव केन्द्रित भएर मात्रै आउनुहुन्छ।’ माझी बस्तीको सबैभन्दा ठूलो समस्या रोजगारी भएको माझीको भनाई छ। ‘यहाँको हामीलाई सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो, बगरमा गिटी बालुवा निकाल्न पनि दिइएको छैन, बिहान छाक टारे बेल्का के हुन्छ भन्ने विपन्न परिवार छ हाम्रो,’उनले भने,‘रोजगारीमूलक काम लगाईदिए हुन्थ्यो।’ केही संघ संस्थाले स्वरोजगारका लागि सहयोग गरे पनि सीप नसिकाउँदा दिएका सामग्रीहरु पनि त्यसै थन्किएका छन्।
‘लायन्स क्लबले केही समय अगाडि सिलाई मेसिनहरु दिएको त थियो, तर सीप भने हामीलाई सिकाईएन सीप नभएर ती सबै थन्केर बसेका छन्,’माझीले भने,‘सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग चाहिएको छ।’ निर्वाचनको बेलामा आउँदा र त्यसपछिको समय भेट हुँदा नेता कार्यकर्ताको बोली फरक हुने गरेको उनको अनुभव छ। ‘चुनावमा आउँदा सबै गर्दिन्छम भन्चन,’उनले भने,‘चुनाव सकिएपछि सबै सकिन्छ।’