गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधबार एक मजदुरको मृत्यु भएको छ।
नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा–लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको हो।
सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ।