सन्धिखर्क नगरपालिकाः दुर्घटना रोक्न कुकुर बन्ध्याकरण शिविर संचालन
२० कार्तिक २०७९
•
१ मिनेट पाठ
सन्धिखर्क नगरपालिकाः दुर्घटना रोक्न कुकुर बन्ध्याकरण शिविर संचालन
छाडा कुकुरको बिकबिकी भएपछी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ। सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुरको बिकबिकी बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा ३ दिने बन्ध्याकरण अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए।  




बिहान र रातिको समयमा बाटोमा हिँड्ने व्यक्ती, बालबालिका तथा पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पहिलो चरणको शिविरबाट १ सय २० कुकुरको बन्ध्याकरण गर्न शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ।

बन्ध्याकरण अभियानलाई क्रमशः नगरपालिकाभित्र रहेका १२ वटै वडामा लैजाने मेयर श्रेष्ठले बताए।  ‘नगर भित्रका १२ वटै वडामा रहेका सम्पूर्ण कुकुरलाई बन्धाकरण तथा रेबिज विरुद्वको सुई लगाईने छ, प्रमुख श्रेष्ठले भने,‘कुकुरको आतंक बढ्यो, सडक दुर्घटनाको पनि सम्भावना बढेपछी यो अभियान चलाएका हौं।’ नगरपालिकाको वडा नम्बर २ मा रहेको वधशाला भवनमा संचालन गरिएको शिविर ३ दिनसम्म चल्ने छ। बन्ध्याकरण शिविरमा कुकुरको खानाको व्यवस्था नगरपालिकाले नै गरेको छ।

‘वातावरण तथा सामाजिक रुपान्तरण लागि युवा’ नामक संस्था रुपन्देहीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक सहयोग नगरपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए।
अर्को समाचार
कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका
२० फागुन २०८०
•
१ मिनेट पाठ
कुकुरले हैरान पारेपछि स्थायी बन्ध्याकरण गर्दै सन्धिखर्क नगरपालिका
छाडा कुकुरले हैरान बनाएपछि सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको छ।  




दर्जनौं कुकुरले बजारवरिपरि मानिस आवातजावत गर्दा भुक्ने, टोक्ने तथा बिहान विद्यालय तथा कलेज जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो।

नगरमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी झन्डै ३ सय कुकुरको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य सहित चार दिने शिविरको आयोजना गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए।  

बजार तथा नगर क्षेत्रमा भएका कुकुरले मानिस, घरपालुवा जनावर तथा पशुपन्छीमा आक्रमण गर्ने, झम्टिने तथा लखेट्ने गरेपछि स्थानियमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरको स्थायी बन्ध्याकरण शिविर सुरु गरिएको हो।

कुकुरको संख्या निरन्तर बढ्दै गएपछि संख्या बढ्न नदिन नियन्त्रण अभियान थालिएको नगरपालिकाले जनाएको छ।  

छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पायनर्स एनिमल हस्पिटल बुटवलका प्रमुख डाक्टर अविनास क्षेत्रीले बताए।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस