जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा?
१९ कार्तिक २०७९
•
६ मिनेट पाठ
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के-के छन् एजेण्डा?
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ। सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ।




उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ। साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य छ।

सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एकदशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने पाटोमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकाङ्क्षी लक्ष्यका कार्ययोजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ।

यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महत्वपूर्ण प्रगति गर्ने, सन्तुलितरूपमा ठोस नतिजा प्राप्त गर्न भएका सम्झौतालाई सुधार र सहजीकरण गर्ने, हानि नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानि तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा रहेको वन तथा वतावरण मन्त्रालयले जनाएको छ।

नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ। अवधारणा पत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडिसी, इटिएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए।

यसैगरी नेपालले विश्वव्यापी प्रगति समीक्षा, हानि तथा नोक्सानी (वित्त, सान्टियागो सञ्जाल),  जलवायु वित्त (नयाँ संयुक्त वित्त लक्ष, वित्तको पूर्णता), लैङ्गिक, युवा, स्थानीय समुदाय, जनजाति र आदिवासी र प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि विषय प्राथमिकताकासाथ उठाउने उनले बताए।

नेपालले उठाउने विषय

कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ। विश्वका उस्तै समस्या भएका पर्वतीय मुलुकसँग सहकार्य रणनीति बनाउन नेपालले गत सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी सो विषयमा विशेष घोषणापत्र जारी गरेको थियो।

यसैगरी विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो महत्वाकाङ्क्षी एनडिसिज र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन अनुरोध गरिनेछ। साथै यसको पालनामा कोपको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्ने सहसचिव पौडेलले बताए।  

नेपालले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह सार्वजनिक माध्यमद्वारा अनुदानस्वरूप प्रदान गर्ने र शार्म एल–शेख कार्य योजना तयार हुनुपर्ने विषय पनि नेपालको प्राथमिकतामा छ। नेपालले आफूजस्तै अति कम विकसित देश, साना टापु र विकासशील राज्यको हरित जलवायु कोष र अन्य कोषका लागि आवेदन प्रक्रियाको सरलीकरण गर्न,  क्षमता अवरोध हटाउन र जलवायु कोषमा प्रत्यक्ष पहुँच सुधार गर्न सशक्तरूपमा बहस तथा पैरवी गर्नेछ।

कृषि क्षेत्रमा कोरोनोभिया संयुक्त कार्यक्रमको रूपमा उल्लेख्य प्रगति हुनुपर्ने विषय पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यस वर्ष जर्मनीको वोन बैठकमा कोरोनोभिया कार्यक्रम अनुकूलनलाई बढी महत्व दिने विषयमा केही सहमति भएको थियो। नेपालले यो कार्यक्रमको कार्यान्वयन, वित्त र प्रविधि हस्तान्तरणमा जोड दिने र यसको नेतृत्व नेपाललगायत कृषि प्रधान देशले लिने गरी तयारी गरिएको छ।

सम्मेलनमा नेपालले पेरिस नियम पुस्तिकालाई कार्यान्वयनमा ल्याउन र कोप–२६ मा स्थापित न्यूनीकरण महत्वाकाङ्क्षा र कार्यान्वयन योजनाअन्तर्गत विकसित देशहरूलाई जलवायु महत्वाकांक्षामा नेतृत्व गर्न आग्रह गर्नेछ।

यसैगरी कार्बन व्यापारसम्बन्धी दफा ६ अनुसार बजार र गैर–बजार संयन्त्रको बारेमा कार्यान्वयनमा थप प्रष्टताका लागि नेपालले अल्पविकसित राष्ट्रहरूको समूह र जि ७७ र चिनीयाँ समूहसँग सामिप्यमा रही पैरवी गर्ने वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्य डा विमलराज रेग्मीले जानकारी दिए।

नेपालले कोप २७ मा विकसित राष्ट्रहरूले सामूहिक रूपमा दीर्घकालीन जलवायु वित्तको लक्ष्यअनुसार सन् २०२० देखि २०२५ सम्म प्रत्येक वर्ष १०० विलियन अमेरिकी डलर प्रदान गर्ने विषय उठाउने  उनले बताए। जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवद्र्र्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पैरवी गर्नेछ।  

हानि तथा नोक्सानीको छुट्टै एजेण्डा

कोप–२७ मा हानि नोक्सानी सम्बन्धी मुद्दालाई औपचारिक एजेन्डा बनाउन पहल गरिनेछ। अल्पविकसित राष्ट्रहरूको समूह, जि ७७ र चिनीयाँको समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने छन्। नेपाललगायत अल्पविकसित राष्ट्रहरु र जि ७७ र चिनीयाँकोे समूहले हानि तथा नोक्सानी वित्तमा थप सहयोग गर्नुपर्ने र यसको यथेष्ट प्रमाण भएको कुरालाई प्रस्तुत गर्नेछ।

नेपालले सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेलले बताए।

यसबाहेक विश्वव्यापी प्रगति समिक्षाका लागी विवरण सङ्कलन, न्यूनीकरण, अनुकूलन, हानि–नोक्सानी र कार्यान्वयनको संरचना र सहयोगसम्बन्धी प्रगति मापन गर्नु महत्वपूर्ण भएको र यसले पक्ष राष्ट्रहरूलाई आफ्नो महत्वाकाङ्क्षा र सहयोग तथा सहकार्य अगाडि बढाउन मद्दत पु¥याउने सचिव कँडेलले बताए।  

आदिवासी, महिला, युवा, बालबालिका, तथा जलवायुजन्य जोखिममा रहेका समुदायको अधिकार र उनीहरूको चासो सम्बोधन गर्ने विषय पनि नेपालको एजेण्डा रहेको छ। यसका लागि नेपालले लैङ्गिक कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आवश्यक वित्त हस्तान्तरण, प्रविधि हस्तान्तरण र लैङ्गिक सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धिमा हासिल भएका प्रगतिबारे छलफल गर्ने र स्थानीय र आदिवासीको भूमिकाबारे प्रष्ट रणनीति हुनुपर्ने विषय उठान गरिनेछ।

नेपाललाई अनुकूलन र न्यूनीकरणका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रविधि सहज हस्तान्तरण र अतिकम विकसित राष्ट्रहरुमा विद्यमान क्षमताको कमी परिपूर्ति गर्नुपर्ने विषय नेपालको प्राथमिकतामा रहेको छ।

कोप–२७ मा नेपालको सहभागिता

नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने राष्ट्र प्रमुखहरुको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ। नोभेम्बर ९ देखि १८ तारिखसम्म हुने कोप–२७ का औपचारिक र अनौपचारिक बैठकमा वन सचिव, सहसचिव र सरकारी प्रतिनिधिले सहभागिता जनाउनेछन्।

त्यस्तै नोभेम्बर ६ देखि १८ तारिखसम्म हुने अन्य बैठकमा सचिव, सह–सचिव र सरकारी र अन्य प्रतिनिधिले साइड इभेन्टहरुमा नेपालको प्रस्तुति गर्नसहभागिता जनाउने  मन्त्रालयले जनाएको छ।रासस
अर्को समाचार
जैविक विविधतामा कोसे ढुंगो
०८ पौष २०७९
•
५ मिनेट पाठ
जैविक विविधतामा कोसे ढुंगो
जलवायु परिवर्तन सम्बोधन गर्ने दिशामा सन् २०१५ मा सम्पन्न पेरिस सम्झौतालाई ऐतिहासिक मानिन्छ। लगातार तापक्रम बढ्दै गर्दा यसले पृथ्वीको समग्र जीवन र पारिस्थिकीय प्रणाली नराम्ररी प्रभाव पारेकाले यसलाई रोक्न संयुक्त राष्ट्र संघको पहलमा यो सम्झौता भएको थियो। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्षराष्ट्रले १२ डिसेम्बर २०१५ मा फ्रान्सको राजधानी पेरिसमा यो सम्झौता गरेका थिए। पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।




यी सम्झौताअन्तर्गत विश्वका मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने दिशामा समयसारिणीसहित प्रतिबद्धता व्यक्त गरेका छन्। पेरिस सम्झौता कार्यान्वयनको दिशामा हालै इजिप्टमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२७) ले पनि पृथ्वीको तापमान बढ्न नदिन, जलवायु परिवर्तन सम्बोधन गर्न वित्तीय प्रवाह बढाउन तथा जलवायुजन्य हानि/नोक्सानीलाई सम्बोधन गर्न छुटटै् कोष स्थापना गर्ने निर्णय गरेको थियो।

यसरी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिको २७औँ सम्मेलन (कोप–२७) सम्पन्न भएको तीन सातापछि क्यानडाको मन्ट्रियलमा सुरु भएको जैविक विविधतासम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्षधर राष्ट्रहरूको पन्ध्रौ सम्मेलन (कोप–१५) गत सोमबार सम्पन्न भएको छ। यसअघि चीनको कुनमिङमा आयोजना गर्ने तय भएको संयुक्त राष्ट्रसंघीय यो सम्मेलन कोभिड–१९ का कारण चार पटकसम्म सारिएको थियो र अन्तमा थप ढिलाइ हुन नदिन यो सम्मेलन क्यानडामा आयोजना भएको हो। सम्मेलनको पहिलो चरणको बैैठक गत वर्ष (सन् २०२१ को अक्टुबर) चीनको कुनमिङमा भएको थियो।

जैविक विविधतासम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्षधर राष्ट्रहरूको विगत ४ वर्षसम्मको लगातार प्रयास र मन्ट्रियलमा दुई सातासम्म चलेको तीव्र रस्साकस्सी अनि आपसी सहमतिपछि जैविक संरक्षणको खाका (बायोडाइभर्सिटी फ्रेमवर्क) अनुमोदित छ। यो खाकाअन्तर्गत हाल विश्वमा भैरहेको जैविक विविधताको निरन्तर ह्रासलाई सन् २०३० सम्म रोक्न विश्व समुदायले ४ विश्वव्यापी उद्देश्य र २३ लक्ष्य तोकेको छ। सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रले यो खाका अनुमोदन गरेका हुन्। मन्ट्रियल सहमतिलाई जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हाराहारीमा लिइएको छ। यो सहमति प्रकृति र जैविक विविधता संरक्षणमा कोसे ढुंगो हुने कतिपयको ठम्याइ छ।

सहमतिअनुसार सन् २०३० सम्म विश्वको ३० प्रतिशत जमिन, समुद्र, सामुद्रिक क्षेत्र तथा जमिनले घेरेको जलक्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गरिनेछ। हाल विश्वको १७ प्रतिशत जमिन क्षेत्र र १० प्रतिशत सामुन्द्रिक क्षेत्र संरक्षित रहेकामा यसलाई बढाएर ३० प्रतिशत बनाउन सहमति भएको हो। यसैगरी जैविक विविधताको हिसाबले उच्चतम महत्व बोकेका क्षेत्रमा हाल भैरहेको ह्रासलाई सन् २०३० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता सम्मेलनले गरेको छ। नयाँ प्रतिबद्धताअनुसार सन् २०३० सम्ममा जमिन, समुद्र, सामुद्रिक क्षेत्र तथा जमिनले घेरेको जलक्षेत्रमा हाल भएको ३० प्रतिशत ह्रासलाई पुनस्थार्पना गरिनेछ र त्यसो गर्न नसकिएमा यो अभियानलाई निरन्तरता दिइनेछ।

सम्मेलनले विश्वव्यापीरूपमा खाद्यवस्तु खेर जाने स्तर (फुड वेस्ट) लाई आधा कटौती गर्न र अत्यधिक उपभोग घटाउन जोड दिएको छ। विश्वका कतिपय राष्ट्रले प्रकृतिलाई नोक्सान पुर्‍याउने हिसाबले कृषि तथा माछा पालनमा अर्बाैँ डलर बराबरको सहुलियत दिँदै आएकामा यसलाई कटौती गर्न पनि सम्मेलन सहमत भएको छ। यसैगरी सन् २०३० सम्म निजी तथा सार्वजनिक क्षेत्रसमेत गरी बर्सेनि २ सय अर्ब अमेरिकी डलर बराबरको जैविक विविधतासम्बन्धी वित्त परिचालन गर्न सहमति भएको छ। सहमतिअन्तर्गत धनी राष्ट्रहरूले अति कम विकसित राष्ट्र, ससाना टापु राष्ट्र तथा आर्थिकरूपमा संक्रमणकालमा रहेका राष्ट्रलाई बर्सेनि उपलब्ध गराइने अन्तर्राष्ट्रिय वित्तीय सहयोगलाई सन् २०२५ सम्म २० अर्ब र सन् २०३० सम्म ३० अर्ब अमेरिकी डलर पुर्‍याउन सहमत भएका छन्। यो रकम जोखिममा रहेका राष्ट्रमा रहेको जैविक विविधता संरक्षणका लागि अझै पर्याप्त नभए पनि यो निर्णयलाई स्वागतयोग्य मान्नुपर्छ।  

सम्मेलनले ठूला तथा अन्तर्राष्ट्रिय कम्पनी तथा वित्तीय निकायलाई जैविक विविधता संरक्षणमा गम्भीर रहन र यो पक्षलाई ध्यान दिन निर्देश गरेको छ। यस्ता कम्पनी तथा निकायले आफ्ना सेवा सञ्चालन, आपूर्ति व्यवस्था तथा शृंखला एवं लगानीले जैविक विविधतामा पार्न सक्ने जोखिमलाई निरन्तर नियमन गर्नुपर्ने र त्यसको पारदर्शी हिसाबले अभिलेखीकरण गर्नुपर्ने निर्णय गरेको छ। यसरी क्यानडामा सम्पन्न कोप–१५ ले विश्वमा जीवजन्तुहरूको विलुप्त हुने दर रोक्न तथा प्रकृति संरक्षणमा प्रभावकारी कदम चाल्न निर्देश गरेको छ। सम्मेलनले गरेको निर्णयलाई स्वागत गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टिनिओ गुटरेसले यो ऐतिहासिक सहमतिलाई ‘प्रकृतिसँगको शान्ति सम्झौता’ भनेका छन्। ‘जलवायुका लागि पेरिस सम्झौता ऐतिहासिक भएझैँ यो सम्झौताको ऐतिहासिक महत्व हुनेछ’– उनको कथन छ।

हुन पनि, गुटरेसले भनेझैँ पछिल्ला वर्षहरूमा मानवीय गतिविधिका कारण मुख्यरूपमा जमिन, समुन्द्र, ताल, नदीहरूमा आधारित बासस्थान नष्ट भएकाले जैविक विविधतामा ठूलो हस आएको छ। अर्काेतिर, खनिज इन्धनको प्रयोगलाई कटौती नगरेमा यसले सिर्जना गर्ने जलवायु परिवर्तनका कारण जमिनमा आधारित एक चौथाइ प्रजाति सन् २०५० सम्म विलुप्त हुने वैज्ञानिक आकलन छ। यसैगरी जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा समुन्द्रमा र स्वच्छ पानीमा आधारित प्रजातिहरू ठूलो जोखिममा रहेका छन्। वल्र्ड इकोनोमिक फोरमले गरेको एक आकलनअनुसार विश्वको कुल गार्हस्थ्य उत्पादनको आधा हिस्सा प्रकृतिमा आधारित छ र यही कारणले प्रकृतिको सरक्षण अपरिहार्य बनेको छ।

प्रकृति र जैविक विविधतासँग रहेको अन्योन्याश्रित सम्बन्धलाई प्रगाढ पार्न सकेमात्र मानव अस्तित्वको सुरक्षा हुन सक्छ। यही सन्दर्भमा मन्ट्रियलमा भएको सहमति महत्वपूर्ण बनेको छ। आगामी दिनमा यो सहमतिको प्रभावकारी कार्यान्वयनका लागि विश्व गम्भीर हुनैपर्दछ। विशेषगरी हाम्रो मुलुकले यसलाई कार्यान्वयनमा जोड दिँदै विश्व रंगमञ्चमा भूमिका खेल्न सक्दा अन्तर्राष्ट्रिय प्रभाव विस्तारसमेत गर्न सकिनेछ। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस