हिरणका रुपमा सिक्का खुवाउँदा...
१७ कार्तिक २०७९
•
१ मिनेट पाठ
हिरणका रुपमा सिक्का खुवाउँदा...
महिलाको घाटीमा अड्किएको सिक्का।
रोल्पा अस्पतालमा बुधबार बेलुका दमको पुरानो रोगी एक महिलालाई ल्याइयो। आपतकालिन कक्षमा राखिएकी उनको अक्सिजनको मात्रा निकै घटेको थियो। डाक्टरले उनको उपचार सुरु गरे। अक्सिजन चढाए, अन्य औषधि दिए। अलि सुधार भए पछि राती नै एक्सरेका लागी पठाए।  




एकै छिनमा एक्सरेको रिपोर्ट आयो। डा. आधार वलीले एक्सरे हेरे। घाटीको तल्लो भागमा गोलो सिक्का जस्तो बस्तु देखियो। ‘पैसासहित घाटीमा लगाएको माला पो आयो कि जस्तो लाग्यो।’ डा. वलीले भने ‘पछि मात्र आफन्तले हिरण खुवाएको पैसा अड्किएको बताए।’  

मर्ने बेलामा अर्थात अन्तिम सास जाने समयमा मुखमा राखिदिने हिरणका रुपमा हालिएको सिक्का अड्किदा ति महिला समस्यामा परेकि हुन। रोल्पा नगरपालिका ९ होमा कि ७९ वर्षीया सगुना परियार स्वासप्रस्वासको पुरानो बिरामी हुन। अलि दिनदेखि बिरामीले थलिएकि उनको अन्तिम अबस्था आएको आंकलन गरि आफन्तले सिक्का मुखमा राखेका कारण समस्या आएको हो।  

रोल्पा अस्पतालमा सामान्य उपचार पछि परियारको स्वास्थ्यमा सुधार आएको थियो। सिक्का निकाल्नका लागी चिकित्सकले उनलाई बाहिर रिफर गरे। तर उनलाई थप उपचारका लागी अस्पताल नलगी घर पुर्याइएको छ वा बाहिर लगियो भन्ने आधिकारीक जानकारी कसैलाई छैन। जिल्लामा सिक्का निकाल्न सक्ने अवस्था नभए पछि उनलाई सुबिधा सम्पन्न अस्पताल रिफर गरिएको हो।  

अस्पतालका सिनियर अहेब कुलबहादुर डागीका अनुसार गत साल पनि हिरण खुवाएर सिक्का अड्किएको ३८ वर्षीय एक युवा नेपालगञ्ज सम्म पुगेको बताए। ‘नेपालगञ्जले अपे्रशन गर्न पर्छ भनेछ तर आर्थिक अवस्था कमजोर भएका कारण घर आएका उनको चाहि दिशाबाट सिक्का आएपछि अहिलेसम्म उनि राम्रै अबस्थामा छन्।’
अर्को समाचार
रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द
२१ साउन २०७८
•
३ मिनेट पाठ
रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द
साउन १ देखि रोल्पा अस्पतालमा सुत्केरी शल्यक्रिया सेवा बन्द भएको छ। केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।




सिईओएनसि कार्यक्रम बन्द भएपछि शल्यक्रिया गर्नेबेलामा बेहोस बनाउने ‐एनेस्थेसिया) सहायक घरतिर लागेका छन्। अस्पतालका अनुसार जटिल अवस्थाका सुत्केरीहरु बाहिर जिल्ला रिफर गर्नु पर्ने अवस्था आएको छ। त्यसो त कतिपय महिलाहरु सेवा बन्द भएको जानकारी पाएका कारण अस्पताल नआएरै अन्य जिल्ला जाने गरेका छन्।

‘एनएसआईको कार्यक्रम आउने भएपछि पहिलेको कार्यक्रम बन्द भएको हो।’ रोल्पा अस्पताल प्रमुख डा.शबु काप्ले भन्छिन् ‘शल्यक्रिया सेवा अहिलेलाई अस्थायीरुपमा बन्द भएको हो। नयाँ कार्यक्रम प्रकृयामै छ भन्ने खबर छ। यो महिना त सेवा सुचारु हुदैन होला। अहिले जटिल केशहरु बाहिर जिल्ला रिफर गरिरहेका छौं।’    

अस्पतालको तथ्याङ्क अनुसार गतसाल साउनमा रोल्पा अस्पतालमा ४७ जनाले सुत्केरी सेवा लिएकोमा १३ जनाको शल्यक्रिया गर्नु परेको थियो भने २ जनामा जटिलता देखिएको थियो। भदौमा ४४ सुत्केरी मध्य ११ जनाको शल्यक्रिया भएको थियो भने ३ जनामा जटिलता देखिएको थियो। अस्पताल बिकास समितिका अध्यक्ष फबिन्द्र आचार्यका अनुसार नयाँ कार्यक्रमसंग संझौता गर्दा साउनको सुरुबाटै कार्यक्रम सुरु गर्छौ भन्यो तर केन्द्र र प्रदेशमा प्रकृया पुरा नभएकाले ढिला भएको हो। उनका अनुसार भदौको पहिलो साता देखि अप्रेशन सेवा सुरु हुने सम्भावना छ।  

राज्यलाई साउनदेखि सेवा बन्द हुदै छ भन्ने पुर्व जानकारी थियो तर तुरुन्तै सेवा निरन्तरता दिने गरि अर्को कार्यक्रम संग संझौता अनि बिज्ञापन नगर्दा रोल्पालीले अनाहकमा दुख झेल्नु परेको छ। त्यसो त नेपालको स्वास्थ्य तथ्याङ्क हेर्दा साउन भदौ अलि धेरै सुत्केरी हुने महिना पर्दछन् तर पनि हरेक वर्ष यो सेवा प्रवाहमा जटिलता थपिईरहन्छ। जिल्लामा टोलटोलमा पार्टीका नेता छन्। हरेक पटकको सरकारमा रोल्पालीले अवसर पाईरहन्छन् तर स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा उनिहरुको नजर नपुग्ने गरेको रोल्पालीको गुनासो छ। प्रदेश सरकारमा रहेको रोल्पा अस्पतालको समस्या प्रति राजनितिक नेतृत्व जहिले पनि बेखबर जस्तै बन्ने गरेको छ।  

हालका उपराष्ट्रपती नन्दबहादुर पुन, पुर्व सभामुख कृष्णबहादुर महरा, पुर्व सभामुख ओनसरी घर्ती, पुर्वमन्त्री वर्षमान पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका दाबेदार कुलप्रसाद केसी, शिक्षा तथा स्वास्थ्य संसदिय समितिका सभापती जयपुरी घर्ती, नेकपाका महासचिव नेत्रबिक्रम चन्द, कांग्रेस जिल्ला सभापती तथा पुर्व मन्त्री अमरसिंह पुन, केपि ओलिका विश्वासपात्र गोकुल घर्ती लगायतका दर्जनौ केन्द्रिय नेता रहेको रोल्पामा प्रदेश र जिल्ला स्तरमा गनि नसक्नुका नेता छन्। तर संवेदनशिल विषयमा उनिहरु मौन प्राय रहने गर्दछन्। ‘चलिरहेको कार्यक्रम नै फेज आउट भएको रैछ।’ भर्खरै सरकारमा पुगेको नेपाली कांग्रेस रोल्पा सभापती अमरसिंह पुन भन्छन् ‘माथिल्लो स्तरमा कुरा गर्दैछौं। भोली राजधानी जाँदै छु। स्वास्थ्य मन्त्रीलाई भेटेर यो विषयमा कुरा हुन्छ। हामी स्वास्थ्यका विषयमा गम्भिर छौं।’ 
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस