‘हाम्रा समस्या र दुःख हामी सँगै छन्, नेताहरुलाई कुर्सीको मात्र माया छ’
१५ कार्तिक २०७९
•
३ मिनेट पाठ
‘हाम्रा समस्या र दुःख हामी सँगै छन्, नेताहरुलाई कुर्सीको मात्र माया छ’
बिजयादशमी, दिपावली, छठ जस्ता महत्वपुर्ण चाडपर्व सकिएलगत्तै अगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनका लागी बिभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरु चुनावी माहोल बनाउन गाउँ, वस्ती र टोल टोलमा गएर भेला, घरदैलो लगायतका कार्यक्रममा सक्रिय भएका छन्।




विभिन्न समस्याको चाङले थिचिएका मतादाताहरुमा भने कुनै उत्साह देखिदैन्। उम्मेदवारहरुले स्थानिय जनताले भोगिरहेका समस्या समाधान, विकासका विभिन्न योजना ल्याउने देखि देश बचाउने, देशको स्मृद्धी लगायतका आश्वासनका पुला खन्याउँने गरेका छन्। बिगतमा पनि चुनावका वेला विभिन्न ऐजेण्डा र आश्वासन प्रस्तुत गर्ने जितेर गएपछि बोलेका कुरा पुरा नगर्ने नेताको व्यवहार भोगेकाले मतदाता निराश देखिन्छन्।

‘निर्वाचनका बेला सधै उहि ऐजेण्डा, उस्तै आश्वासन दिने जितेर गएपछि फर्केर हर्ने होइनन्। १०, १५ बर्ष अघि देखि निर्वाचनका वेला पुरा गर्छु भनेका कुरा अहिले पनि पुरा भएका छैनन्। जनताको समस्या जस्ताका त्यस्तै छन’ धनगढी उपमहानगरपालिका वडा नं १९ का वलराम चौधरी भन्छन–‘चुनावका बेला नेताहरुले गर्छु भनेका कुरामा कुनै दम छैन, झुठा आश्वासन दिने र काम नगर्ने भएकाले मतदाता निराश छन।’

उम्मेदवारले प्रत्येक चुनावमा उनै पुराना ऐजेण्डा उठाउने गरेका छन्। दुई तिन दशक देखि निर्वाचनका वेला अधिकाशं उनै पुराना ऐजेण्डा र बिषय उठाउने तर ति कार्यान्वयन नहुने समस्याले नेता प्रतिको बिश्वास ह्रास हुदै गएको उनी बताउछन्।

गाउँ, टोलमा उम्मेदवारले देशको संविधान बचाउने, देशको सिमा बचाउने, प्रतिगमन, अग्रगमन र लोकतन्त्रको बिषयमा लम्वेतान भाषण गर्ने गरेका छन्। ती भाषणले मतादातालाई छोएको देखिदैन्। मतदाताका लागी आफ्ना जनजिविकाका लागी झेल्नु परेका समस्या महत्वपुर्ण छन्।

धनगढी उपमहानगरपालिका वडा नं १८ तुलसीवारी पच्चिस घर निवासी हंस बहादुर तिरुवाले मल, पानी नभएर आफूहरुले सधै समयमा खेती लगाउन नपाएर पिडा झेल्नु परेको उल्लेख गर्दै जनताका दुःख उस्तै भएकाले निर्वाचनका वेला ठूल ठूला आश्वासन नदिन मतमाग्न टोलमा पुगेका उम्मेदवारलाई आग्रह गरे। ‘हामी किसानले मल, पानी नपाएर खेती लगाउन कति दुःख भोग्नु परेको छ, सुत्केरीले उपचार पाएको छैन, पहिरोले कयौका घर भत्केका छन, राहात पाएका छैनन्’ सोमबार मतमाग्न टोलमा पुगेका उम्मेदवारलाई उनले भने,‘हाम्रा समस्या र दुःख हामी सँगै छन्, नेताहरुलाई कुर्सीको मात्र माया छ, अहिले धेरै कुरा गरेर के अर्थ छ?’

किसानलाई मल, सिचाई,उन्नत बिउ लगायत समस्याले सधै पिरोल्ने गरेको छ। यसैगरि अधिकाशं वासिन्दाले अहिले पनि शुद्धखानेपानी खान पाएका छैनन्। सरकारले स्वास्थ्यचौकी, जिल्ला अस्पतालमा निशुल्क उपलब्ध गराउने भनिएका औषधी हुदैनन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएर रोग सहेर बाँच्नुपर्ने अवस्था छ । अहिले पनि कयौले जिविकोपार्जन गर्न पढ्ने उमेरमै मजदुरी गर्ने भारतका विभिन्न शहरमा गएर श्रम बेच्नुपर्ने बाध्यता छ। 

कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक डा.हेमराज पन्त बर्षौदेखि उहि कुरा दोहोर्याईराखेकाले जनतामा कुनै बिश्वास नभएको बताउछन्। ‘उनै ऐजेण्डा, उनै नेता भएकाले जनतामा विश्वास देखिदैन्, भविश्य प्रति आशा नभएकाले मतदातामा कुनै उत्साह छैन’उनले भने,‘पाँच बर्ष जसरी बिते, त्यसरी नै अवका ५ बर्ष पनि बित्ने हुन भन्ने लागेको छ।’

राजनीतिक दलले ल्याएको घोषणा पत्रको पनि कुनै अर्थ नभएको उनको भनाई छ। ‘गठबन्धन गरेर निर्वाचनमा गएपछि संयुक्त घोषणा पत्र आउनु पर्ने हो, अलग अलग घोषणा पत्रको के अर्थ भो ?’उनी भन्छन्।

मल,बिउ,पानी, शिक्षा, स्वास्थ्य,गरिवी निवारण जस्ता जनताले बर्षौदेखि भाग्दै आएका समस्या जस्ताको तेस्तै हुनु र निर्वाचनका वेला कर्मकाण्डीरुपमा उनै कुरा दोहोर्याइनुले जनतामा प्रणाली प्रति नै बिश्वास गुमेको डा.पन्त बताउछन्। राजनीतिक दलको नेतृत्वले अवको पाँच बर्षमा शिक्षा, स्वास्थ्य, गरिवी निवारण लगायत जनताले भागेको समस्यामा यो गर्छौ भन्ने भिजन पनि दिन पनि नसकेको उनको भनाई छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस