रौतहटको मौलापुरमा कृषि तथा पशु अस्पताल संचालनमा आएको छ। मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साहले एक समारोहबिच अस्पतालको उद्घाटन गरेकी छन्। मौलापुर बजारमा नयाँ भवन निर्माण गरी नगरपालिकाले कृषि तथा पशु अस्पताल संचालनमा ल्याएको हो।
नगरपालिकाको लागतमा निर्माण गरी संचालनमा आएको कृषि तथा पशु अस्पतालले कृषि र पशुपालनसम्बन्धी एकीकृत सेवा दिने बताइएको छ। कृषिसंग सम्बन्धित बाली तथा माटोको परीक्षण र उपचारका साथै पशुमा लाग्ने विभिन्न किसिमका रोगको उपचार पनि एकै ठाउँबाट लिन सकिने नगर प्रमुख साहले बताइन्।
चर्चित नेता प्रभु साहको सोचाइ अनुसार नगरपालिकाको व्यवस्थापनमा निर्माण भई संचालनमा आएको कृषि तथा पशु अस्पताल जिल्लामा पहिलो भएको बताइएको छ। १८ स्थानीय तह रहेको रौतहटमा पहिलोपटक मौलापुरले कृषि तथा पशु अस्पताल संचालनमा ल्याएको हो।
नगरपालिकाको तर्फबाट एउटा व्यवस्थित कृषि तथा पशु अस्पताल संचालनमा आएपछि नगरवासी लाभान्वित हुने विश्वास लिइएको छ।