पूर्व प्रमुख निर्वाचन आयुक्त डा.भोजराज पोखरेलले देशमा विगत ३० वर्षमा धेरै कुरामा परिवर्तन भए पनि जनताले असल शासनको अनुभूति गर्न नपाएको जनगुनासो ब्यापक रहेको बताएका छन्। ‘देशमा न्याय भएन’ पोखरेलले भने,‘न्याय नभएको कारणले अरु कुरा पनि ओझेलमा परेको हुनसक्छ।’
भूगोल पार्क डटक कमले मंगलबार गरेको कार्यक्रममा पोखरेलले नेतृत्वको प्रवृत्तिमा परिवर्तन नआएको कारणले देशमा विषम परिस्थिति आइलागेको बताए। यसमा नेतामात्र नभएर जनता पनि दोषी भएको उनको भनाइ थियो।
देशको प्रणालीगत समस्या नै गलत भएकोले अहिलेको परिस्थितिमा जस्तोसुकै राम्रो गर्छु भनेर कुनै नेता गएपनि प्रणालीकै कारण गलत काम गर्न पुग्ने उनले बताए। यसैगरी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले अहिलेका नेताहरुबाट देशको विकास हुने आशा गर्नुनै जनताको मुुर्खता भएको बताए।
उनले नेताहरुले जनतालाई मुर्ख बनाउने काम गरेको उल्लेख गर्दै ती नेता एजेण्डाबिना नै पटक–पटक जनताबाट अनुमोदित हुन सफल भएको सुनाए। भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरुको तथ्याङ्क सार्वजनिक गरेको छ। डटकमका फाउण्डर सिमोन ढुंगानाले अब १६५ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरु सबै र अब निर्वाचित उम्मेदवारहरुको प्रोफाइल पनि यसमा राखिने बताए। यसैगरी विष्णु खड्काले सबैभन्दा थोरै २०५१ सालमा ७ जना सांसद र सबैभन्दा धेरै २०७४ सालमा ९१ जना महिला सांसद रहेको बताए।