मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई बुधबारदेखि भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्याधिक पहिरो खसेको छ। भारी वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ५० ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन चलाउनमा समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुवराज बमले राजमार्गको कालिकोट खण्ड पूर्णरूपमा बन्द रहेको बताए। ‘कर्णाली राजमार्गस्थित सेरीघाट पुलनजिकै तिला नदीको बहावले राजमार्गको १५ मिटर सडक बगाएको छ। त्यहाँ चट्टानका कारण तत्कालै नयाँ सडक निर्माण गर्न सकिने अवस्था छैन। अन्य ठाउँमा पनि कतै पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ। कालिकोटको दहीखोलादेखी गगने खोला,काले खोला,जिते,सेरीघाटक,सुनार खोला,गल्ली, पिलिल,टाकुला,बाली,नाग्मगायतका ठाउँमा गरि ५० भन्दा बढी स्थानमा पहिरो गएको छ। ‘हामीले केही स्थानमा पहिरो हटाउने प्रयास गरेका छौंँ। तर,पहिरो खरिहेका कारणले सकेका छैनौं,’ उनले भने। कर्णाली करिडोरको फुगाड,रेंङगिल,कोट,आम्तडा लगाएत ठाउँमा समेत पहिरोले यातायात आवागमन ठप्प रहेको छ।
यात्रु अलपत्र परेका छन्। लगातार बर्षातका कारण सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको शुभकालिका गाउँपालिका–३ का दल रोकायाले बताए। उनले भने, ‘सडकमा ५० भन्दा बढी ठाउँमा पहिरो र ढुंगा खसेको र १५ भन्दा बढी ठाउँमा सडक भासिएको छ। कसरी यात्रा गनु राजमार्ग पूर्णरूपमा बन्द छ।’
राजमार्गको दैलेख खण्ड पनि अवरुद्ध छ। ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातका साधन सञ्चालनमा आएका छैनन्। दैलेखको किटु,भेल्तडी,लगाएतका सडकखण्ड पनि ध्वस्त छ।
कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ। तातोपानी– १ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा पहिरो खसेको हो।
तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पूर्ण रुपमा बन्द भएको बताए। उनका अनुसार सवारीसाधन रोकिएका छन्।आवतजावत पनि ठप्प भएको छ। पहिरो पन्छाउने कार्य भइरहेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले पहिरो पन्छाउन मेसिन प्रयोग भइसकेको बताए। उनले भने, ‘पहिरो गएर सडक बन्द भएको खबर प्राप्त भएपछि सडक खुलाउने प्रयास भइरहेको छ।’ सुर्खेत र नेपालगञ्जदेखि जुम्ला सदरमुकाम खलंगातिर आउने सवारीसाधन रोकिएका छन्।
यता हिमा गाउँपालिका ४ स्थित जुगाडमा सुख्खा पहिरोले ठुलो ढुंगो खस्दा सडक यातायात अवरुद्ध भएको छ। यस्तै कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ। एक हप्ताअघि मात्र यस खण्डमा जमेको हिउँ पन्छाएर सडक डिभिजन कार्यालयले सडक यातायात सुचारु गराएको थियो।
शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। मौसममा सुधार आउनासाथ हिउँ हटाइने उनको भनाइ छ। कार्यालयले सूचना जारी गरी हिउँ परिरहेकाले सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।
सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन्। नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भागमा पर्दछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...