तिलागुफामा पहिरोले पुरिएर एकै परिवारका ५ सहित ६ बेपत्ता
२३ असोज २०७९
•
१ मिनेट पाठ
तिलागुफामा पहिरोले पुरिएर एकै परिवारका ५ सहित ६ बेपत्ता
कालिकोट जिल्लाको तिलागुफा  नगरपालिका–७ बालीगाउँमा पहिरो जाँदा स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारनै बेपत्ता भएको छ।  




आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा विष्टकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए।  

रिमालका अनुसार घरमाथिबाट आएको पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ। ५ दिनदेखि लगातारको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलमा ८ जनाको प्रहरी टोली गए पनि पहिरो बगिरहेकाले खोजी गर्न सकेको छैन।

यसैबीच तिलागुफा नगरपालिका –६ भैसैगोडा स्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ। स्थानियका अनुसार उनिहरु घर भित्रै रहेको बताईएको छ।

लगातारको वर्षाले कालीकोटको जनजीवन प्रभावित भएको छ। पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोर अवरुद्ध छ। वर्षाले ठाउठाउँमा सडक भत्किएको छ भने रास्कोट,सन्नीत्रिवेणी र शुभकालिकामा घरहरू भत्किएका छन्।

वर्षाले रारा जाने पर्यटकलाई समस्या  

लगातारको वर्षाले रारा ताल घुम्न जाने पर्यटकलाई समस्या भएको छ। दसैंको बेला राराताल घुम्न आउने आन्तरिक पर्यटकलाई कर्णाली राजमार्गको ठाउँ,ठाउँमा गएको पहिरोले समस्या पारेको हो। दसैंको लामो बिदामा पर्यटकको पर्खाइमा रहेको राराताल लगातारको वर्षाले गर्दा पर्यटकको प्रखाईमै रहेको छ।  

आन्तरिक पर्यटक आउन नपाउँदा यो बेला रारा तालमा सुनसान जस्तै छ। राराताल घुम्न हिडेका आन्तरिक पर्यटक कालिकोटमै रोकिएका छन्। कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरोले याताया क्षेत्र ठप्प बनेको छ।
अर्को समाचार
कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली
१२ माघ २०८०
•
३ मिनेट पाठ
कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली
यो वर्ष कर्णालीमा लामो खडेरीले प्रायः सबै पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँसमेत उम्रिएन। आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउने चलन नै छैन। प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ बाली उम्रिएको छैन। गहुँ उम्रेर हरियाली हुने बेलासम्म बारीमा गहुँ नउम्रिँदा खेत बाँझैजस्तो देखिन्छ। पाखा जग्गामा माघ लाग्दासमेत गहुँ उम्रिंएको छैन।




‘कालिकोटका रास्कोट, शुभकालिका, तिलागुफालगायतका सिञ्चित क्षेत्रमा समेत गहुँ राम्रो हुन सकेको छैन भने आकाशेपानीका भरमा खेती हुने क्षेत्रमा कतै पनि गहुँ उम्रिएको छैन। ‘रास्कोटका अगुवा कृषक कविराज न्यौपानेले भने, ‘कालिकोटका अधिकांश क्षेत्रमा गहुँबालीको दुर्दशा नै रहेको देखियो।’

‘कालिकोटमा हिउँदमा खेत बाँझो राख्ने चलन बढी छ। त्यसैमा पनि यस वर्ष खडेरीले लगाएको गहुँबाली उम्रन पनि पाएको छैन’, उनले भने, ‘हिउँदेबाली गहुँ जउ छर्ने बेलामा पानी परेन। केही सिँचाइ हुने क्षेत्रमा गहुँ छरियो अहिले उम्रेको गहुँ पनि रुडोले खाइसक्यो। सुख्खा क्षेत्रमा त हिँउदे बाली छरेकै छैन। रोजगारीका लागि जिल्ला छाड्न हतार भएका यहाँका किसानले आकासे पानीको पर्खाइमा बसेनन्।

लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकाले अन्न खेर नफाल्न गरा बाँझो राखेको शान्नि त्रिवेणी गाउँपालिका ६ मेहलमुडीकी धना संज्यालले बताइन्।

‘यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन सुरु हुने भए। भोकमरीको समस्या बढ्ने भयो’, धनाले भनिन्। खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो छ। यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि ६ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ।

माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ। हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन्। जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुषारोले बाली खाएको छ। खडेरीका कारण केही किसानले खेतका गरा नै बाँझो राखेका छन्।

यस्तै रास्कोट नगरपालिका २ का किसान बिसहर न्यौपाने आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो सुनाए। जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ। यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्‍याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए। मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोवास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ। यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको उनले बताए।

हिउँदे बाली गहुँ छरेको मंसिरदेखि नै पानी परेको छैन। ‘माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो। हिमपात नहुनुले जौं, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,’ प्रमुख बस्नेत भने।

उनका अनुसार यहाँको तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा जौ, दुई हजार एक सय हेक्टरमा गहुँ र तीन हजार तीन सय हेक्टर जमिनमा स्याउबाली लगाइएको छ। सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौ र गहुँबाली नष्ट भएको छ।

पछिल्लो समय रोजगारीका लागि गाउँमा युवाको संख्या शून्य अवस्था छ। घरमा बुढापाका र बालबच्चाका भरमा चलेको गाउँमा कतिपय क्षेत्र अहिलेसम्म खेतियोग्य जमिन बाँझै रहेको पाइन्छ। बिना मलको खेतीमा उब्जनी पनी कम हुने र काम गर्ने मान्छे पनि नहुनाले यहाँका क्षेत्रमा खाद्य चामल किनेर खान्छन्। वर्षभरि खेती गरेर पाँच महिना पनि अन्न नपुग्ने गरेको दैलेखका नैन शाहीले बताए। कर्णालीका पहाडि जिल्लामा अहिलेसम्म पनी परेको छैन। पानी नपर्दा यो वर्ष भोकमरीले सताउन सक्ने जानकार बताउँछन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस