बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जाल फेसबूक मार्फत उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार बिहान १० बजे नै ओर्लिने बताएका थिए। उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैँछ ।उनीविरुद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन्।
एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविद्धकाे खेलमा नेपालको सातौं विकेट पनि पतन भएको छ। नेपालले पाँच रन जोड्दा तीन विकेट गुमाएको हो। आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।
ताजा अवस्थामा नेपाल ७ विकेटको क्षतिमा २३७ रन बनाएर ३७ औं भरमा खेलिरहेको छ। अहिले क्रिजमा कप्तान राेहित पाैडेल र साेमपाल कामी रहेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...