चराका आधा प्रजाति संकटमा
१३ असोज २०७९
•
३ मिनेट पाठ
चराका आधा प्रजाति संकटमा
पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ।  




विश्वका चराहरूबारे हरेक चार वर्षमा प्रकाशित हुने ‘स्टेट अफ वल्र्डस् बर्डस्–२०२२’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार, डढेलो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वनविनाशलगायतका कारण यति ठुलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको हो।  

मुख्य रूपमा मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण पृथ्वीमा पाइने चराका कुल प्रजातिमध्ये ४९ प्रतिशत ह्रासोन्मुख अवस्थामा रहेको प्रतिवेदनको निष्कर्ष छ। सन् २०१८ मा सार्वजनिक गरिएको प्रतिवदेनमा विश्वका ४० प्रतिशत चराहरूका प्रजाति ह्रासोन्मुख रहेको देखिएको थियो।

चराहरूको संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था वल्र्ड लाइफ इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार तथा सघनताका कारण चराहरूका कुल प्रजातिमध्ये ७३ प्रतिशतलाई बाँच्न चर्को दबाब सिर्जना भएको छ। विश्वमा चराका ११ हजार प्रजाति रहेको मानिएको छ।  

सन् २००४ देखि प्रकाशन सुरु गरिएको प्रतिवेदनको पाँचौं संस्करणअनुसार सन् १५०० यता कम्तीमा १८७ प्रजाति विलुप्त भइसकेका छन्। यी अधिकांश प्रजाति सामुद्रिक टापुहरूमा पाइने स्थानीय प्रजाति रहेका तर पछिल्ला वर्षहरूमा उष्ण कटिबन्धीय क्षेत्रका जमिनमा पाइने चराहरू पनि विलुप्त हुने क्रम बढ्दो छ। विश्वको पारिस्थितिकीय प्रणालीमा परागकण संवाहक, बिउबिजन फैलाउने, सिनो खाएर वातावरण सफा राख्ने तथा इकोसिस्टम इन्जिनियरका रूपमा चराले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन्।  

लामो दूरीसम्म यात्रा गर्ने भएकाले आपसमा लामो दूरीमा रहेका पारिस्थितिकीय प्रणालीको अन्तरसम्बन्ध राख्न, अन्य जीवहरू तथा पोषकतत्वको प्रसारण गर्न चराहरूको महत्वपूर्ण भूमिका छ। पछिल्ला वर्षमा विश्वमा चरा अवलोकन (बर्ड वाचिङ) को लोकप्रियता  बढ्दो छ भने यसले संरक्षण र आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गरेको छ।

स्टेट अफ वल्र्डस वर्डस–२०२२ ले चराहरूको संरक्षणका लागि आगामी एक दशक अत्यन्त महत्वपूर्ण रहेको र यो अवधिमा संरक्षणका गम्भीर प्रयास नगरिएमा चराहरूका थप प्रजाति सदाका लागि विलुप्त हुने चेतावनी दिएको छ। सन् २०३० भित्रै विश्वले चरा संरक्षणका १२ कार्य गर्न प्रतिवेदनले सुझाएको छ।  

संरक्षित क्षेत्रको संख्या, गुणस्तरमा वृद्धि र चराका वासस्थानको संरक्षणका लागि थप प्रयास गर्न प्रतिवेदनले सुझाव दिएको छ। चोरीसिकार, आक्रमणकारी प्रजातिको व्यवस्थापन, प्राकृतिक संसाधनको दोहनमा नियन्त्रण तथा आमजनचेताको विकासले विनाशलाई रोक्न सकिने तर्क प्रतिवेदनको छ। जलवायु परिवर्तनका लागि जिम्मेवार मानिएको खनिज इन्धनको प्रयोगमा कमी गर्न, प्रकृतिमा आधारित संरक्षणका उपाय अवलम्बन गर्न तथा नवीकरणीय ऊर्जाको प्रयोगले चराहरूको संरक्षणमा सहयोग हुने प्रतिवेदनको ठहर छ।  

नेपालका २० प्रतिशत चरा संकटमा  

चराविद् डा. हेमसागर बराल नेपालमा पाइने कुल ८ सय ९१ चराका प्रजातिमध्ये २० प्रतिशत प्रजाति संकटमा रहेको बताउँछन्। उनी सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेको र घाँसेमैदान र वनमा आधारित चराहरूमा संकट बढ्दो क्रममा रहेको बताउँछन्। भौगोलिक हिसाबले पृथ्वीका सतहको शून्य दशमलव १ प्रतिशत हिस्सा ओगटेको नेपालमा विश्वमा पाइने चराहरूको कुल प्रजातिमध्ये झन्डै ९ प्रतिशत प्रजाति रहेका छन्। विशिष्ट भौगोलिक अवस्था तथा उचाइमा रहेको भिन्नताका कारण जैविक विविधताको हिसाबमा नेपाल धनी मानिन्छ।  

राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल कृषिबालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनलगायत कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको ठान्छन्। दुर्लभ र लोपोन्मुख चराहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने तर्क उनको छ।
अर्को समाचार
पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास
०१ साउन २०८०
•
५ मिनेट पाठ
पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास
बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन सडक खण्ड। फाइल तस्बिरः नागरिक
एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ। त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्ने रुखविरुवा हटाई चक्ल्याउन थालिएको छ। अहिले बिस्तारको काम भईरहेको छ। सडक विस्तारको कामले चरा चुरुंगीको बासस्थान भने प्रभावित बनाएको छ।  




जैविक विविधतामा नेपालको एउटा मुख्य भुगोल चितवन–अन्नपुर्ण परिदृश्य अवस्थित पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड र त्यस आसपासको क्षेत्र लोपोन्मुख तथा विश्वमै दुर्लभ गिद्ध र अन्य सिकारी चराको महत्वपूर्ण बासस्थान तथा विचरण क्षेत्रको रुपमा रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। यो क्षेत्र बसाईसराई गर्ने चराको विश्वमै परिचित मध्य एशियाली उडानमार्ग समेत रहेको उनले बताए।  

समाजले सडक विस्तारको काम अघि र सडक विस्तारको क्रममै यो क्षेत्रको चराचुरुंगीको अवस्थाको बारेमा अध्ययन गरेको थियो। २०७९ पुसदेखि २०८० जेठ महिनासम्म अध्ययन गरिएको थियो। जाडो याममा गुँड बनाउने र त्यस समयमा बसाइसरि आउने चरा र गर्मी याममा गुँड बनाउने तथा बसाइसरेर आउने चराहरुका प्रजाती, तिनको संख्या, संरक्षण अवस्था र ती चाराको मुख्य बासस्थान तथा विचरण क्षेत्रको पहिचान गर्नु अध्ययनको मुख्य लक्ष्य रहेको उनको भनाई थियो।  

सडक खण्ड र आसपासका करिव २ किलोमिटर क्षेत्र समेतलाई समेटी महत्वपूर्ण बासस्थान क्षेत्र, फोहर फाल्ने स्थान, गौशाला र गिद्ध संरक्षण केन्द्रका साथै सडकमा प्रत्येक पाँच किलोमिटरको दुरीमा कम्तीमा ३० मिनेट बसेर र पुरै सडक खण्डमा बिस्तारै पैदल तथा गाडीमा (गाडीको गती २० किलोमिटर प्रतिघण्टा भन्दा कम) हिडेर अध्ययन गरी प्रतिवेदन तयार पारिएको उनको भनाई थियो। 
मुग्लिन–पोखरा सडक स्तरोन्नति क्षेत्रमा गरिएको अध्ययनको क्रममा कुल १६९ प्रजातीका चरा ८ हजार ७ सय ६४ को संख्यामा अभिलेख गरियो। ती मध्ये आवासीय प्रजाती ११० थिए। ‘बसाईसरार्ई गरी आउने ५९ प्रजातीका थिए,’ उनले पोखरामा आयोजित कार्यक्रममा तथ्यांकसहित आफनो अध्ययन प्रतिवेदन सुनाए। जाडोयाममा गरिएको सर्वेक्षणमा १३७ प्रजातिका चराहरु अभिलेख गरिएको थियो। अभिलेख गरिएको मध्ये सात प्रजातिका चरा विश्वमै दुर्लभ प्रजातिका थिए। विश्वमै दुर्लभ प्रजातिका अति संकटापन्न अवस्थामा सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध र बगाले बगेडी छन्।

संकटापन्न अवस्थाका सेतो गिद्ध र गोमायु महाचील थिए। संवेदनशिल अवस्थाको हिउँदे आगन्तुक कैलो टाउके हाँस पनि अभिलेख गरिएको उनले सुनाए।  गर्मीयाममा गरिएको सर्वेक्षणमा १२१ प्रजातिका चराहरुको अभिलेख संकलन भएको थियो। ६ प्रजातिका चराहरु विश्वमै दुर्लभ प्रजातिका थिए। राष्ट्रिय रुपमा संकटापन्न १३ प्रजातिका साथै २४ प्रजातिका क्षेत्र सीमित प्रजाति अभिलेख भएका थिए।  

नेपालमा अभिलेख भएका नौ प्रजातीका गिद्ध मध्ये सात प्रजातीका गिद्ध उक्त क्षेत्रमा पाईने तथ्यांक छ।  प्रजनन् गर्ने चार प्रजातिका गिद्धका गुँडहरुको खोज तथा अनुगमन पनि गरिएको उनले बताए। तनहँुका दुई स्थानमा रहेका छाडा पशुचौपाया व्यवस्थापन र गिद्ध संरक्षण स्थल र कास्कीको घाँचोकमा रहेको ‘जटायु रेष्टुरेन्ट’ क्षेत्रमा पनि अध्ययन तथा अनुगमन गरिएको पोखरा पंक्षी समाजले जनाएको छ। अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रमा पर्ने पोखराका नौ तालहरुमा पनि चरा सर्वेक्षण गर्नुका साथै स्थानीयसँग छलफल गरिएको थियो।  

अध्ययनले तनहँुको मस्र्याङ्दी जल विद्युत परियोजनाको जलाशय क्षेत्र, डुम्रे नजिकैका सिमलका रुख र मस्र्याङ्दी नदी क्षेत्र, शिशुवा भतेरीको गौरक्षा केन्द्र, दमौली पुल क्षेत्र चराको लागि महत्वपूर्ण क्षेत्रको रुपमा पहिचान गरिएको छ। तनहँु शुक्लागण्डकीको गाछेपानी देखि पोखरा कास्कीको बिजयपुर खोलासम्मको सडक आसपासको क्षेत्र दुर्लभ गिद्धको महत्वपूर्ण बासस्थान र विचरण क्षेत्र भएको अध्ययनको निष्कर्ष छ। सडक स्तरोन्नतिको बेला र सडक सञ्चालनका क्रममा सावधानी अपनाउनु पर्नेमा जोड पंक्षी समाजको छ। रुखहरु ढाल्नु भन्दा पहिले अनुगमन गर्नुका साथै चराको प्रजनन समय भन्दा बाहिरको समयमा काटनुपर्नेमा जोड दिइएको छ।  

पोखरा पंक्षी समाजले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ८९२ भन्दा बढी प्रजातिका चराहरु पाईन्छन्। नेपालमा विश्वमा पाइने चराका प्रजातिमा भने करिव ९ प्रतिशत हिस्सा ओगट्छ। यसले नेपालको उच्च जैविक विविधताको पुष्टि गर्ने पोखरा पंक्षी समाजका अध्यक्ष घिमिरेको भनाई थियो। उनका अनुसार खासगर नेपाल वर्षभरी नै यहि बस्ने आवासीय प्रजातिका साथसाथै मौसम अनुसार बसाईसराई गरी आउने चराहरुको पनि उत्तम आश्रयस्थल हो।
हिउँद याममा जाडो छल्न वर्षेनी करीव १ सय ५० प्रजातिका चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउछन। यसैगरी करिव ५० प्रजातिका वटुवा चराहरु जाडो याममा नै नेपालको बाटो हुदै दक्षिणाी मुलुक भारत, पाकिस्तान र श्रीलङ्का जाने गर्दछन। जाडो सकिदै गर्दा दक्षिणी मुलुकहरु र अफ्रिकासम्म बाट ६२ प्रजातीका ग्रिष्मकालीन आगन्तुक चराहरु बच्चा कोरल्न नेपाल आईसकेका हुन्छन।

यी चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन । ग्रीष्मकालीन आगन्तुक चराहरुको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भुमी हुन। यसरी नेपालमा हिउदँमा आउने हिउँदे आगन्तुक र बसन्त ऋतुको आगमनसगैं आउने ग्रीष्मकालीन आगन्तुक गरी पाहुना चराहरुको आउने र जाने क्रम वर्षभरी नै निरन्तर चलिरहन्छ।  

नेपालबाट हाल सम्म सात प्रजातिका चराहरु लोप भैसकेका छन् भने १७३ प्रजातिका चराहरु राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा छन्। विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चराहरु नेपालमा पाईन्छन् । नेपालमा बासस्थान विनाशले नै ८६ प्रतिशत चराहरु संकटापन्न अवस्थामा पुगेका छन् जसले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ। तर पछिल्ला दशकहरुमा खासगरी मानवीय क्रियाकलापहरुको परिणाम स्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नास, अवैध चरा शिकार तथा व्यापार, वातावरण अमैत्री ठुला भौतिक संरचना निर्माण बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले थुप्रै प्रजातिका चराहरुले संकट झेलिरहेका छन्।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस