भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
०८ असोज २०७९
•
३ मिनेट पाठ
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्। घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन्।  




भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन। बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ।  

भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ। शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ। उनको अन्नपात, लुत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ।  

'बाढीले सामान सडेर गन्हाउन थालेको छ । हामी सरसफाइमा जुटेका छौँ', उनले भने, 'सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ। त्यही खानुपर्ला।' भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फकिएको छ। उनको परिवार घर फर्कदा घरका भित्ता भत्किएका, अन्न राख्ने (माटोका डेहरी) भाडा समेत फुटेका छन्। 'अलिअलि बोकेर लगेको अन्न थियो, त्यही अन्न पकाएर खान थालेका छौँ', धनबहादुरले जोड दिए, 'सरकारले घरको उच्च जग बनाइदिएको भए हुन्थ्यो, नगद दिएको भए हामी आफैँ आवश्यक सामान किन्ने थियौँ।'

वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले विचल्ली बनाएको छ। उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किए। सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। 'घर सफाइ गर्नसमेत समस्या छ। अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्', वडासदस्य  डगौरा थारुले भने, 'भत्केका घर मर्मत गर्नुछ, लितपोत गर्नुछ। जसका लागि लाग्ने खर्चको समेत अभाब छ। सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरबास दिनुपर्छ।'

नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन्। चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ। भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए। 'राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो', उनले भने, 'बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ। नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो।'

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ। नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो। 'मानिसको घरमा हेर्दा केही बचेको छैन। वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको विचल्ली छ। नागरिकको केही सम्पत्ति बचेको छैन', नगर प्रमुख केवल चौधरीले भने, 'मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए। धान खेती पनि नष्ट भएको छ। हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ।'

'अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन।  हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन', उनले बताए, 'आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, संघसंस्थाले सघाउन थालेका छन्।' रासस
अर्को समाचार
बाढी पीडित पालभित्रै थलिए!
२२ कार्तिक २०७८
•
२ मिनेट पाठ
बाढी पीडित पालभित्रै थलिए!
सुर्खेतको विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र रहेको बाढीपीडित शिविरमा नरबहादुर रोका। महिला प्रशिक्षण केन्द्रभित्र रहेको बाढीपीडित शिविर। तस्बिरः गोविन्द/नागरिक
५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले सानो छोराको भरमा शिविरमा बस्दै आएका छन्।




२ भाई र १ छोरी रहेका रोकाले अँझ बाढीको पीडा सुक्न नपाउँदै श्रीमती गुमाए। बुढेसकालको सहारा श्रीमती गुमाएसंगै आफू पनि अपाङ्ग भए। घरमा कमाउने पनि केही भएनन्। उनका लागि यो भन्दा बढी पीडा बाढीले घर बगाउँदा पनि भएको थिएन। हिजोआज नरबहादुरको दैनिकी पालभित्रै बित्ने गर्दछ। बिरामी हुँदा सानो छोराकै भरमा हुन्छन् उनी। मनकारीहरुले दिने राहतले घर खर्च धान्दै आएका छन् नरबहादुर।

गर्मीमा गर्मी र चिसोमा औधी चिसो हुने पालभित्रको जीवनदेखि घर कहिले बन्लार शिविर छाडौंला भनेर पर्खि बसेका छन्। ‘सरकारले घर बनाइएको भए पालको अत्यासलाग्दो जीवनबाट मुक्ति पाईन्थ्यो।’ घर छेउमै बसेका नरबहादुर रोकाले भने, 'वर्ष गन्दागन्दै पालमै मरुला झै पो हुन थाल्यो। सरकारले अवस्था कस्तो छ भनेर समेत खोजीनीति नगर्दा दुःख लाग्छ।’

विस्थापित भएर आएपछि २०७३ सालमा खुटा नचल्ने भएपछि उपचारका क्रममा नरबहादुरले दुबै खुट्टा गुमाएका हुन्। प्रदेश सरकारले जग्गा किन्नको लागि ३ लाख दिने कुरा पनि कार्यान्वयन नहुँदा शिविरमा बसेका बाढी पीडितहरु झनै पीडित भएका छन्।

त्यस्तै नरबहादुरको भन्दा कम पीडा छैन रामकुमारी खत्रीको। ईत्राम खोलामा आएको बाढीले विस्थापित भएकी खत्रीका श्रीमान तारा बाग्ले १४ महिनादेखि पालभित्रै बिरामी भएर थलिएका छन्। औषधाेपचारका लागि खर्च नहुँदा पालमै रोग पालेर बसेका छन्। आँखा कम देख्ने रामकुमारी त्यसमा पनि काम गरेर घरखर्च धान्ने श्रीमान थला पर्दा निकै सकसपूर्ण तरिकाले जीवन काटेकी छिन्। ‘कमाई गर्ने श्रीमान बिरामी परेको वर्षदिन बढी भयो।’

रामकुमारी खत्रीले भनिन्, 'म आँखा कम देख्छु। कहाँ गएर काम गरु। खाने गासको ठेगान नभएको बेला घर कहाँ पाउने?’ आफूले कुटेको गिट्ठी पनि बिक्री नहुँदा वर्षदिनदेखि त्यसै थन्किएको खत्रीले बताइन्। चुलो पाल्नका लागि गिट्ठी कुट्ने गरेको थिए।

उनले भनिन्, 'त्यो पनि बिक्री नहुँदा त्यसै थन्किएको छ। शिविरमा रहेका अधिकाँशले विहान बेलुका गिट्ठी कुट्ने गरेका थिए। सरकारले आफ्नो दुःख देखेर पनि नदेखेझैं गरेको आरोप बाढी पीडितको छ। शिविरमा ८ वर्षदेखि बस्दै आएका बाढी पीडितहरुको आर्थिक अवस्था नाजुक छ। उनीहरुको दैनिक गुजारा समेत मुस्किलले कट्ने गरेको छ।

शिविरमा धेरैजसो जेष्ठ नागरिक, बिरामी र केटाकेटी छन्। छिटो सरकारले आफूहरुको पुनर्स्थापना गरेको भए, पालभित्रको दुःखदायी जीवन सकिने बाढीपीडितहरुको भनाइ छ। 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस