गैँडा संरक्षणमा चुनौती
०६ असोज २०७९
•
३ मिनेट पाठ
गैँडा संरक्षणमा चुनौती
दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरीसिकारीसंगै उचित बासस्थान नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा संरक्षण चुनौती बन्दै गएको हो। वि.स. २०५५सालदेखि हालसम्म  यहाँ एक सय ७९ वटा गैँडा चोरीसिकारीले मारेका छन्। तर, पछिल्लो दश बर्षमा नौ वटा गैँडा चोरी सिकारी भएको निकुञ्जको तथ्याङ्ककमा उल्लेख छ।  




चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्वकालमा बढेर गरेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बीचको ११ वर्षको अवधिमा १५८ वटा गैँडा चोरीसिकारीले मारेका थिए भने सन् २००२ मा एकै वर्षमा ३८ वटा गैँडा चोरीसिकारीले मारेका छन् । यो नै एकैवर्षमा सबैभन्दा बढी गैँडा मरेको बर्ष मान्ने गरिएको छ।

आर्थिक बर्ष २०६९/२०७०मा एक, २०७०/०७१मा एक र आव २०७३/०७४मा एक वटा गैँडा चोरी सिकारीले मारेका थिए।  त्यसपछि केही बर्ष रोकिएको चोरी सिकारी आव २०७७/०७८मा एक्कासी चार वटा गैँडा तस्करले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।  गत आर्थिक बर्षमा २ वटा गैडा मारिएका छन्। आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७मा चितवनमा गैँडाको चोरीसिकार भएन। सो समय निकुञ्जले चोरी सिकार बर्ष मनाएको समेत थियो।  तर, पछिल्ला दुईबर्षदेखि चोरी सिकारी र कालगतिले भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ।  

प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैँडा बूढो भएर, एकापसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्।  गत आर्थिक बर्ष ३७ वटा गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ। त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७७/०७८मा ३३ र आव २०७६/०७७मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्षमा गैँडा संरक्षणमा चुनौती थपिदै गएको बताउँछन्।  

‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘उचित बासस्थान नहुँदा मानव बस्तीमा आउने र मावन र गैँडाबिचको द्वन्द्व बढीरहन्छ।  अर्को तर्फ दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या नै प्रमुख छ।’ घाँसेमैदान निर्माण र चोरी तस्करी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने उनको भनाई छ।  

चितवन राष्ट्रिय निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैँडा मरेका भेटिएका थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा छन् । अघिल्लो २०१५को गणनामा चितवनमा ६०५ गैँडा थिए।  यसरी गैँडाको संख्या बढ्दा मानव वस्तीमा समेत आउने गरेका छन्। जसले मानव र गैँडा बिच द्वन्द्व बढ्दै गएको छ। यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरिचरणको व्यवस्थापन र चोरी सिकारी नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारी बताउँछन्।  

‘कोरोना महामारीको समयमा गैँडा चोरी सिकारी भएको पाईएको छ। तर, पछिल्लो एक बर्षमा भएको छैन।’ उनले भने, ‘हामी घाँसेमैदान व्यवस्थापन, गैँडा आहाल बस्ने पोखरी निर्माण गरि उचित बासस्थान सहित गैँडा मर्ने क्रम रोक्ने तयारीमा छौँ।’ गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो । निकुञ्जले गैँडा तस्करमा सम्लग्न ६ जनालाई पक्राउ गरेको समेत उनले बताए। हाम्रो लक्ष्य गैँडाको चोरी सिकारलाई शुन्यमा राख्ने हो।  हामीले नेपाली सेना, सिआइवि, नेपाल प्रहरीको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम बढाएका छौँ, उनले भने, ‘प्राकृतिक कारणले मर्ने गैँडालाई हामीले रोक्न सक्दैनौँ।’ तर, चितवन राष्ट्रिय निकुञ्ज भित्र दलदलमा फसेर  र बाढीले बगाएर अधिकांश गैँडा मर्ने गर्दछन्। त्यससंगै एक आपसमा जुधेर पनि गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्ककमा उल्लेख छ।  

समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ।  सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको छ। निकुञ्ज वरीपरिका मानिसहरु पनि संरक्षणमा जुटेको पाईन्छ। मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना गैँडा संरक्षणमा स्थानीय सहमुदायको महत्वपूर्ण भूमिका रहेको दावि गर्दछन्। गैँडा सिकारविरूद्ध समुदायको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै उनको भनाई छ। प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैँडाको मृत्यु न्यूनीकरण गर्नु गर्नुपर्ने बताउँछन्।
अर्को समाचार
गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे
०१ मंसिर २०८०
•
३ मिनेट पाठ
गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मार्न तस्कर सक्रिय बन्दै गएका छन्। आधा दशक चोरी सिकारी शून्य रहेको निकुञ्जमा पछिल्ला तीन वर्ष तस्कर सक्रिय देखिएका छन्। यो अवधिमा उनीहरुले आठ वटा गैंडा मारिसकेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।




बिहीबार मात्र निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्करले अन्दाजी १८ र छ वर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पारेर मारेका भेटिएको छ। नेपाली सेनाको पोष्ट नजिकै पुरानै शैलीमा तस्करले गैंडा मारेका छन्। दुई वटा गैँडाको खाग समेत लगिसकेका छन्।

सुरक्षा निकाय चनाखो नहुँदा वि.स.२०५५ सालदेखि हालसम्म यहाँ एक सय ८३ वटा गैँडा सिकारीले मारेका छन्। तर, पछिल्लो दश वर्षमा १३ वटा गैंडा चोरी सिकारी भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। 

चितवन राष्ट्रिय निकुञ्जको स्थापना पछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्व कालमा बढेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बिचको ११ वर्षको अवधिमा एक सय ५८ वटा गैंडा सिकारीले मारेका थिए। सन् २००२ मा एकै वर्षमा ३८ वटा गैंडा चोरी सिकारीले मारेका छन्। यो नै एक वर्षमा सबैभन्दा बढी गैँडा मरेको बर्ष मान्ने गरिएको छ।

आर्थिक वर्ष २०६९/२०७० मा एक, २०७०/०७१ मा एक र आव २०७३/०७४ मा एक वटा गैँडा चोरी सिकारीले मारेका थिए। त्यसपछि केही बर्ष रोकिएको चोरी सिकारी आव २०७७/०७८ मा एक्कासी चार वटा गैंडा तस्करले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। आव २०७९/२०८० मा दुई वटा गैंडा सिकारीले मारे। यी गैँडालाई सिकारीले अमलटारी सेक्टरमा विद्युतीय धरापमा पारेर मारेका थिए। त्यस कार्यमा संलग्न व्यक्ति समेत पक्राउ परेका छन्।  

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा चितवनमा गैँडाको चोरी सिकार भएन। यद्यपि यस तथ्याङ्कमा यहाँका कर्मचारी नै विश्वस्त देखिँदैनन्। आर्थिक बर्ष २०७७ सालमा तस्करलाई समात्दा यो अवधिमा ११ वटा गैंडा मारेको खुल्न आएको त्यहाँका पूर्व कर्मचारी बताउँछन्। २०७७/०७८मा ४२ जना पक्राउ परेका थिए। त्यसपछि ठुलो संख्यामा तस्कर पक्राउ पर्न सकेका छैनन्। जेलबाट सजाय भुक्तान गरेर गएका व्यक्ति पनि तस्करमा संलग्न भएको पाइन्छ।

बाहिर सार्वजनिक भएभन्दा बढी गैंडा सिकारीले मारेको अवस्था छ। प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैंडा बूढो भएर, एक आपसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्।  चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्षमा गैंडा संरक्षणमा चुनौती थपिँदै गएको बताउँछन्।

‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘सुराकी सञ्जाल कमजोर भएको अवस्थामा पनि यस्ता घटना घट्छन्।’ निकुञ्ज प्रशासन सक्रिय नभएको अवस्थामा तस्करहरू सलबलाउने गरेको उनले बताए। निकुञ्जको सुरक्षामा ठुलो संख्यामा आर्मी खटिएको छ। निकुञ्ज प्रशासन, आर्मी मध्यवर्ती व्यवस्थापन समिति सहयोगी संस्था माथि समेत प्रश्न उठ्दै आएको छ। सहयोगी संस्थाको काम समेत प्रभावकारी हुन सकेको छैन।

चितवन राष्ट्रिय निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैंडा भेटिएका थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन वटा गैंडा छन् । अघिल्लो २०१५को गणनामा चितवनमा छ सय ५ गैंडा थिए। यस्तो अवस्थामा चोरी सिकारी नियन्त्रणमा निकुञ्ज प्रशासन लागिपरेको बताउँछन् निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी। ‘सुरक्षा निकायलाई उच्च सतर्कता साथ रहन निर्देशन छ,’ उनले भने ‘व्यवस्थापन काम निकुञ्ज प्रशासनले गरेको छ।’ तस्करहरू खोज्ने काम पनि भइरहेको उनले बताए। बिहीबार मृत भेटिएका गैँडालाई तस्करले अलग अलग खाल्टो खनेर मारेका थिए।

‘नेपाली सेना, सिआइवि, नेपाल प्रहरीको सहयोगमा तस्करलाई खोज्ने क्रम जारी राखेका छौँ’–उनले भने । समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ।  सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको उनले बताए। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस