राहदानी बनाउन सकस
२४ भदौ २०७९
•
२ मिनेट पाठ
राहदानी बनाउन सकस
पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता रहेको छ। जिल्लाको मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि मात्रै राहदानी हातम परेको बताए।




गत असार १७ गते फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो करिब ४७ दिनपछि मात्रै आयो। उनले भने, 'बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात पर्‍यो।' यसैगरी कावासोती–१२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी थिइन्। उनले बायोमेट्रिक गर्न ५१ दिनपछि मात्रै पालो पाएको बताइन्।

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि राहदानी बनाउन आउनेको संख्या बढेको र राहदानी बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले राहदानी बनाउनका लागि लामो समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले बताए। राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सुरु गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम एक सय जनाको मात्रै ‘बायोमेट्रिक’ गर्न सक्ने अवस्था छ। पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमीले मुस्किलले एक सय जनासम्मको बायोमेट्रिक हुने गरेको हो।

कर्मचारीको र बायोमेट्रिक गर्ने मेसिन कम हुँदा राहदानीको आवेदन फारम भरेको करिब दुई महिनापछि मात्रै बायोमेट्रिक गर्ने पालो आउने गरेको छ। बायोमेट्रिक गरेपछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप एक महिना जति लाग्ने उनले जानकारी दिए।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको संख्या बढेको जनाइएको छ। उनका अनुसार राहदानी बनाउन आउनेहरूमा धेरै युवा छन्। त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ।

गत आवभन्दा चालु आवको सुरुआतदेखि नै राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार गत आव २०७८/७९ मा नौ हजार छ सय ७५ जनाले राहदानी बनाएकामा चालु आवको पहिलो महिना साउनमा दुई हजार छ सय ८४ जनाले राहदानी बनाउन फारम भरेका छन्। राहदानी बनाउन आउनेको संख्या बढेको तर बायोमेट्रिक गर्ने कर्मचारी र मेसिन पर्याप्त नहुँदा राहदानी पाउनका लागि लामो समय लाग्ने गरेको हो।

यसैबीच राहदानीबाट मात्रै जिल्लामा कार्यालयले गत एक वर्षमा मात्रै रु पाँच करोड बढी राजस्व संकलन गरेको छ। गत आव २०७८÷७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड एक लाख ३८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

यो अवधिमा सात हजार चार सय पाँच जनाले साधरण राहदानी र एक हजार चार सय ७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए। आव २०७७/७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा दुई करोड ४७ लाख ६७ हजार पाँच सय र आव २०७५/७६ मा तीन करोड ३८ लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको हो।
अर्को समाचार
राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस
२६ असार २०७९
•
३ मिनेट पाठ
राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस
चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे। आफन्तका साथमा कार्यालयमा पुगेकी उनको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने। राहदानीको फाराम भर्नुपूर्व राष्ट्रिय परिचयपत्रको फाराम भर्नुपर्छ। तोकिएको अनुसूचिमा आफैँले अनलाइनमा फाराम भरेपछि राष्ट्रिय परिचयपत्रका सबै काम एकैछिनमा प्रशासन कार्यालयले गर्छ।  




आचार्यले राष्ट्रिय परिचयपत्रको फाराम कार्यालयअघि रहेको एक कम्प्युटर सेन्टरमा भरेकी थिइन्। उनको हातमा उक्त परिचयपत्रको फाराम भरेको एकप्रति थमाइएपछि प्रशासनका कर्मचारीले भने ‘अब राहदानीका लागि आफैँले मिति लिनुहोस्, अनलाइन फाराम भर्नुहोस् र फोटो खिचाउन तोकिएको मितिमा आउनुहोला।,'

आचार्य कम्प्युटर जान्दिनन्, उनीसँगै आएका आफन्त पनि कम्प्युटरमा दख्खल थिएनन्। 'कहाँ जाने, कसरी फाराम भर्ने, मेसो पाइएन', सँगै आएका प्रेम पौडेलले भने, 'फेरि पालो कुर्नुपर्छ भन्छन्, पालो लिने कसरी भन्ने थाहा भएन, अनि हामीले अघिकै ठाउँमा गएर सोध्यौँ।' आफैँले फाराम भर्न नसक्ने भएपछि उनीहरु त्यहा पुगे। इमरर्जेन्सी भए छिट्टै पालो आउने र नभए मिति लिन एक महिना लाग्ने जवाफ पाइयो। राष्ट्रिय परिचयपत्र जस्तै राहदानीको पनि एकैछिनमा काम सकिने आशा राखेकी आचार्यको राहदानीका लागि फाराम भर्ने, तस्बिर खिचाउने समय तालिका पाउनै एक महिना लाग्ने रहेछ।

चितवनबाट राहदानीकै लागि बागलुङ आइपुगेकी आचार्य उतै फर्किइन्। अनलाइनमार्फत समय तालिका लिएर फाराम भर्न उनले  बागलुङ बजारकै आविश्कार स्टेशनरीमा कागजात छोडिन्। तर कहिले समय पाइन्छ थाहा छैन। प्रशासनका अनुसार मंगलबार साँझ ५ बजेपछि र शुक्रबार दिउँसो ३ बजेपछि बुकिङ खुला हुने सूचना गरिएको छ। यही समस्याका कारण आचार्य र उनीजस्ता कयौँले समयमा राहदानीको फारामसमेत भर्न पाएका छैनन्।  

काम गर्दागर्दै कोटा फुल भएको भन्छ, सर्भर इरर देखाउँछ, खुलिनसक्दै कसले फाराम भर्छ र यस्तो हुन्छ? आविश्कास स्टेशनरीका सञ्चालक चन्द्रप्रकाश शर्माले भने, 'धेरै जनाले दुःख पाइयो भनेर आउने गर्नुभएको छ।' 

जिल्ला प्रशासन कार्यालयमा दैनिक ४० जनाले राहदानीका लागि तस्विर खिचाउँछन्। १५० जनाले राष्ट्रिय परिचयपत्र बनाउने गरेको तथ्यांक प्रशासनसँग छ। राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। 'राष्ट्रिय परिचयपत्रको रेसियो हेर्दा सोही अनुपातमा राहदानी बनाउने पनि आउँछन् तर फाराम भर्ने, फोटो खिचाउने मिति नै पाउँदैनन्', शर्माले  भने, 'सर्वसाधारणका लागि सहज होस् भनेर ल्याइएको सिस्टमले न  समयमा काम भएको छ, न त खर्च बचेको छ, यो त झन दुःख पाउने काम भयो,'

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ‘सिङ्गल युनिट डिभाईस’का कारण हरेक दिन राहदानीका लागि आउने सबैको फाराम भर्न सकिएको बताए। फाराम लाभग्राही आफैँले भर्नुपर्ने भए पनि त्यहाँ प्रवष्टि गर्नुपर्ने कागजात र जानकारी जोकोहीले प्रविष्ट गर्न कठिन रहेको उनले स्वीकारे। 'फाराम मैले नै भर्न नसक्ने खालको छ, कठिन हुन्छ, साइवरबाट फाराम भरेर लाभग्राही आउने गर्नुभएको छ', उनले भने, 'राहदानी विभागले डिभाइस, युनिट र जनशक्ति बढाइदिए काम गर्न सहज हुन्छ।'

राहदानीका लागि आउने लाभग्राहीले छिमेकी जिल्लामा जत्तिकै पनि बागलुङमा सहज नभएको गुनासो गर्दै आएका छन्। प्रशासनबाटै काम गर्न पनि आसपासका कम्प्युटर सेन्टर र साइबरको भरपर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। दैनिक ४० जनाको तस्बिर खिच्ने प्रशासनले विद्युत् आपूर्ति अनियमित हुँदा दिनमै १०/१५ जनाको मात्रै फाराम भर्नुपर्ने स्थिति आउने गरेको प्रजिअ ढकालले बताए। इ–पासपोर्ट सुरु भएदेखि कोही कसैले पनि राहदानीका लागि सदरमुकाम आएर एकै दिनमा काम सक्दैनन्।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस