सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी
२१ भदौ २०७९
•
४ मिनेट पाठ
सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ। साँस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन्। तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ। त्यो हो सुन्दर हरियाली चियाबारी।




पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ।  

उक्त गाउँमा २०४६ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले वातावरण, पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम लगेसँगै स्थानीयको सक्रियता पनि बढ्न थालेको पाइन्छ। स्थानीय हितकाजी गुरुङका अनुसार २०५३ सालतिर स्थानीयको एक टोलीलाई एक्यापले नेपालको पूर्वहुँदै दार्जिलिङसम्म अध्ययन अवलोकनका लगेको थियो। पूर्वमा चियाबारीको आकर्षण देखेर फर्किएपछि ल्वाङको माटोमा पनि चियाखेती हुन सक्छ भनेर एक्यापले नै माटो र मौसमको परीक्षण गरायो। परीक्षणले उपयुक्त देखाएपछि एक्यापले उक्त गाउँमा २०५३÷२०५४ सालतिर चियाको बिरुवा रोपेको हो।  

चियाका बिरुवा राम्रोगरी हुर्कंदै गएपछि स्थानीयबीच छलफल गराएर व्यावसायिक चियाखेती गर्न एक्यापले उनीहरुलाईनै प्रेरित गर्‍यो। निःशुल्क बेर्ना उपलब्ध गरायो। स्थानीय उत्साहित भएर चियाको बिरुवा रोप्न थाले। मलिलो माटोमा राम्रो उत्पादन हुन थालेपछि यसलाई सहकारीमार्फत सञ्चालन गर्न थालियो।  

चियाको उत्पादन सुरु हुन थालेपछि २०६० सालमा अन्नपूर्ण चिया उत्पादक सहकारी संस्थामार्फत् सहकारीले चिया उत्पादन गर्न थाल्यो तर पछिल्लो समय सहकारी व्यवस्थापन एवं बजारीकरणमा समस्या हुन थालेपछि स्थानीय हितकाजी गुरुङले ३० वर्षका लागि भाडामा लिएर एकल स्वामित्वबाट ‘ल्वाङ टि स्टेट प्राली’  सञ्चालन गर्दै आएको छ।

‘सहकारीबाट अलि समस्या देखियो अनि अहिले एकल स्वामित्वबाट सञ्चालन गरेका छौँ’, गुरुङले भने। ‘अहिले उत्पादन राम्रो छ, स्वदेशभन्दा विदेशमा बढी जान्छ। बीचमा कोरोना महामारीले भने निकै नोक्सान पु¥यायो। अहिले राम्रो हुँदै गएको छ।’ उनका अनुसार करिब एक हजार दुई सय रोपनीमा चियाबारी फैलिएको छ। त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक अहिले चियाबारी अवलोकन गर्छन्।

यहाँ वार्षिक उत्पादन एक हजार दुई सयदेखि १५ हजार केजीसम्म हुने गरेको छ। अहिले सो गाउँको चिया युरोपमा निर्यात हुन्छ भने यसको केही मात्रा स्थानीय बजारमा पनि पुग्ने गरेको छ। चियालाई तीन ग्रेडबाट छुटयाइएको प्रालीका व्यवस्थापक छत्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार एसएफटी, टिजिएफ ओपी, पिडी गरेर तीन ग्रेडमा वर्गीकरण गरिन्छ। प्रतिकिलो चियाको पहिलो दुई हजार पाँच सय, दोस्रो एक हजार पाँच सय र तेस्रो पाँच÷सात सय रुपैयाँमा बिक्रीवितरण हुन्छ।  

उत्पादित चियालाई स्थानीय बजारमा भन्दा विदेशमा नै पठाउन सहज हुने भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरिएको छ। नेपाली बजारमा लगानी बढी गर्नुपर्ने, ‘प्याकेजिङ कस्ट’ पनि बढी पर्ने भएकाले प्रशोधन गरेर पहिलो चरणमै कार्टुनबाट विदेश निर्यात गर्न गरिएको बस्नेतले बताए। ल्वाङ घुम्न आउने अधिकांशले चियाबारी घुम्ने उद्योगमा आएर चिया किनेर कोसेलीका रुपमा लाने गर्दछन्। घुम्न आउने प्रायःआफन्तलाई ग्रिन टी, ब्ल्याक टी कोसेली बोकेर जाने गर्छन्।  

चिया उद्योगमा दैनिक ज्यालादारीमा स्थानीयले २५ देखि ३० जनाले रोजगारीमेत पाएका छन्। उत्पादित चिया वार्षिक चार÷पाँच हजार केजी विदेश निर्यात हुन्छ। उत्पादन राम्रो हुने भनिए पनि प्राविधिक ज्ञान र आधुनिक प्रविधिको अभावले सोचेजस्तो प्रतिफल पाउन अझै नसकेको उनको गुनासो छ।  

चियाखेतीले अहिले ल्वाङलाई आत्मनिर्भर हुने एउटा राम्रो माध्यम पनि बनाइदिएको छ। चियाबारीले जति धेरै पर्यटक लोभ्याउँदै जान्छ त्यति नै आयआर्जनको माध्यम पनि बन्दै गएको छ।  

गाउँमा पर्यटक भित्रिन थालेसँगै घरघरमा होमस्टे बनाएर पर्यटक भित्र्याउन स्थानीय सफल भएका छन्। अहिले उक्त गाउँमा ल्वाङ सामुदायिक होमस्टे पनि सञ्चालनमा छ। गुरुङ परम्पराअनुसार पाहुनालाई फुलमाला लगाएर स्वागत गरेसँगै सुन्दर गाउँमा पर्यटक रमाउने गरेको होमस्टेका सचिव तीर्थ गुरुङले बताए।  

उनका अनुसार २१ वटा घरमा होमस्टे सञ्चालनमा छन् र यहाँ दुई सय ५० देखि तीन सय जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिन्छ। होमस्टेको २०२१ सालको तथ्याङ्कमा ११ हजार दुई सय १६ आन्तरिक र बाह्य १८ जना पर्यटकले भ्रमण गरेका उल्लेख छ। कोरोनाका कारण सुस्ताए पनि अब विस्तारै पर्यटक भित्रिँदै जाने विश्वास गुरुङको छ।  

ल्वाङमा करिब ६० घर गुरुङ समुदायका छन्। मिलेको बस्ती, सुन्दर चियाबारीका कारण उक्त ठाउँमा फिल्म एवं म्युजिक भिडियो सुटिङ गर्न तथा कवि एवं साहित्यकारले आफ्ना सिर्जना प्रस्तुत गर्न पनि यहाँ पुग्ने गरेका छन्। यहाँका स्थानीय पछिल्लो समयमा उक्त स्थानको पर्यटन प्रवद्र्धन हुँदै गएकामा खुसी भएका छन्।
अर्को समाचार
माछापुच्छे अलैँची जोनको अनुगमन
१९ कार्तिक २०७९
•
३ मिनेट पाठ
माछापुच्छे  अलैँची जोनको अनुगमन
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित अलैँची सुपरजोनको अनुगमन गरिएको छ। अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको हो।  




प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनका क्रममा प्रमुख पौडेल नगदे बाली मानिने अलैँची खेतीप्रति कृषकहरु आकर्षित भएर खेती विस्तारमा लागेको बताए।  

'माछापुच्छ्रे वासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ', उनले भने, 'सेपिलो जग्गामा हुने अलैँची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो देखियो।' खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले अलैँची खेतीतर्फ स्थानीयको आकर्षण बढेको बताउनुभयो यस क्षेत्रलाई अलैँची गाउँका रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वय इकाइ कास्कीका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडाहरुमा अलैँची खेती अनुदान कार्यक्रम सञ्चालन गरिएको र यसबाट प्रतिफल पनि राम्रो पाइएको बताए। उनले भने, 'माछापुच्छ्रेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरु यसखेतीबाट लाभान्वित भएको पायौँ, व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गर्नुभएको छ।'

उनले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र  क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैँची सुकाउने आधुनिक भट्टी निर्माण, यन्त्र उपकरण, नर्सरी, अलैँचीको बेर्ना लगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिए। अनुगमनका क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नु परेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यता, अलैँची बाली कटान त्यस पूर्वका कार्यका लागि स्थानीय कामदारको अभावलगायत समस्याहरु कृषकले सुनाएका थिए। यस कार्यक्रमले कृषकहरुलाई अलैँची खेतीतर्फ आकर्षित गरेको उनको भनाइ छ ।  

परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठका अनुसार  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ६, ७, ८ र मादी गाउँपालिका–  १, २, ३, ८, १० र ११ त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१, ३, ४, ७, १० र  ११, पोखरा महानगर–१६ र १९ मा अलैँची जोनका लागि कार्यक्रम सञ्चालन गरिएको छ।  

कोलेलीमा करिब ७० रोपनी जग्गामा अलैँची खेती गर्नुभएका ज्योति अग्र्यानिक कृषि फार्मका सञ्चालक नरेशराज लामिछानेले अहिले यस क्षेत्रका स्थानीय अलैँची खेतीबाट निकै उत्साहित र लाभान्वित भएको बताए। रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु हुने, खेर गएको जग्गामा खेती गर्न सकिने र नगदे बाली भएकाले आयआर्जनको राम्रो माध्यम बनेको उनको भनाइ छ। 

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।  

उनले अघिल्लो वर्ष प्रतिकेजी रु एक हजार एक सयमा बिक्री गरिएकामा अहिले आठ सयप्रति केजी रहेको र कृषकले उचित मूल्य कुरेर बसेको बताए। उनले अलैँचीको अन्तर्राष्ट्रिय बजार भएकाले यसको मूल्य सूची घटबढ भइरहने जानकारी दिए। पौडेललेका अनुसार उक्त क्षेत्रमा वार्षिक १५/१६ हजार केजी अलैँची उत्पादन हुने र करिब डेढ करोडको अलैँचीबाट आम्दानी गर्न सकिने साथै बेर्नाबाट पनि थप आम्दानी हुने बताए।  रासस
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस