ओझेलमा पचाल झरना
१५ भदौ २०७९
•
३ मिनेट पाठ
ओझेलमा पचाल झरना
नेपालकै ४ सय १५ मिटर अग्लो पचाल झरना।
नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।




जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिएको पचाल झरना ४ सय १५ मिटर अग्लो छ। पचालझरना गाउँपालिका,सरकारी तथा गैरसरकारी निकायले त्यसको लम्बाइ नापेर सार्वजनिक गरिसकेका छन्।

यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरना भन्दा कालिकोटको पचाल झरना थप ५० मिटर अग्लो छ। तर, पर्यटन बोर्डले यस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरेको छैन।  

कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पचाल झरना गाउँपालिका—३ खाद्रुमा रहेको छ। सदरमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र एक दिन पैदलयात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ। बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको छ। तर, यसको उचित  प्रचारप्रसार हुन नसकेको स्थानीय भिम आचार्यले बताए।

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्ला,अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ। दुई वर्ष अगाडि गाउँपालिकाले आधिकारिक रूपमा गरेको सर्वेक्षणमा पचाल झरना खसेको ठाँउदेखि सिधै तल ठोक्किएको ठाँउसम्म ३ सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा ४ सय १५ मिटर अग्लो रहेको प्रमाणित गरेको छ।

स्थानीय सिवराज सेजुवालले पटक पटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिएको झरनाको पर्यटन बोर्डमा अभिलेख समेत नहुनु दुःखद भएको बताए। यो ऐतिहासिक झरनाको संरक्षण,विकास र प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उनले बताए।  

पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ। स्थानीका अनुसार यो झरनाको बीचमा ठूलाठूला गुफाहरू पनि छन्। यहाँका विद्यालयहरूले शैक्षिक भ्रमणमा यही झरनाको अवलोकन गराउने गरेको छ।  

सरकारको सय गन्तव्य भित्र परेको झरना  यस अघि मुलुकका नयाँ सय गन्तव्यहरू भनेर सार्वजनिक गरेका गन्तव्यहरूको सूचीमा यस झरनालाई पनि समावेश गरेको थियो। त्यसपछि यहाँका नागरिकमा उत्साह छाएको थियो।  

गाउँ पालिकाका निर्वतमा अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाले प्राविधिकसहितको टोली खटाएर झरनाको नापनक्सा गरी नेपालकै अग्लो झरना भएको दाबीसहित संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन पहल गरेको बताए।

गाउँपालिकाले पचाल झरना सम्म पुग्नको लागि निर्माण गरिएको पैदलमार्ग,होमस्टे र सुचना केन्द्रको लागि संघ,प्रदेश र स्थानिय तहले हाल सम्म ९० लाख खर्च गरिसकेको पचालझरना गाउँपालिकाका सुचना अधिकृत प्रकाश कठायतले बताए। उन भने ‘आर्थिक वर्ष २०७८/७९मा ३ करोड ३२ लाखमा थप कामसुरु गरिएको छ। फागुनमा सक्नेगरि मंगल स्टेलजेबि काठमाडौंले सम्झौता गरेर काम गरिरहेको हो। ’

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिक्ता दिएको भएता पनि नेपाल पर्यटन बोर्डमा अभिलेख  नराखिदा ओझेलमा परेको गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए। उनले मन्त्रालयमा पटक पटक मन्त्री फेरिदा पर्यटन बोर्डमा अभिलेख हुन नसकेको दाबि गरे।
अर्को समाचार
ओझेलमा पचाल झरना
३१ असार २०८०
•
२ मिनेट पाठ
ओझेलमा पचाल झरना
प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि कालिकोटका झरना आवश्यक प्रचारप्रसार र भौतिक संरचनाको अभावले ओझेलमा परेका छन्।




कालिकोटको पचाल झरना गाउँपालिकाको वडा नम्बर ७ र ४ मा पर्ने पर्यटकीय पचाल झरना र बयाल झरना ओझेलमा परेको हुन्।

अग्लो छाँगोबाट तलतिर खसिरहको निकै सुन्दर, आकर्षक अनि मनमोहक पचालझरना सरोकारवाला निकाय र स्थानीयको बेवास्तागर्दा ओझेलमा परेको बताइएको छ।

भिरालो परेको पाखोमा भीर पहराको सहारा लिँदै बगिरहने झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन सकिन्छ।

हिमाली जिल्ला कालिकोटमा यस्ता झरनाहरु थुप्रै छन्। कतिपय झरनाहरु वर्षामा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन्। त्यहीमध्येको एक हो, पचालझरना पनि। झरनाको बारेमा जानकारी पाउनेहरु सायद धेरै होलान्।

घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ। झरना नजिक मानव बस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन रहेको स्थानीयको भनाइ छ। पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा पुगेर रमाउन भन्दै पर्यटकहरु धेरै जाने गरेका छन्।  

झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु झरनामा जाने गरेका छन्। सडक नपुगेको हँदा त्यहाँ पुग्न समस्या पनी थपिने गरेको छ।

गर्मी छल्न समेत मानिसहरु झरनामा जाने गरेको स्थानीयवासी बताउँछन्। पचालझरनाको नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ। गाउँपालिको एकमात्र पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने पचालझरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ। पर्यटकीय सम्भावना बोकेको यस ३ सय ८१ मिटर लामो छ । झरनामा पर्यटक लक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा गाउँपालिकाको पर्यटन प्रवर्द्धन हुने देखिन्छ।

पचालझरना गाउँपालिकाभित्र रहेको बहेल झरना पनी ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरु थुप्रै छन्। पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना हाे।

कालिकोट र बाजुराको सिमा क्षेत्रमा पर्ने झरनाको पर्यटन प्रवर्द्धन गर्नका लागि आउँदो वर्ष आवश्यक बजेट विनियोजन गरेर पर्यटकलक्षित भौतिक पूर्वाधारका संरचनाहरु बनाइने गाउँपालिकाका सूचना अधिकारी प्रकास कठायतले बताए। 

पर्यटक आकर्षणको सम्भावना बोकेका यी दुई झरनाको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न आवश्यक संरचनाहरु बनाउनुपर्ने स्थानीयवासीको माग छ। पचालझरना गाउँपालिकाले पचालझरना सम्म पुग्न पैदल मार्ग, होमस्टे निर्माण गरेको गाउँपालिकाले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस