केही बर्ष यता हरितालिका तीज साझा पर्वकारुपमा बिकसित हुदै आएको छ। पहाडिया समुदायले मात्र मनाउने मान्यतालाई तोडदै यहाका मधेसी, मुस्लिम दलित समुदायका महिलाहरु समेत तिज रमाइले गरी मनाउन थालेका छन।
पडाडीया समुदायको बाहुल्यता रहेको उत्तरी भेगमा तिजको रौनक छट्टै हुन्छ। तर केह बर्ष यता मधेसीहरुको बाहुल्यता रहेको दक्षिणी भेगमा समेत तीज हर्षोल्लासका साथ मनाउन थालिएको छ। कृष्णनगर, तौलिहवा, लवनी पकडी लगायतका स्थानमा समेत तीज मनाईएका छन।
यसैक्रममाा कपिलवस्तु नगरपालिका– ३ गौढी चोक की कनिज फातमा हरितालिका तीजमा सामुहिक दर खाई कम्मर मर्काईमर्काइ नाचिन। एक साता देखि तिजको कार्यक्रममा सरिक हुदै आएकी छिन। तिजको दिन रातो साडीमा सजिएकी उनी २ घन्टा सम्म नाचिन। सामुहिक दर खाने कार्यक्रममा निकै रमाएकी एकल महिला फातमाले आफुले निकै रमाईदो गरी तीज मनाएको बताईन।
आफु मुस्लिम समुदायको भए पनि सबै मिलेर तीजमा रमाईलो गर्न पाउदा निकै खुशी लागेको उनले बताईन। ‘तीज हिन्दुहरुको मात्र होईन सबै महिलाहरुको चाड हो, यसमा रमाउनु पर्छ ’ उनले भनिन। यस्तै जिल्ला समन्वय समितिकी की पुर्व सदस्य कुन्ती पासी माहुरी होमले तौलिहवामा गत शुक्रवार राखेको तीज गीत प्रतियोगीतामा धिज मर्ने गरी नाचिन। ढेड सय बढी महिलाहरुसंग सामुहिक नाचगान र दर खान पाउदा आफु दंग परेको उनले बताईन। ‘ बिना कुनै भेदभाव सबै महिलाहरुसंग सामुहिक दर खान पाउदा निकै रमाइलो लाग्यो ’ उनले खुशी हुदै भनिन ‘ कार्यक्रममा सहभागी भए पछि धेरै खुशी लागेको छ ’।
कार्यक्रममा सहभागी भएकी कपिलवस्तु नगरपालिकाकी उप प्रमुख सुनिता गुप्ताले केही बर्षयता तिज समाबेशी पर्व बन्र्दै गएको बताईन। केही बर्ष अघि सम्म पहाडी मुलका महिलाहरुले मात्र मनाउने गरिएको तीज अहिले मुस्लिम, जनजाति, मधेसीहरुले समते मनाउन थालेको उनले बताईन। ‘
जिल्लाको दक्षिणी भेगमा तिजको कुनै रौनह हुन्थेन, तर केही बर्षयता तीजमा मधेसी मुस्लिम दलीतहरुले समेत मनाउन थालेका छन ’ उनले भनिन ‘ तीज कुनै बिशेष बर्गको मात्र चाड रहने, यो समाबेशी पर्व बन्दै गएको छ।' पहाडी समुदायको बाहुल्यता रहेको उत्तरी भेगका सीमित रहेको तीज जिल्लाको दक्षिणीभेगमा समेत गुन्जीन थालेको लुम्बिनी प्रदेश राज्य मन्त्री रिना नेपालले बताईन।
सदरमुकाम तौलिहवामा मात्र बिभिन्न गैर सरकारी संस्था, महिला अगुवाहरुले एक दर्जन बढी सामुहिक दर खाने खाने कार्यक्रम संपन्न गरेका छन। ती कार्यक्रममा मधेसी, मुस्लिम जनजातिहरुको समेत सहभागी भएको नेपालले बताईन।
‘तीज समाबेशी पर्व बन्दै गएको छ, जसले गर्दा सामाजिक सदभाव समते बढेको छ ’ उनले भनिन। अधिकारकर्मी रबि ठाकुरले दक्षिणीभेगमा तीजको रौनक बढनु निकै राम्रो कुरा भएको बताए। ‘ हरेक समुदायका महिला कार्यक्रममा सहभागी भएकाले तीजले सकारात्मक प्रभाव पारेको छ ’ उनले भने।
नेपाल महिला संघकी अध्यक्ष मीना केसीले तीज पर्व सबैको साझा पर्वर्कारुमपा विकसित हुदै गएको बताईन। शनिवार संघले तौलिहावमा हरितालिका तीजको अवसरमार राखेको सामुहियक दर खानेका कार्यक्रममा सबै जात जाति, महिला पुरुषले रमाईलो गरी मनाएको बताईन।
तीजमा तडकफडक बढको र सामाजिक संजालमा रमाईलोको नाममा समेत जथाभावी गरिएको प्रति भने उनले चिन्ता ब्यक्त गरिन ।
पहाडी सुमदायले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको साझा पर्व बन्दै गएको छ ।
हिन्दू पहाडीया समुदायका महिलाले मात्र मनाउने तीज अहिले हिन्दू मधेसी महिला, मुस्लिम महिला, जनजाति महिलाले समेत उल्लासका साथ मनाउन थालेका छन् ।
सबै समुदायले मनाउन थाले पछि तीज समावेशी पर्वका रुपमा विकसित हुदै आएको छ । जीवन विज्ञान प्रयोगशाला तौलिहवाकी प्रमुख कमला भण्डारीले पछिल्लो समय तीज हरेक समुदायका महिला माझ लोकप्रिय बन्दै गएको बताइन ।
आफनो संस्थाले राखेको तीज मिलन र सामुहिक दर खाने कार्यक्रममा मधेसी, जनजाति र मुस्लिम समुदायको सहभागीता रहेको बताईन । उनले तीज साझा र समावेशी पर्व बनेको उनको भनाइ छ । कपिलवस्तु नगरपालिका– ३ गौढी चोक की कनिज फातमा हरितालिका तीजमा सामुहिक दर खाई कम्मर मर्काईमर्काइ नाचिँन ।
उनी एक सातादेखि तीजको कार्यक्रममा सरिक हुदै आएकी छिन । तीजको दिन रातो साडीमा सजिएकी उनी २ घन्टा सम्म नाचिँन । सामूहिक दर खाने कार्यक्रममा निकै रमाएकी एकल महिला फातमाले आफूले निकै रमाईदो गरी तीज मनाएको बताइन ।
मुस्लिम समुदायको भए पनि सबै मिलेर तीजमा रमाईलो गर्न पाउदा निकै खुशी लागेको अनुभव उनको छ। ‘तीज हिन्दूको मात्र होईन सबै महिलाको चाड हो, यसमा रमाउनु पर्छ ’ उनले भनिन । यस्तै लुम्बिनी प्रदेशकी पूर्वसदस्य रीना नेपालले तीज अहिले हरेक समुदायको महिलाको सहभागीता रहेको बताईन । जिल्लाको दक्षिणी भेगका मधेसी र दलित महिलासमेत तीजमा रमाउन थालेको उनले बताइन ।
‘बिना कुनै भेदभाव सबै महिलासँग सामूहिक दर खान थालिएको छ,’ उनले भनिन ।
कार्यक्रममा सहभागी भएकी बुद्धभूमि नगरपालिकाकी उपप्रमुख मीरा थारुले केही वर्षयता तीज समावेशी पर्व बन्दै गएको बताईन । केही वर्ष अघिसम्म पहाडी मुलका महिलाले मात्र मनाउने तीज अहिले मुस्लिम, जनजाति, मधेसीलेसमेत मनाउन थालेको उनको भनाइ छ।
पहाडी समुदायको बाहुल्यता रहेको उत्तरी भेगका सीमित तीज जिल्लाको दक्षिणी भेगमा पनि गुञ्जिन थालेको महिला अगुवा माधुरी श्रेष्ठले बताईन । सदरमुकाम तौलिहवामा मात्र विभिन्न गैर सरकारी संस्था, महिला अगुवाले एक दर्जनभन्दा बढी सामूहिक दर खाने खाने कार्यक्रम सम्पन्न गरेका छन । ती कार्यक्रममा मधेसी, मुस्लिम जनजातिको समेत सहभागी भएको श्रेष्ठले बताईन ।
‘तीज समावेशी पर्व बन्दै गएको छ, जसले गर्दा सामाजिक सदभाव समेत बढेको छ’ उनले भनिन । कांग्रेस जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले दक्षिणीभेगमा तीजको रौनक बढनु निकै राम्रो कुरा भएको बताए ।
उनले भने, ‘हरेक समुदायका महिला कार्यक्रममा सहभागी भएकाले तीजले सकारात्मक प्रभाव पारेको छ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...