दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आउँदै गरेको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको छ।
जीप दुर्घटनामा जीपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको पांच जनाको घतनास्थलमै ज्यान गएको र अन्य ५ जना घाईते भएको स्थानीय प्रत्यक्षदर्शी गणेश सिंह धामीले बताएका छन्।
अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको प्रहरुले जनाएको छ। अहिले प्रहरी र स्थानीयहरु द्वारा उद्धारको कार्य चलिरहेकोले घटनाको क्षतिबारे एकिन विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रत्क्षदर्शीहरुका अनुसार एक महिलासहित पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। थप विवरण प्राप्त हुने क्रममा रहेको छ। मृतकहरुको सनाखत बारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।