दुई जनाको जंगली जनावरका कारण मृत्युभएपछि स्थानीय रत्न राजमार्ग अवरुद्ध गरेका छन्। जनावरले खाएको अवस्थामा दुई जनाको शव भेटिएपछि बबईमा स्थानीयले उचित क्षतिपूर्तीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।
भेरीगंगा नगरपालिका –५ गेरवानी जंगलमा घाँस काट्ने क्रममा रामबहादुर चन्द र कवि ओलीको मृत्यु भएको थियो। स्थानीयले सोमवार विहानदेखी राजमार्ग बन्द गरेको र खुलाउने प्रयास भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बताए।
उचित क्षतिपूर्ती दिनुपर्ने, मानविय क्षति पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने र मध्यवर्ती क्षेत्रको खारेजी गर्नुपर्ने मागहरु राखेर राजमार्ग बन्द गरिएको जनाईएको छ। राजमार्ग अवरुद्ध हुँदा कर्णाली प्रदेश छिर्ने यात्रुहरु अलपत्र परेका छन्। समयमा गन्तब्य पुग्न नसक्दा यात्रीहरुले बबईमा सास्ती खेप्नुपरेको छ। छिन्चु ईलाका प्रहरी कार्यालयमा घटनाको बारेमा मृत्तकका आफन्तहरु छलफलमा जुटेका छन्। राजमार्ग बन्द खुलाउने विषयमा आफन्तसंग छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए।