मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत
२८ साउन २०७९
•
२ मिनेट पाठ
मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत
जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम)र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई_ बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ।  




पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन्।

फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन्। सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण  हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताए। उनले  भने, 'नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक हो, हामीले जलवायु परिवर्तन निम्त्याउने कुनै काम गरेका छैनौँ, तर औद्योगिक मुलुकको गतिविधिबाट हामीले मार खेप्नुपरेको छ।'

महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए।

जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाए। उनले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो। मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिकबीच अनुभव आदान–प्रदान गरिएको थियो।

अध्ययनकै क्रममा शुक्रबार नेपाली टोलीले विश्वमा मौसम पूर्वानुमानका क्षेत्रमा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भइसालाको अवलोकन गर्नुका साथै नेपाललाई आवश्यक पर्ने मौसम अवलोकन उपकरण उपलब्धतामा सहजीकरण गर्न आग्रह गरेको थियो । अध्ययन टोलीमा मन्त्री भुसाल, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीलगायतको सहभागिता छl
अर्को समाचार
जलवायु परिवर्तनको असर : पृथ्वीको घुम्ने गति नै प्रभावित
२४ चैत्र २०८०
•
४ मिनेट पाठ
जलवायु परिवर्तनको असर : पृथ्वीको घुम्ने गति नै प्रभावित
ध्रुवीय हिउँ पग्लदा ठुलो पिण्ड भूमध्यरेखातर्फ प्रवाहित हुँदा पृथ्वीको परिक्रमा गतिसमेत प्रभावित भएको छ। तस्बिर: गेटी इमेज
ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ।




अध्ययनअनुसार जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा ग्रिनल्यान्ड र अन्टार्कटिकामा हिउँको तह तीव्र रूपमा पग्लिन गई ठुलो पिण्ड (मास) पृथ्वीको मध्यभागतर्फ सरेको देखिएको छ।

पृथ्वीको गुरुत्वाकार्षण मापन गर्ने उपग्रहहरूले उपलब्ध गराएको तथ्यांकले सन् १९९० यता यो प्रक्रियाले तीव्रता पाएको छ। वैज्ञानिक जर्नल ‘नेचर’मा गत साता प्रकाशित प्रतिवेदनअनुसार मध्यभागतर्फ प्रवाह भएको यो पिण्डले सूर्यवरिपरि घुम्ने पृथ्वीको गतिलाई समेत ढिलो पारेको छ।

‘विश्वको तापमान वृद्धिले हाम्रो समय निर्धारण प्रक्रियालाई पनि असर पारिसकेको छ’, नेचर जर्नलमा उल्लेख छ। क्यालिफोर्निया विश्वविद्यालयको ‘स्क्रिप्स इन्स्टिच्युसन अफ ओसियोनोग्राफी’का भूगर्भ–भौतिककशास्त्री तथा अध्ययन टोली प्रमुख डन्कन एग्न्युका अनुसार यो प्रक्रियाले अन्तर्राष्ट्रिय रूपमा समय मापन गरिने तौरतरिका (स्टान्डर्ड) लाई समेत प्रभावित पार्ने देखिएको छ।

परमाणुद्वारा उत्सर्जित प्रकाशको आवृत्ति (फ्रिक्वेन्सी) का आधारमा निर्माण गरिएको ‘एटोमिक’ घडीका आधारमा अन्तर्राष्ट्रिय समय निर्धारण गरिन्छ। विभिन्न कारणले समय–समयमा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति फरक हुँदा एटोमिक घडीको समयलाई नियमित रूपमा खगोलीय समयसँग समायोजन गरिएको छ।

एटोमिक घडीलाई समय–समयमा समायोजन गर्नुपर्ने आवश्यकताकै कारण सन् १९७२ मा ‘लिप सेकेन्ड’ अवधारणको जन्म भएको थियो। समन्वित विश्व समय (युटिसी) लाई बेलाबेलामा समायोजन गर्दा मिलान गरिएको सेकेन्डलाई अधिक अथवा लिप सेकेन्ड भनिन्छ। अन्तर्राष्ट्रिय समय निर्धारणकर्ताले सन् १९७२ यता २७ लिप सेकेन्ड थपिसकेका छन्। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रेफरेन्स सिस्टम सर्भिस’ले लिप सेकेन्डको घोषणा गर्छ।

सूर्य र चन्द्रमाको गुरुत्वाकर्षणले आफूतिर तान्ने भएकाले पृथ्वीको आफ्नै कक्षमा परिक्रमा गर्ने प्रक्रिया त्यति सहज हुँदैन। पृथ्वीको आफ्नै गर्भभित्र रहेको तातो तरल पदार्थले घुम्ने गतिमा हुने परिवर्तन, समुद्रको पिँध र समुद्रको पानीको बीच हुने घर्षण, पृथ्वीको सतहमा रहेको पिण्डको परिवर्तनले यो प्रक्रियालाई प्रत्यक्ष प्रभाव पार्छ।

यसैगरी कतिपय अवस्थामा भूकम्पले समेत पृथ्वीको घुम्ने प्रक्रियालाई प्रभावित गरेको पाइएको छ। अध्ययनको नेतृत्व गरेका भूगर्भ–भौतिककशास्त्री एग्न्युका अनुसार सन् २००४ मा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पले जमिनको सतहलाई परिवर्तन गरिदिँदा पृथ्वीको घुम्ने गति केही छिटो भएको थियो।

भूकम्पले पारेको प्रभाव भन्दा हिउँको तह पग्लिँदा बढीे प्रभाव देखिनुलाई एग्न्युले आश्चर्यजनक मानेका छन्। ‘भूकम्पले पारेको प्रभावभन्दा मानवजातिले गरेको गतिविधिका कारण पृथ्वीको परिक्रमा गति धेरै प्रभावित भएको देखिएको छ’, उनले अध्ययन प्रतिवेदनमा भनेका छन्।

त्यसो त लिप सेकेन्ड थपिने प्रक्रिया नियमित समयसारिणीमा नहुने र आवश्यकता परेको अवस्थामा गरिने भएकाले समय मापन विज्ञले अझैं पनि यो प्रक्रिया र प्रणालीलाई त्यति रुचिकर मान्दैनन्। वित्तीय बजार र भू–उपग्रहमा आधारित ‘नेभिगेसन’ प्रणाली सटिक समयमा निर्भर रहनुपर्ने हुँदा उनीहरूले आफ्नै हिसाबले लिप सेकेन्डलाई आत्मसात् गर्ने विधि तय गर्दै आएका छन्।

लिप सेकेन्डको हिसाब गर्दा हुने झन्झट र प्रक्रियागत जटिलताका कारणलाई लिएर सन् २०२२ मा बसेको विश्वका मापन विज्ञ तथा वैज्ञानिकहरूको एक बैठकमा लिप सेकेन्डलाई अस्वीकार गरेर बारम्बर गरिरहन नपर्ने हिसाबले त्योभन्दा अधिक समय अर्थात् एक मिनेट कायम गर्नुपर्ने पक्षमा मतदान भएको थियो।

सन् २०२६ मा हुने अर्काे बैठकले यो विषयलाई निरूपण गर्ने निर्णय भएको छ। अपेक्षा गरेभन्दा पृथ्वीको गति ढिलो भएकाले अब त्यो विषयलाई निरूपण गर्न त्यति हतार नहुने वैज्ञानिकले बताएकाछन्।

भूगर्भ–भौतिकशास्त्री एग्न्यु वर्तमान अवस्थामा समयलाई समायोजन गर्नुपर्ने आवश्यकता केही वर्ष अर्थात् सन् २०२६ देखि २०२९ सम्मका लागि पर धकेलिएको ठान्छन्। उनका अनुसार हाल पृथ्वीको परिक्रमा गति (खगोलीय समय) र एटोमिक घडीले दिने समयमा झन्डै मिलन (सिन्क्रोनाइज) देखिएको छ। तर यो अवस्था क्षणिक रहेको उनको तर्क छ।

जलवायु परिवर्तनले समय निर्धारण प्रक्रियामा समेत प्रभाव पारेको सन्दर्भमा विश्वलाई जलवायु कार्यमा थप प्रेरित गर्नुपर्ने उनी ठान्छन्। हिउँ पग्लने दर ३० वर्षअघिकोे तुलनामा ५ गुणाले बढेको वैज्ञानिक अध्ययनले देखाएका छन्। ‘यो अध्ययनले जलवायु परिवर्तन कति ठूलो चुनौती हो भन्ने प्रष्ट भएको छ,’ एग्न्युले प्रतिवेदनमा भनेका छन्।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस