ठेचोको १२ वर्षे जात्रा: जुन सुरु भएपछि भोज, विहे अनि व्रतबन्ध निषेध हुन्छ
२७ साउन २०७९
•
७ मिनेट पाठ
ठेचोको १२ वर्षे जात्रा: जुन सुरु भएपछि भोज, विहे अनि व्रतबन्ध निषेध हुन्छ
ललितपुरको गोदावरवी नगरपालिका वडा नं १२ ठेचोको नवदुर्गा भवानी देवी नाच सुरू भएको छ। १२ वर्षमा एकचोटी हुने नाच १२ वर्षपछि यो वर्ष सुरु भएको हो। जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ।




२०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ। मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ। अन्य बर्षहरुमा ३ सय ६४ दिन नै खुल्ला राख्ने परम्परा छ। यसरी लगाएको ताल्चा अब यही भाद्र ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिनेछ।  

जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोजभटेर, विहे, व्रतबन्ध निषेध हुन्छ। पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन।  

नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन। नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ। यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ। धुःखःनामक नाच फागुन/चैत तिर हुने गर्दछ।  

नवदुर्गा नाचमा १३ देवगण छन्। भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव। नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन्। परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ। देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ। इन्द्रायणी देवीको भने नृत्य गराइदैन। श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ। प्राय श्वेत भैरव नाच दसै पछिसाईत हेरी नचाउदै आएको पाइन्छ।  

यो नाच पाटन दरवार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ। भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ।  

वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त मालीजात प्रख्यात गरेको’ उल्लेख छ। राजा मानदेवको पालामा मू छेआँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ। जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो। रातभरी यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरी देवता प्रतिष्ठापन गर्ने गरिन्छ। 

नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिनल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव कालीबाराही ३ जनाले फुलको मालालगाई पाटनको मूल चाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकै छ।’  

ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन्। तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन्। जुन गुठीहरुले माथिल्लो लाछी र तल्लो लाछीमा भिन्नभिन्न वा ःखनामक नाच देखाउदा सम्पूर्ण पुजा सामाग्री दिने गर्दछ।

१२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाकाबाट  मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ। उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली छन्। यसमा आर्थिक संयोजक धर्मराज माली, प्रचार प्रसार संयोजक विकास माली र स्वयेमसेवक संयोजक राजन्द्र माली रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ।  

१२ वर्षे जात्रा सञ्चालन गर्न गठित मुल व्यवस्थापन समितिका संयोजक एवं गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले समितिका सदस्इहरुका रुपमा गुठी संस्थान ललितपुर शाखाका कार्यालयका प्रतिनिधि, ठेचो तःगुठीका नाइके पुष्पनारायण महर्जन, पूर्णी गुठीका ज्ञानबहादुर महर्जन, चह्रे गुठीका बसन्तकुमार महर्जन, मूः गुठीका मिलन महर्जन, न्हेय्स गुठीका रामगोपाल महर्जन, कोना गुठीका प्रतिनिधि छन्। 

त्यस्तै ठेचो सांस्कृति बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जन, गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगनाथ महर्जन, नव सुर्योदय युवा क्लबका अध्यक्ष महेन्द्र माली, नवदुर्गा धिमे पुचःका अध्यक्ष राज माली, नवदुर्गा टोल सुधार समितिका अध्यक्ष रत्नबहादुर माली, ठेचो सहकारी समन्वय समितिका अध्यक्ष चन्द्रगोविन्द महर्जन, महानगर प्रहरी वृत चपागाउँका प्रतिनिधि छन्। साथै ठेचो मिसाधिमे पुचःका अध्यक्ष नग्मा माली, साविक ठेचो गाविस अध्यक्ष हरिराम महर्जन, स्थानीय समाजसेवी सानु महर्जन, राजेन्द्र माली, विकास माली, हिरा माली, सञ्जु माली महर्जन, सानदेवी माली छन्। 

सल्लाकारमा ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, सांसदद्धय राजकाजी महर्जन, दिपेश महर्जन र नवदुर्गा भवानी देवी गुठीका सल्लाकार सुर्य माली छन्। नवदुर्गा भवानी देवी गुठीका अध्यक्ष धर्मराज मालीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ। त्यस्तै राजेन्द्र मालीको संयोजकत्वमा स्वय्म सेवक उपसमिति गठन गरिएको छ  भने विकास मालीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ। प्रचारप्रसार समितिका सदस्यहरुमा नविन थेचोमी, नन्द महर्जन, नरेश महर्जन, कल्पना महर्जन, पशुपति बुढाथोकी र राजु बस्नेत छन्।

नेपालका प्रसिद्ध नाचहरूमध्ये ललितपुर गोदावरवी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको यो नाच पनि एक हो। यसबाहेक नेपाल मण्डलमा काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव नाच, नरदेवी नाच, देवी नाच, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको निलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी नाच र खोकनाको रूद्रायणी नाच प्रख्यात छन्। प्रत्येक नाचको १२ वर्षे जात्राको आ–आफ्नो विषेशता छन्।  

नवदुर्गा नाचको पनि छुट्टै विषेशता छ। नवदुर्गा नाचको १२ वर्षे जात्रा त्यसपछि राष्ट्रप्रमुखलाई नवदुर्गा गुठीयारकोतर्फबाट सुपारी चढाउन पुग्छन्। अनि क्रमशःअन्य पर्वपूजाहरु सुरु हुन्छ। १२वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्छ, जसमा कुल्पी यज्ञ, पाटन दरवार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउ बुङमतीमा नृत्य प्रस्तुत गराइन्छ। त्यसै साविक दलचोकीमा आग सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउने, श्वेत भैरवको नृत्य गराउने चलनलगायतका २८ पर्व रहेको छ।  

१२ वर्षभरि गरिने पूजापाठका लागि ७६ लाख ४३ हजार एक सय ५० बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। यसका लागि गोदावरी नगरपालिकाबाट ५० लाख रुपैया बजेट व्यवस्थापन गरिदिको छ। नगरपालिकाले बजेट विनियोजित नगरेको भए जात्रा सञ्चालन गर्न निकै मुस्किल पर्ने सरोकारवालाहरु बताउँंछन्।  

जात्राको क्रममा २८ वटा पूजाहरु ह्ुने गर्दछन्। यी पूजाहरु साउन १० गतेदेखि मंसिर २५ गते भन्दा पछाछिसम्म हुने छन्।  

१२ वर्षे जात्रामा गर्ने २८ पर्व पूजाहरू:

पर्व पुजाहरु गते

१ गथामुगपुजा

साउन १०  

२ नवदुर्गा मन्दिर मूल ढोकामाताल्चालगाउन साउन १० राति

३ छाप्रो बनाउन दिन हेरेर

४ ताल्चाखोल्न भदौ ९ गते विहान

५ पञ्चदान भदौ ९ गते  

६ छाप्रोमानाथ गुरु स्थापनागन साईत हेरेर

७ नवदुर्गा गणको नयाँ मुकुट बनाउने भईरहेको छ

८ आँग सिं लिनजाने साईत हेरेर

९ देवगणहरुद्धारा जललिनजान साईत हेरेर

१० देवगणहरुद्धारा देवतालिनजाने  साईत हेरेर

११ खिसीलिने (मन्दिर भित्रगरिने अन्तरिक पूजा ) साईत हेरेर

१२ धागसीलिनजाने ( मन्दिर भित्रगरिने अन्तरिक पूजा ) साईत हेरेर

१३ सुनाकोठीमा होम गन असोज १६ गते राति

१४ दसैमाजाग्राम बस्ने असोज १८ गते

१५ दसैमा पाटन दरवार क्षेत्रमा नृत्य प्रस्तुत तथा मानमानेश्वरी देवीलाई फूलमाला चढाउने र पटुको टोलमा नृत्य असोज १९

१६ दसैमा  सुनाकोठीमा नृत्य प्रस्तुत असोज २० गते

१७ दसैमा ठेचोमा नृत्य प्रस्तुत असोज २० गते

१८ कोजाग्रत पूर्णिमा असोज २२ र २३ गते

१९ देश भोज असोज २४ गते

२० आँग ख नाच ( श्वेत भैरव नाच देखाउने) साईत हेरेर

२१ ठेचो तल्लो लाछीमा बाःखनाच देखाउन साईत हेरेर

२२ ठेचो माथिल्लो लाछीमा बाःखनाच देखाउने साईत हेरेर

२३ सुनाकोठीमा बाःखनाच देखाउने साईत हेरेर

२४ योमरीपुन्हीमामनाइने ठेचो जात्रा मंसिर २२ र २३ गते

२५ बुंगमतीमा नृत्य प्रस्तुत मंसिर २३ र २४ गते

२६ बुंगमतीमा नृत्य प्रश्चात ठेचोमा प्रसाद ग्रहण मंसिर २५ गते

२७ पाथतोनिगु दिन हेरेर

२८ ठेचामाधुखःनाच साईत हेरेर
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस