ज्येष्ठ नागरिकलाई १० हजार भत्ता
२५ साउन २०७९
•
१ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई  १० हजार भत्ता
ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले  १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो।  




उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, 'यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ।' महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी  १० हजार दिने भएको महर्जनले जानकारी बताए। लपुमहानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ।

यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले बताए। महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ। 'महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन्। यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ। प्लेट जडान सम्पन्न भएसँगै हामीले जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ', उनले भने, 'यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौँ।'
अर्को समाचार
राप्रपा घोषणापत्रः सुत्केरीलाई तीन हजार भत्ता १२ सम्म निःशुल्क शिक्षा
०८ वैशाख २०७९
•
५ मिनेट पाठ
राप्रपा घोषणापत्रः सुत्केरीलाई तीन हजार भत्ता १२ सम्म निःशुल्क शिक्षा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गर्दै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माणलगायत साधनस्रोत परिचालन र रोजगारी सिर्जनालाई प्राथमिकता दिने र ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने जनाएको छ।




बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा घोषणापत्र जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक, उत्पीडित, अल्पसंख्यक, किसान, मजदुर र उद्यमीलगायत सबै वर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजीविकाको संरक्षणका लागि सहज वातावरण सिर्जना गर्ने बताए।

राप्रपाले कक्षा १२ सम्म निःशुल्क, विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, भ्रष्टाचारमुक्त स्थानीय तह, निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रूपैयाँ मासिक भत्ता, सार्वजनिक स्थलमा फ्री वाइफाई, ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा र स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौतीलगायतलाई घोषणापत्रमा समेटेको छ।

सुशासनका निम्ति राप्रपाले जनतालाई निष्पक्ष र छिटोछरितो सेवा, निर्वाचन जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गर्न जोड दिने घोषणापत्रमा उल्लेख गरेको छ।

त्यस्तै शिक्षाका निम्ति सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय, प्रारम्भिक बालविकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता, गरिबीको रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समूहका न्यूनतम एकएक प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र (एमबिबिएस) र इन्जिनियरिङ (स्नातक) तह अध्ययन गर्न छात्रवृत्ति, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण, विद्यालयमा छात्रमैत्री वातावरण निर्माण, लागुऔषधविरुद्ध नियमित रूपमा अभियान सञ्चालन, प्रत्येक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था, बेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना, प्राथमिक तहसम्म स्थानीय मातृभाषामा शिक्षा र फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्यको विषयमा हरेक वडामा स्वास्थ्य चौकी र निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम, स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, सिक्कलसेल र एनिमियाजस्ता रोगका बिमारीलाई निःशुल्क उपचार, क्यान्सर, मिर्गाैला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप र प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुलभ औषधि पसलको व्यवस्था समेटिएको छ।

कृषि तथा पशुका निम्ति कृषि उद्योग स्थानीय रोजगार प्रवद्र्धनलाई प्राथमिकता, निर्यातमूलक कृषिजन्य उत्पादन प्राथमिकता, कृषि उत्पादनको सुरक्षित भण्डारणका लागि चिस्यान भण्डार, एक वडा एक उत्पादनको अवधारणालाई प्राथमिकता, कृषिजन्य वस्तुको बजार तथा उचित मूल्य सुनिश्चित गर्न थोक तथा हाट बजारको विस्तार र व्यवस्थापन, स्थलगत निरीक्षणका आधारमा व्यावसायिक कृषि, पशुपन्छी र मत्स्यपालनलगायत खन्य कृषिजन्य व्यवसायमा अनुदान, कृषि सहकारीमार्फत उन्नत बीउबिजनको उत्पादन, प्रवद्र्धन र वितरणमा प्रोत्साहन दिने घोषणापत्रमा उल्लेख छ।

किसान उपज बेच्ने सहकारीलाई अनुदान, सामूहिक खेती गर्ने समूहलाई अनुदान, सहज र सुपथ मूल्यमा कृषि मल र आधुनिक कृषि औजारका लागि अनुदानको व्यवस्था, सामुदायिक रूपमा सतह, भूमिगत र लिफ्ट सिँचाइलाई उच्च प्राथमिकता र कृषि कार्यको विद्युत निःशुल्कमा अनुदान दिने व्यवस्था गर्ने, किसानको खेतमा बिजुली, उब्जाउ जमिन बाँझो नरहने व्यवस्था गर्ने जनाइएको छ। प्राकृतिक प्रकोप तथा जंगली जनावरबाट किसानको बालीनाली क्षति भए प्राविधिक निरीक्षण गरी क्षतिपूर्तिको व्यवस्था, कृषि तथा बाली बिमाको व्यवस्था, गाई, भैंसी, बाख्रामा निःशुल्क कृत्रिम गर्वाधरण सेवा र गाई, भैंसीमा सुत्केरी भत्ता दिने घोषणापत्रमा जनाइएको छ।

‘रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट,’ राप्रपाले घोषणापत्रमा भनेको छ, ‘महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुटको व्यवस्था गरिएको छ।’  

युवा तथा खेलकुदका विषयमा सार्वजनिक निजी साझेदारीबाट युवालक्षित उद्यम व्यवसाय प्रवद्र्धन, सामाजिक कुरीति, दुव्र्यसन, अन्धविश्वास, विभेद र असमानताविरुद्ध युवा परिचालन, आवश्यकताका आधारमा स्थानीय तहको रंगशाला, कभर्ड हल, प्रत्येक वडामा खेल मैदान, खुला व्यायामशाला निर्माण, स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षण र प्रोत्साहन, विदेशमा रहेका नेपाली कामदार युवाहरूलाई स्वदेश फर्कन उत्प्रेरित गर्ने र उनीहरूको सीप तथा दक्षताको आधारमा आफ्नै स्थानीय तहमा उद्यम गर्न वातावरण निर्माण गर्ने, सहुलियतमा ऋण प्रदान गर्ने र निश्चित समयको लागि कर छुटको व्यवस्था गर्ने घोषणापत्रमा समेटिएको छ।

घोषणापत्रमा भौतिक संरचना, सामाजिक, महिला र रोजगारको निम्ति प्रत्येक घरमा बिजुली, एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना र तालिम प्राप्त युवाहरूलाई रोजगारको व्यवस्थापन गर्ने, सीप सिकेका युवाहरूलाई बिनाधितो ऋण, विपन्न परिवारका लागि परिचयपत्र र सुपथ मूल्यको पसल, सबै वडालाई सडक सञ्जालमा जोडी १२ महिना चल्ने कालोपत्रे वा ग्राभेल सडक, नगर, गाउँपालिकाको प्रत्येक वडामा बाल उद्यान, पार्क, स्थानीय, प्रदेश र केन्द्रीय तहबाट सञ्चालन हुने आयोजनाहरूमा स्थानीयहरूलाई रोजगारीमा प्राथमिकता, महिला हिंसा, दाइजो प्रथा तथा बालविवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिता दिने उल्लेख छ।

एकल तथा विदुर, शारीरिक र मानसिक रूपमा अशक्त, असहाय ज्येष्ठ नागरिकका लागि स्याहारसुसार, हेरचाह र औषधि उपचारको व्यवस्था, टुहुरा बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहको व्यवस्थाका लागि स्याहार केन्द्रहरूको स्थापना, गौशाला, गुरुकूल तथा अन्य विभिन्न धार्मिक तथा परम्परागत मान्यतामा आधारित शैक्षिक संस्थाहरूको संरक्षण, एक स्थानीय तहमा एक गौशाला निर्माण, ऐतिहासिक, पुरातात्विक र धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण र प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रोत्साहन, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा र सुविधा, भूमिहीन नागरिकहरूका लागि एकल तथा सामूहिक आवासको व्यवस्था, होमस्टे सञ्चालनका लागि तालिम, न्यूनतम एक कार्यकाल नयाँ सवारीसाधन खरिदमा रोक र फोहोरमैलाको व्यवस्थापनलगायत विषय घोषणापत्रमा समेटिएको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस