दुई वर्षको कोरोना कालपछि कपिलवस्तुमा धुमधामसँग मुहर्रम पर्व मनाइएको छ। मुस्लिमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा मंगलबार मुस्लिम र हिन्दुहरुले सँगै मनाएका हुन्।
एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधमासँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए।
जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला भर्न हजारौं श्रद्धालु भक्तजनहरु आएका थिए। यो पर्वमा हजरते इमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पूजाअर्चना गरिएको थियो। जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो।
भाकल गरी तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, सम्वृद्धि तथा मनोइच्छा पूरा हुने गरेको भक्तजनहरु बताउँछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ। यसैबीच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमता गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा बिसर्जन गरीएको थियो।
सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए। मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले खीर, बिर्यानी लगायतका परिकार वितरण गरेका थिए। इस्लाम धर्मका प्रर्वतक इमाम हुसनेको सम्झनामा यो पर्व मनाइन्छ। १४ सय वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन्।
यजिद नामक शासकविरुद्ध युद्धकाक्रममा शाहदत प्राप्त गरेका थिए। अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी सम्बत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।
यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडासहितको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ। साथै मुहर्रमका दिन तरवार, लठ्ठी नचायर, ट्युव लाइटलाई टोउकोले फुटालेर, मुखमा आगो राखेर सहासिक प्रदर्शन समेत गरिन्छ। घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर विसर्जन गरिन्छ। यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ७ पालिकाले स्थानीय बिदा दिएका थिए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...