तिथि अनुसार साउनको अन्तिम सोमबार तौलिहवास्थित प्राचीन तौलेश्वर महादेव मन्दिरमा सयौँ श्रद्धालुहरुले घस्रँदै जलार्पण गरेका छन्।
बाणगंगाको रामघाट नदीमा स्नान गरी ४ किलो मिटरको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन्। प्राचीन भागीरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुढी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुगका थिए।
जलार्पण यात्राका लागि भक्तजनहरु आइतबार राति नै भक्तजनहरु नदीमा पुगेका थिए। सोमबार बिहान स्नान गरी शरीरमा जल बाँधेर ५ देखि १० घण्टाको लामो यात्रा तय गरी उनीहरुले मन्दिरमा जल विर्सजन गरेका थिए। साउन महिना शिवको प्रिय महिनाका रुपमा रहेको पण्डितहरु बताउछन्।सयौँको संख्यामा युवायुतीहरु, महिलाहरु र पुरुषहरु घस्रँदै जलार्पण यात्रामा सरिक भएको तालेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए। भागीरथी नदीमा स्नान गरी ८ घण्टा घस्रँर्दै तालेश्वर नाथ मन्दिरमा पुगेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ठूलो बर्गदवाका जितेन्द्र महराले पारिवारिक सुखका लागि यो पून्य कार्य गरेको बताए। ‘३ वर्षदेखि यो कार्य गदै आएको छु, भालेनाथको आर्शिवादले सबै राम्रो भइृरहेको छ,’ उनले भने।
सोमबार बिहान २ बजे नदीमा स्नान गरी घस्रँदै साढे ९ बजे उनी मन्दिरमा पुगेका थिए। जिल्लाको सुद्धोदन गाउँपालिकाको फुलिकाको अतरपरी गाउँकी मीना कहारले तेश्रो वर्ष पनि सफलतापूर्वक जलार्पण गरेको बताईन्। राति ३ बजे बाणगंगाको रामघाट नदीमा स्नान गरी उनी मन्दिरमा ९ बजे बिहान पुगेकी थिईन्। ‘छोराको कामना गरेको थिए, भालेनाथले पूरा गरे’, मीनाले भनिन्, ‘त्यही खुशीमा यो यात्रामा सहभागी भएकी हुँ’। यस्तै भाकल गरेको कामना पूरा हुने विश्वासका साथ आफूले घस्र्रेर जलार्पण यात्रा गरेको कपिलवस्तु नगरपालिका–४ गोपालपुरका ३६ बर्षे जगपति पासीले बताए। छैठौँ वर्ष घस्रँदै जलार्पण सरिक भएका विश्वासका साथ भने, ‘भोले बाबाले मेरो मनोकामना अवश्य पूरा गर्नु हुनेछ, उहाँले जे मागे पनि पूरा गर्नुहुन्छ।’
साउनमा महिनामा पार्वतीले शिवको उपासनी गरेपछि शिवसँग विवाह भएको बताईन्छ। घसँ्रदै जलार्पणले महादेव खुशी हुने तथा मनाकांक्षा समेत पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।
जलयात्रामा ५० हजार बढी भक्तजन
यस वर्ष प्राचीन तालेश्वर नाथ मन्दिरमा साउनको अन्तिम सोमबार पचास हजार बढी भक्तजनहरु सरिक भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। विगत १४ वर्षदेखि तालेश्वर महादेव मन्दिरमा जलार्पण यात्रा सुरु गरिएको थियो। जलार्पण यात्राका अगुवाइ गरेका फुलिकाका शिवदास अकेलाले आफूले बाह्र वर्ष अघिदेखि सृुरु गरेको जलार्पण यात्राले सार्थकता पाउँदै गएको बताए।
जलार्पणको लागि भारत तथा नेपालकै विभिन्न स्थान तथा जिल्लाबासीको सहभागीता थियो। भारतको गोरखपुर लखनउ, शोहरतगढ तथा नेपालगञ्ज, दाङ, रुपन्देही लगायतका स्थानबाट समेत उल्लेखनीय रुपमा भक्तजनहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए। तालेश्वर नाथ महादेवको महिमा बढ्दै गएकाले हरेक वर्ष जलार्पणमा भक्तजनहरुको संख्या बढ्दै गएको मेयर सुदी पौडेलले बताए। उनले मन्दिरको सुन्दरीकरण र र विकासमा नगरपालिकाले लगानी गर्दै जाने बताए।
रामघाट र तौलेश्वरनाथ मन्दिरमा भक्तजनहरुको ठूलो भीड लागेको थियो। मन्दिरमा जलार्पणका लागि राति २ बजेदेखि नै महिला र पुरुषको लाइन थियो। मन्दिरमा दिउँसो २ बजे सम्म भक्तजनहरुको थामी नसक्नु भीड थियो। भारतको उत्तर प्रदेशको शोहरतगढको सन्तोराबाट आएकी रुक्मिनी मिश्राले तालेश्वरनाथ महादेव मन्दिरको महिमाले जलार्पणका लागि आएको बताईन्। आफ्नो गाउँबाट ५ वटा ट्याक्टरमा गाउँलेहरु जलार्पणका लागि आइताबार नै आएको बताईन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...