छाडा चौपायाका कारण धान बाली सखाप, हिँडडुल गर्न पनि समस्या
२१ साउन २०७९
•
४ मिनेट पाठ
छाडा चौपायाका कारण धान बाली सखाप, हिँडडुल गर्न पनि समस्या
कपिलवस्तुको सदरमुकामका चोकमा डेरा बनाएर बसेका छाडा गाई गोरु।
छाडा चौपायाका कारण कृषकहरु हैरान भएका छन्। छाडा चौपाया विशेष गरी गाई गौरुले कृषहरुले खेतमा रोपेको धान बाली  सखाप परेपछि मर्कामा परेका हुन्। मलखादको अभावका बीच जसोतसो गरी रोपाइँ गरेका जिल्लाका १० वटै पालिकाका कृषकहरु छाडा गाई गोरुले गर्दा हैरान भएका हुन्।




जिल्लाको गाउँदेखि शहरको चोक-चोक र खेत खेतमा छाडा चौपायाहरु रहेका छन्। कृषकहरुले जति भगाए पनि गाई गोरुहरुले धान खाएपछि यस वर्ष धान बालीमा ठूलो नोक्सानी व्यहोर्न बाध्य छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ भिक्षु चोकका कृषक अजय शाहानीले छाडा चौपायाले आफ्नो खेतमा रहेको धानबाली खाएर हैरान पारेको बताए।

नगरपालिका वडा नम्बर ३ कपिललस्तु क्याम्पसको अगाडि लगाएको धान जति सबै गाई गोरुले खाएको उनले दुःखेसो पाखे। ‘रोपेका धान बचाउन बार लगाएपछि त्यसलाई भत्काएर गाई गोरुले खाइदिए’ उनले भने ‘जरादेखि नै धान खाएपछि यस पाली धान खेतीमा ठूलो नोक्सानी व्यहोर्न परेको छ।’ छाडा चौपया व्यवस्थापनकालागि आफूले नगरपालिका र प्रशासनका पटक पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म कसैले सुनुवाइ नगरेको बताए।

कृषक संघका जिल्ला अध्यक्ष चुर्तृभचुजमणि त्रिपाठीले मल नपाएर छटपटिएका कृषकहलाई छाडा चौपायाले झनै समस्यामा परेको बताए। ‘कृषकले रोपेका धान जति सबै गाई गोरुले खाई दिएका छन्’ उनले गुनासो गर्दै भने ‘कृषकहरुले मिहीनेत गरी लागाएको धान जति सबै गाई गोरुले खाएपछि ठूलो नोक्सानी सहन बाध्य छन्।’ उनले यसको जिम्मेवारी कसेले लिने उनले प्रश्न तेर्साए। छाडा चौपायको व्यवस्थापनका जिल्लाका १० वटै पालिका र प्रशासन उदासीन बनेको उनले आरोप लगाए।

कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले छाडा चौयाले गदौ जिल्लाको धान बालीमा ठुलो नोक्सानी भएको बताए। यसको बेलैमा व्यवस्था नगरिए धान उत्पादनका ठूला ह्रास आउने उनले बताए। ‘छाडा चौपाया अहिले कृषकहरुका लागि अभिश्राप नै बनेको छ’ उनले भने ‘यसको व्यवस्था १० वटै पालिकाले एकीकृतरुपमा गर्नुपर्छ’ उनले भने। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ।

उता बढ्दो छाडा चौपाया नियन्त्रण गर्न नसक्दा कपिलवस्तु नगरपालिका अव्यवस्थित बनेको छ।  छाडा चौपाया व्यवस्थापनका लागि हालसम्म कुनै कार्ययोजना बनाइएको छैन। काञ्जी हाउस निर्माणका लागि नगरबासीले पटक पटक अनुरोध गरेपनि नगरपालिकाले वेवास्ता गर्दै आएको नगरबासीहरु बताउँछन्। बढ्दो छाडा चौपायका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिँडडुल गर्न निकै समस्या भइरहेको छ।

छाडा चौपायाका कारण दुर्घटना समेत बढेको ट्राफिक प्रहरी बताउँछन्। नगरपालिकाको तौलिहवाका सकड, चोक, गल्ली, हाटबजारमा छाडा चौपयाले निकै समस्या सिर्जना गर्ने गरेका छन्। स्थानीय अगुवा हरि राज शर्माले चोक-चोकमा गोरुले बाटो छेक्दा हिँडडुल गर्न निकै समस्या भएको गुनासो गरे। ‘वर्षो देखिको यो समस्या समाधान गर्न नगरपालिकाले कुनै चासो दिएको छैन,’ उनले भने ‘तौलिहवा बजारमा चौपायाहरुको कारण यात्रु र सवारी साधनलाई धेरै समस्या हुने गरेको छ।’

४० वर्षअघि नगरपालिका घोषित तौलिहवामा छाडा पशु व्यवस्थापन गर्ने योजना एक पटक पनि निर्माण गरिएको छैन। पशुहरुको अवरोधका कारण सडकमा आवत-जातवत गर्ने सर्वसाधरणलाई मात्र होइन सवारी साधनलाई निकै सास्ती व्यहोर्नु परेको छ। एक त साघुरो बाटो, सडकै राखिएका ठेला पसल र सवारी साधनका कारण दिक्क र हैरान भएका सर्वसाधारणहरु छाडा चौपायाका कारण बाटोमा हिडदा थप समस्या भोगिरहेका छन्।

बाटो बाटोमा चौपयाहरु जुध्ने, बिक्रीका लागि राखिएको फलफुल र तरकारी खाईने समस्याले तौलिहवाका व्यापारीहरु पीडीत भएका छन्। गौढी चोकका व्यापारी मदन गुप्ताले गाईगोरुले निकै हैरान गरेको गुनासो गरे। ‘एकछिन आँखा चिम्ल्यो की गाईगोरुले तरकारी खाई दिन्छन्’  उनले भने ‘गाई गोरु धपाउँदा धपाउदा हैरान परेको छु।’

तौहिलवामा मात्र नभै जिल्लाको गाउँदेखि शहर र कृषकदेखि व्यापारी समेत छाडा चौपायका कारण समस्यामा परेका छन्। नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यती बिध्न बढेका छन् की निर्बाध रुपमा सवारी साधन सञ्चालनमा निकै बाधा पुगिरहेको छ। बजारको मुख्य स्थल गौढी, चिक्षु चोक बहादुरगञ्ज चोक, प्रशासन चोक, नँया टोल र चोक बजारमा गाई, गोरु, साडे, आफनो बास स्थान बनाएका छन्।

त्यस्तै उनीहरुले दिनभरी नै आहार खोज्दै बजार बजार चाहर्ने गरेका छन्। चौपायाले गर्ने जथाभावी दिशा-पिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ। बाटो–बाटामा गाईवस्तु बस्ने भएकाले यात्रुलाई हिँडडुल र सवारीसाधनलाई आवागमन गर्न समस्या परेको ट्राफिक गुनासो गर्छन्। बाटोमा रहेको चौपायालाई हटाउने की सवारी साधनको चेकजाच गर्ने भन्दै उनीहरुले  छाडा पशुका कारण सडक दुर्घटनामा वृद्धिसमेत भएको बताए।

मेयर सुदीप पौडेलले छाडा चौपायका कारण समस्या भएको स्वीकार गरे। उनले छाडा चौपाया व्यवस्थापनका लागि छिमेकी पालिकाहरुसँग कुराकानी भएको बताए। उनले छाडा चौपायको समस्यालाई आफूले गम्भीररुपमा लिएको भन्दै उनले अन्य पालिकाहरुसँग मिलेर यसको चौडै समाधान गरिने बताए।

उता प्रजिअ धर्मेन्द्रकुमार मिश्रले छाडा चौपायाको समाधानका लागि जिल्ला समन्वय समितिको अगुवाइमा १० वटै पालिकाको एकीकृत योजना बनाइ काम गर्नुपर्ने बताए। उनले छाडा चौपाया व्यवस्थापनका लागि आफूले पनि पालिका प्रमुखसँग छलफल र समन्वय गरेको बताए।
अर्को समाचार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
२१ वैशाख २०८१
•
१ मिनेट पाठ
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
फाइल तस्बिर
चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र  रोपाइँ भएको छ।




कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी यस वर्ष १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन्।  दक्षिणी क्षेत्रका किसानले खडेरीले गर्दा रोपाइँ गर्न सकेको छैनन्।

भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले चैतेधान खेतीतर्फ किसान बढी आकर्षित हुने गरेका छन्। गत वर्ष किसानले कुल १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरी प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गरेका थिए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस