थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै
१७ साउन २०७९
•
१ मिनेट पाठ
थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिक रूपमा मनाइरहेका छन्।




यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले भने, 'गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भइ सप्रने जनविश्वाससमेत रहिआएको छ।' यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ।

गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने,  बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको उनले बताए। यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ।

यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्नेचाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ। यो पर्व आज धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाउने कार्यक्रम तय भएको धनगढीका थारू अगुवा प्रभात चौधरीले बताए। कोभिड–१९ को संक्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व मनाउनका लागि ठाउँ–ठाउँमा भव्य तयारी गरिएको छ।

पालिकाद्वारा सार्वजनिक बिदा

‘गुरही’ पर्वका अवसरमा आज कैलारी र जोशीपुर गाउँपालिका तथा  भजनी नगरपालिकाले स्थानीय स्तरमा बिदा दिने निर्णय गरेका छन्। ती स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिन निर्णय गरिएकोे सूचनामा उल्लेख छ। 
अर्को समाचार
थारू जनमतमाथिको अपमान
२१ चैत्र २०८०
•
३ मिनेट पाठ
थारू जनमतमाथिको अपमान
यतिबेला नेपालको राजनीतिमा देखिएका विसंगति र विकृतिले क्रमशः सीमा पार गरिरहेका छन्। धेरै राजनीति गर्नेहरू स्वयं भ्रष्टाचारमा संलग्न देखिएका छन्।  बिचौलिया र तस्करसँग मिलेमतो गर्नुलाई आफू÷आफूबीच प्रतिस्पर्धाको विषय बनाउँदै आएका छन्। नेतृत्वमा सधैँ आफू मात्र हाबी हुने परम्परा बसाल्न रुचि देखाउँदै आएका छन्। रातारात गठबन्धन र कित्ता फेर्नुलाई सामान्य तुल्याएका छन्। नेतृत्वलाई राणाहरूभन्दा पनि तल गिरेर वंशमा सार्ने प्रपञ्च गर्दै आएका छन्। र, यी सबैको एकसूत्रीय मनसाय भनेको आफू मात्र सत्तामा रहने, आफैँलाई मात्र शक्ति चाहिने र बाँकी सबै भुसुना हुन्, केही गर्न सक्दैनन् भन्ने नै हो।




यतिखेर यस्तो रोगले नेपालका साना÷ठूला, लोकतान्त्रिक-गैरलोकतान्त्रिक, केन्द्रीय÷क्षेत्रीय, क्रान्तिकारी-पहिचानवादी, राजावादी÷गणतन्त्रवादी सबै सताइएका छन्। यो रोगले थलै पारेकोचाहिँ यतिबेला नागरिक उन्मुक्ति पार्टी हो। जसको विवाद छताछुल्ल भएको छ। विशेषगरी न्यायालयबाट हत्यारा सावित भइ कारागार जीवन व्यतीत गरिरहेका बेला राष्ट्रपतिबाट माफी पाएर उन्मुक्ति पाएका रेशम चौधरी र पार्टी अध्यक्षसमेत रहेकी  उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको लडाइँ यतिबेला जगहँसाइको विषय बनेको छ। साथै राजनीतिप्रतिको भद्दा मजाक पनि।

जानकारीअनुसार रेशम निवर्तमान सत्ता गठबन्धन अर्थात् नेपाली कांग्रेससँग मिलेर जान चाहिरहेका छन् तर रञ्जिताको मत भने वर्तमान सत्ता गठबन्धन अर्थात् एमाले-माओवादीसँग मिलेर जाने पक्षमा छ । उनीहरूका यिनै दुई ध्रुवीय लाइनका आधारमा पार्टीको एउटा पंक्ति अर्थात रेशमको समूहले सुदूरपश्चिम प्रदेश सरकारमा आफैँ सहभागी भएर कांग्रेस नेतृत्वको सरकारलाई साथ दिएको छ भने रञ्जिता समूहले वर्तमान सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ। अनि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकारमा सामेल हुन तथा विश्वासको मत दिन नहुने अडान राख्दै आएको छ। यसरी हेर्दा रञ्जिता वर्तमान सत्ता गठबन्धनसँग मिलेर संघीय मन्त्री हुन चाहन्छिन्। उता रेशममा भने आफू सरकारमा जान नपाउने भएकाले केन्द्रीय सरकारभन्दा पनि प्रदेश सरकारमा सहभागी हुने रहर देखिन्छ। भलै उनको दलका केही नेताले उनी कांग्रेसको लोभलालचमा फसेको बताउँदै आएका छन्। सोमबार मात्र रेशमले आफूहरूलाई मार्नेसमेतको धम्की दिएको रञ्जिता पक्षधरले दाबी गर्दै आएका छन्।

नागरिक उन्मुक्ति पार्टीको जन्म टीकापुर घटनासँग जोडिएको छ। थारू समुदायले थरुहट–थारूवान प्रदेशको माग गर्दै पश्चिम नेपालको कैलाली–कञ्चनपुर क्षेत्रमा आन्दोलन गरेका बेला आन्दोलनकारीको आक्रमणमा परी २०७२ भदौ ७ गते एक नाबालक र सात जना सुरक्षाकर्मी मारिएका थिए। न्यायालयले घटनाका नाइकेका  रुपमा रेशम चौधरीलाई ठहर गर्‍यो। उता थारू समुदायमा भने आफ्नो समुदायको नेतालाई षडयन्त्र गरेर फसाइएको भन्दै आक्रोश उत्पन्न भयो । सत्तासँगको यही प्रतिरोध र अधिकारप्राप्तिका लागि भन्दै खुलेको पार्टी हो नागरिक उन्मुक्ति। रेशम दम्पतीको नेतृत्वमा खुले पनि यो दलप्रति आमथारू समुदायको सहानुभूति रहँदै आएको छ।

त्यसैले यतिबेला सत्ता–राजनीतिका खातिर पार्टीभित्र श्रीमान् र श्रीमतीबीचको झगडाले सर्वसाधारणबीच जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। उनीहरूको अधिकार प्राप्तिको भोकमाथिको लात हो, वर्षौँदेखि जेलिएको अन्यायबाट मुक्ति पाउने समुदायको आशामाथिको तुषारापात हो। तर, यसको बिजारोपण भने पहिल्यै भइसकेको थियो। स्वभाविकरुपमा थारू समुदायले पीडित मानेका रेशमले न्याय पाउनुपर्ने थियो। तर, यसका लागि आफ्नै श्रीमतिलाई राजनीतिक नेतृत्वको बागडोर दिनु, बुबालाई टिकट दिलाउनु परम्परागत नातावाद राजनीतिकै निरन्तरता थियो। नाम नागरिक उन्मुक्ति भने पनि यो पार्टीले परिवारवादबाटै मुक्त हुन सकेन।

सबैलाई हेक्का हुनुपर्छ, रेशम र रन्जिताको आजको राजनैतिक हैसियत निमार्णमा थारू समुदायको रगतपसीना र बलिदानीको देन छ। त्यसैले  जारी अराजनीतिक हर्कत उनीहरूले तत्काल बन्द गर्नुपर्छ। थारू समुदायप्रति माफी माग्नुपर्छ र संरचनात्मक विभेद भोगिरहेको यो समुदायको अधिकार प्राप्तिका लागि आफूलाई प्रतिबद्ध तुल्याउनुपर्छ। नत्र कालान्तरमा नागरिक उन्मुक्ति पार्टीको अवसान मात्र होइन, थारू समुदायको राजनीतिक विवेकमाथि पनि शंका बढ्नेछ र अन्ततः आज प्राप्त उपलब्धि  पनि गुम्ने खतरा निम्तिने छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस