सुनकोसी मरिण डाइभर्सनः पारिश्रमिक बढाउन माग गर्दै मजदुर आन्दोलित
१४ साउन २०७९
•
३ मिनेट पाठ
सुनकोसी मरिण डाइभर्सनः पारिश्रमिक बढाउन माग गर्दै मजदुर आन्दोलित
जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने लगायत दश बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका सुनकोसी मरिण बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु।
न्यूनतम ज्याला समेत नपाएको भन्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।




जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगाएतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु शनिबारबाट आन्दोलित भएका हुन्। कमलामाई नगरपालिका २ कुसुमटारस्थित सुनकोसी मरिण डाइभर्सन आयोजनाको  सुरुङमार्गमा कार्यरत मजदुरहरुले ठेक्का पाएको चाइनिज कम्पनीले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला नदिएको भन्दै काम ठप्प पारेर आन्दोलित भएका हुन्।

जिल्ला दररेट अनुसार अदक्ष (लेवर) को ज्याला ८०० कायम भएकोमा डाइभर्सन अन्तर्गत सुरुङको ठेक्का पाएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक) ले ८ घण्टा काम गरेको ५ सय ८० मात्र दिँदै आएको छ। दक्ष मिस्त्रीको ज्याला जिल्ला दररेटमा एक हजार भएपनि कम्पनीले ७०० रुपैयाँ मात्रै दिँदै आएको श्रमिकहरुले बताएका छन्।

सुरुङ खन्नको लागि प्रवेश मार्गमा पाँच सय भन्दा बढी नेपाली मजदुरहरु कार्यरत रहेका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिकको मागसहित १० ओटा अन्य माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। आयोजनालाई सम्बोधन गरी १० वटा माग राखी आन्दोलनमा उत्रिएको एक मजदुरले जनाए।

मजदुरहरुले जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, शनिबार तथा अन्य विदाको दिनको हाजिरा पाउनुपर्ने, रात्रिकालीन कामको दोब्बर ज्याला हुनुपर्ने, श्रमिकहरुलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदा हुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुन नहुने, प्राथमिक उपचार र दुर्घटना बीमाको व्यवस्था हुनुपर्ने  माग विज्ञप्तिमा  उल्लेख गरिएको छ।

आयोजनामा कार्यरत मजदुरहरुले सुरुङ प्रवेश मार्गको काम थालनी भएपछि दररेट अनुसारको ज्याला दिने सहमति भएपनि ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टिबीएम मेशिन जडान भइरहँदा समेत कुनै सम्बोधन नभएकाले आन्दोलन उत्रन बाध्य भएको मजदुरहरुको भनाइ छ। ठेकेदार कम्पनीले मजदुरहरुसँग वार्ता गरेर जिल्ला दररेट अनुसारको पारिश्रमिकको व्यवस्था गर्ने पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए।

सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुर्‍याउने उदेश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम) को प्लेटफर्म निर्माण भैरहेको आयोजनाले जनाएको छ।

सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने खुर्कोटबाट सुनकोसी नदीमा बाध बनाएर पानी डाइभर्सन गरी १३ दशमलव १ किलोमिटर सुरुङमार्फत् मरिन खोलामा पानी झार्न धमाधम काम सुरु भएको छ। सुनकोसीबाट मरिन नदीमा र मरिनबाट ४२ किलोमिटर दुरीमा रहेको बागमती बाधमा सुनकोसीको पानी पुर्‍याइ तराईको धनषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा यस आयोजनाले पुर्‍याउने भएको छ।
अर्को समाचार
निर्माण कार्य रोकिएको सुनकोसी मरिण डाइभर्सनका ठेकेदार कम्पनीले भन्यो: मजदुरको ज्याला बढाउन सकिँदैन
१९ साउन २०७९
•
३ मिनेट पाठ
निर्माण कार्य रोकिएको सुनकोसी मरिण डाइभर्सनका ठेकेदार कम्पनीले भन्यो: मजदुरको ज्याला बढाउन सकिँदैन
ज्याला बढाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सुनकोसी मरिण बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु।
जिल्ला दररेट अनुसार ज्याला पाउनुपर्ने माग गर्दै झण्डै एक सातादेखि निर्माण ठप्प पारी आन्दोलनरत रहेका मजदुरहरुलाई सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको निर्माण कम्पनीले ज्याला बढाउन नसक्ने अडान राखेको छ। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफूहरुले पाउनु पर्ने माग राख्दै गत शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।




जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगायतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरु शनिबारबाट आन्दोलित भएपनि निर्माणको जिम्मा लिएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक)ले  ज्याला वृद्धि गर्न नसक्ने अडान राखेको छ। कमलामाई नगरपालिका २ कुसुमटारस्थित सुनकोसी मरिण डाइभर्सन आयोजनाको  सुरुङ मार्गमा कार्यरत मजदुरहरुले ठेक्का पाएको चाइनीज कम्पनीले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला नदिएको भन्दै काम ठप्प पारेर आन्दोलित भएका हुन्। 

जिल्ला दररेट अनुसार अदक्ष (लेवर) को ज्याला ८०० कायम भएकोमा डाइभर्सन अन्तर्गत सुरुङको ठेक्का पाएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक) ले ८ घण्टा काम गरेको ५ सय ८० दिँदै आएको छ। दक्ष मिस्त्रीको ज्याला जिल्ला दररेटमा एक हजार भएपनि कम्पनीले ७०० रुपँैया मात्रै लिँदै आएको श्रमिकहरुले बताएका छन्। सुरुङ खन्नको लागि प्रवेश मार्गमा ६ सय ४० बढी नेपाली कामदार कार्यरत रहेका छन्।चाइनिज ठेकेदार कम्पनीका म्यानेजर लिउफेङ फेन नेपालको राष्ट्रिय निति नियम अनुसारनै आफूले ज्याला दिएकाले तत्काल ज्याला बढाउन नसकिने बताए।  

‘तत्काल ज्याला बढाउन सकिँदैन, हामीले नेपालको नियम अनुसार नै ज्याला उपलब्ध गराउँदै आएका हौँ’, उनले भने। ९० प्रतिशत कामदारहरु आन्दोलन छाडेर काममा फर्कन तयार छन् केहि स्थानिय कामदारले गर्दा आन्दोलन भएको हो। मजदुरहरुले चाइना कम्पनीका मान्छेहरुले आपूुहरुमाथि दुव्र्यवहार गरेको बताए पनि चाइना कम्पनीका कुनैले केहि दुव्र्यवहादर नगरेको बताए। एक जना कामदारले मोवाइल चलाएर काममा अवरोध गर्दै आएकाले डिउटीको समयमा मोवाइल चलाएर नबस्न अनुरोध गर्दा दुव्र्यवहार भनेर आरोप लगाएको बताए। म्यानेजर लिउफेङले पछिल्लो समय महंगी बढीरहेकाले आफूले समयमै सक्नका लागि घाटा सहेर काम गरिहेको बताए।  

जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिकको माग सहित १० ओटा अन्य माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। आयोजनालाइ सम्बोधन गरेर १० वटा माग राखी आन्दोलनमा उत्रिएको एक मजदुरले जनाए।  मजदुरहरुले जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम ज्याला हुनुपर्ने,शनिबार तथा अन्य विदाको दिनको हाजिर पाउनुपर्ने, रात्रिकालिन कामको दोव्बर ज्याला हुनुपर्ने, श्रमिकहरुलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदा हँुदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुु नहुने, प्राथमिक उपचार र दुर्घ्ना बिमाको व्यवस्था हुनुपर्ने माग विज्ञप्तीमा उल्लेख गरी दैनिक आन्दोलन गरिरहेका छन्।  

ठेकेदार कम्पनीले मजदुरहरुसँग वार्ता गरेर जिल्ला दररेट अनुसारको पारिश्रमीकको व्यवस्था गर्न  पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए। सुनकोसी नदीको पानी सुरुङबाट मरिण खोलामा खसाली तराईका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पु¥याउने उदेश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम)को प्लेटफर्म निर्माण भईरहेको आयोजनाले जनाएको छ। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस