कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा
१२ साउन २०७९
•
४ मिनेट पाठ
कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा
हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ। नदीले वर्षेनी नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ।  




नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन्। तीन दिनदेखि मनसुन सक्रिय भएको छ। नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन्। टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताए।  

टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ। त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ। कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताए।  

'यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो। यस वर्ष पनि कटान भइरहेको छ। अहिलेसम्म १५ फिट कटान भइसकेको छ,' उनी भन्छन्, 'नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताइन्। 'दैनिक वर्षा भइरहेको छ। नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ,' उनी भन्छिन्, 'कतिबेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ। नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ।'

कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताउँछन्। 'यहाँ पटकपटक कर्णाली नदीको बाढी पसेर क्षति पुगाएको छ,' उनी भन्छन्, 'नदीमा पानीको बहाव बढ्न थालेपछि गाउँका बासिन्दा पटकपटक नदी किनारमा हेर्न जाने गरेर दिन बित्छ। नदीमा पानीको वहाव घटे मन  शान्त हुन्छ। बाढी आउने डरले जहिले सताउँछ।'

नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको  जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउँछन्। 'नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविश्य नै रहने देखिँदैन,' दर्लामीमगर भन्छन्, 'नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरुप परिवर्तन आवश्यक छ। अब तार जाली, ढुंगा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन।'

यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ। यहाँका नागरिकलाई बर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ। कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ। यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ।  

कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ। टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन्। टीकापुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ।  

वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ। बाढीपीडित संघर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउँछन्। 'समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ,'  उनले भने, 'सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ। कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ। थप जोखिम छ।'

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ। तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउँछन्। 'हामीले लामो सयमदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ,' उनले भने, 'आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ।'

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैँले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताए। रासस
अर्को समाचार
कर्णाली नदीको बगर जमिनलाई मुआब्जा दिने तयारी
०८ पौष २०७९
•
४ मिनेट पाठ
कर्णाली नदीको बगर जमिनलाई मुआब्जा दिने तयारी
बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धाराको प्रबेशद्धार। तस्बिर: निर्मल घिमिरे
कर्णाली नदीको गेरुवा भंगालोको कटानले  बर्षो अघि देखि बगर बनाएको स्थानीयको जग्गाको  मुआब्जा दिने तयारी अन्तिम चरणमा पुगेको छ।




बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम किनारा भएर बग्ने कर्णाली नदीको गेरुवा भंगालोले बगरमा परिणत गरेको जग्गाको मुआब्जा दिएर नेपाल बिद्युत प्राधिकरणले निकुञ्जले अधिग्रहण गर्ने गरी प्रक्रिया अघि बढाएको हो।

नेपाल बिद्युत प्राधिकरणको बाँके र सुर्खेत जोड्ने प्रसारण लाइनमा निकुञ्जको जग्गा खपत हुने भएपछि स्थानीयलाई मुआब्जा दिएर बर्दिया निकुञ्जले अधिग्रहण गर्ने गरी प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाएको छ। 

मुआब्जा पाउँने  स्थानीयले बगरको जग्गाको मूल्य पाइने भएपछि कर्णाली नदीले दिएको पीडा खुसीमा परिणत हुन थालेको प्रतिक्रिया दिएका छन्।तर,यसरी मुआब्जा दिँदा सयौँ स्थानीय किसान बिलखबन्दमा पर्ने देखिन्छ।

बर्दिया निकुञ्ज भएर बग्ने कर्णाली नदीको भंगालो गेरुवाले तीन हजार बिगाहा जग्गा बगर बनाउँदा बर्षो देखि सेवा सुबिधाबाट स्थानीय बन्चित छन्। अधिग्रहण गर्न प्रक्रिया अघि बढेको जग्गाको  बिचमा सयौँ बिगाहा जग्गाको मालपोत तिर्दे आएका स्थानीय दुखी छन्। नेपाल बिद्युत प्राधिकरणले पश्चिम किनाराबाट जग्गा अधिग्रहण गर्न थालेपछि बर्षो देखि उपभोग गर्न नपाएका जग्गा धनिले मुआब्जामा चलखेल भइरहेको आरोप लगाएका छन्।

पश्चिम किनारामा बाट अधिग्रहण गर्न थालिएकोमा दुःखी भएको जग्गा धनी दामोदर आचार्यले बताए।‘बर्षो देखि मालपोत तिर्दे आएको छु’उनले भने,‘तर,अहिले सम्म उपभोग गर्न पनि पाइएन,पुनः निकुञ्ज पश्चिम किनाराका जग्गाको मुआब्जा दिँदा अन्याय भयो।’ निकुञ्जको सीमा पर्दे आएको स्थानीयको जग्गा सीमाकंन गर्ने माग सहितको मुद्दा सर्वोच्चमा अदालतमा विचाराधीन छ।

गेरुवा गाउँपालिकामा रहेको सयौँ बिगाहा जमिन गेरुवा नदीले कटान गरी निकुञ्जको सिमाना भित्र पर्न गएको थियो। सरकारले २०३१ सालमा आरक्ष घोषणा गर्दा पश्चिमी सिमाना गेरुवा नदीको पश्चिमी किनार भनी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको थियो। आरक्ष घोषणा भएपछि बाढीले पश्चिमी किनारको आबादी जमिन कटान गर्दै नदी पश्चिम तर्फ सर्दै गएपछि निजी  जमिन समेत निकुञ्जको सीमा  भित्र पर्दे गएको छ। निकुञ्जको सिमाना भित्र परिसकेपछि आफ्नो लालपुर्जा भित्रको जग्गा समेत स्थानीयले  उपभोग गर्न पाएका छैन्रन। लामो समयसम्म आफ्नो जमिन उपभोग गर्न नपाए पनि जग्गाधनीहरूले मालपोत तिर्दै आएका छन्। यसरी कटानमा परेको अधिकांश जमिन गेरुवा गाउँपालिका वडा नं. ४,५ र ६ मा पर्दछ। कटान भएको जग्गा तीन हजार बिगाहा बढी छ।

नेपाल बिद्युत प्राधिकरणले प्रसारणलाईन निर्माणको क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको करिब ६३ बिगाहा जग्गा प्रयोग गरेबापत सोही बराबरको निकुञ्जसंग जोडिएको जमिन खरिद गरी निकुञ्जको नाममा दिनुपर्ने सर्त अनुसार उक्त गेरुवा नदीले कटान गरेको बगर बिद्युत प्राधिकरणले खरिद गरी निकुञ्जलाई उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ।  बर्सो देखि मालपोत तिरेर पनि आँफुले उपभोग गर्न नपाएको बगर जग्गा नेपाल बिद्युत प्राधिकरणले खरिद गर्ने भएपछि मुआब्जा पाउँने जग्गाधनी खुसी छन्।

उक्त बगरको जग्गाको सरकारी मूल्य एक लाख छ। निकुञ्जको लागि अधिग्रहण गर्न लागिएको पश्चिम किनारा जग्गाको बिचमा अवादीको जग्गा रहेको बुझिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताए।‘प्राधिकरण निकालेको सूचना अनुसार जग्गा धनिले मुआब्जा पाउनका लागि प्रक्रिया पुरा गरेका छन्,’उनले भने,‘अधिग्रहण गर्नका लागि अनुगमन गर्न जाने तयारी रहेको छ,करिब करिब अधिग्रहण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’मुआब्जाका लागि प्रमुख जिल्ला अधिकारी मूल्याकंन समितिको संयोजक रहने प्रावधान छ। के कति मूल्य दरमा जमिन खरिद गर्न लागिएको हो भन्ने सन्दर्भमा नेपाल बिद्युत प्राधिकरणमा सम्पर्क गर्दा प्रक्रिया अगाडी बढिसकेको तर मुआब्जाको रकमका लागि टुगों लगाउने अन्तिम प्रक्रिया बाँकी रहेको छ।

असोज पहिलो साता प्रसारण लाइनका लागि मुआब्जाको लागि निकालिएको सूचना अधिकांश जग्गा धनी निवेदन दिन बाट बन्चित भएको गोला भखरिया थारुले बताए।‘हाम्रो जग्गा पनि बर्षो देखि बगरमा परिणत हुँदा उपभोग गर्न पाएका छैन,’उनले भने,‘म्याद सकिएपछि मात्र थाहा पाएका छौ,निकुन्जले अतिक्रमण गरेका जग्गा सीमाकंन हुनु पर्ने बर्सो अघि देखिको हाम्रो माग हो।’ निकुञ्ज किनाराको पश्चिमको बगरको मुआब्जा दिँदा निकुञ्ज भित्र पर्ने अवादीका सयौँ जग्गा धनी मुआब्जाको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जग्गाधनी भन्दा बढी फाइदा बिचौलिया सक्रिय रहेको उल्लेख गर्दे वास्तविक किसान मर्कामा पर्ने भन्दै किसान मुआब्जाको विरोधमा रहेको जग्गाधनीको भनाई छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस