बारी र बस्ती सँगसँगै छ। वस्तीको तल जंगल छ, अर्को भागमा काठमाडौबाट गाउँ जाने पिँच सडक नै छ।केवलपुरका वस्ती र सडकमा नै डुलेर बदेलले वितण्डा मच्चाइरहेको छ। किसानहरुले बदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्। केवलपुरका कृष्ण बहादुर श्रेष्ठ भन्छन्, ‘कस्लाई सुनाउँ हाम्रो पीडा?’
बदेलबाट मकै जोगाउने उपाय खोज्न श्रेष्ठ आइतबार थाक्रे गाउँपालिका–१० को वडा कार्यालय पुगे। दिउसो करिब २ बजे वडा कार्यालय पुगेका श्रेष्ठ कार्यालयमा गुनासो सुनिदिने कोही नभेटेपछि निरास भएर फर्किए। वडा कार्यालयबाट फर्किदै गर्दा कार्यालयकै गेटमा भेटिएका उनको गुनासो र हाउभाउ निकै पीडादायी छ।
माउ भन्दा पनि बच्चा बदेल धेरै देखिन्छन्। दुई वटा ठूला(माउ)सँग चार पाँच वटा बच्चा बदेल हुन्छन्। बच्चा पनि भैँसीका पाडापाडी जस्तै हुन्छन्। ‘घ्यारघ्यार घुरघुर गर्दै तल र माथि दगुर्छ, धपाउन त परैको कुरा नजिक जानै सकिँदैन’ उनले सुनाए।
सप्रिएको मकैले छेबाट कुनासम्म देख्नै सकिदैन। एउटा घरबाट अर्को घर पनि देखिदैन। तल्लो गरामा मकै खाइरहेपनि माथिल्लो गराबाट देख्न मुस्किल छ। ‘यताबाट लखेट्यो उता भाग्छ यताबाट लखेट्यो उता जान्छ’.–स्थानीय किसान लक्ष्मण विडारी भन्छन्, ‘मान्छे मकै बारीमा पस्नै डरमर्दो छ।’
दुधे मकै भएको ठाउँमा बदेलले बढी क्षति गराएको छ। खाएर मात्रै होइन खेलेर पनि मकैको बोट भाँचिदिएको छ। मकैको जराहरु सुँढले खोतलेर चुडाइदिएका छन्। ठाउँ ठाउँमा सुँढले उधिनेर खाल्डैखाल्डो बनाइदिएको छ। विडारी भन्छन्, ‘बदेलले यस्तो डरैमर्नु पारेर यति धेरै क्षति गरेको यस्पाली पहिलो पटक देखियो।’
मल लुटेरै भएपनि मकै फलाएका केवलपुरका किसानलाई अहिले बँदेलको वितण्डा खेपी नसक्नु छ। बदेल हिँडेका कान्लाहरु पनि भस्किएका छन्। मान्छे बराबर अग्ला मकैका घोगा नढालिकनै कोपरेर खाएका छन्। त्यसले पनि बदेल निकै ठूला ठूला छन् भन्ने अनुमान लगाउन सकिन्छ।
थाक्रे गाउँपालिका–१० र ९ कोवस्ती बीचबीचमै बँदेल छिरेर मकै नष्ट पार्न थालेपछि यहाँका किसान आत्तिएका छन्। घाम पानी भोक प्यासको प्रवाह नगरी हुर्काएको मकै भित्राउने बेला बँदेलले सखाप पारेपछि गाउँभरीका किसान चिन्तित् बनेका छन्।
केवलपुरका कृषकहरुको मुख्य आयश्रोत मकै बाली हो। बदेलको वितण्डाले गर्दा घाँसदाउरा गर्न बारी र जगल जान समेत डरैमर्दो छ। अहिलेसम्म करिब ५० परिवार किसानको मकै बाली बँदेलले नष्ट गरिसकेको छ। मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि लडिबुडि खेल्ने, खाल्डो बनाउने गरेर बाली तहसनहस नै पारेको छ।
गत वर्षदेखि बदेल आँतैक शुरु भएको हो। त्यतिवेला पनि क्षति धेरै नै भएको थियो। यस वर्ष झन् क्षति धेरै गरेको छ। एक दुई जना किसानले वडाका जनप्रतिनिधिहरुलाई गुनासो सुनाएका छन्। तर जनप्रतिनिधिहरुले बदेलले पुर्याएको क्षतिलाई सामान्य रुपमा लिएका छन्।
चेतनाको कमीले गर्दा स्थानीयले अहिलेसम्म कहि पनि आधिकारिक रुपमा क्षतिपूर्ति माग गरेका छैनन्।‘क्षति पु¥यायो भनेर कस्लाई भन्ने नै थाहा छैन, सकेसम्म बदेल आ–आफ्नो वारीमा जानबाट रोक्ने कोसिस मात्रै गरिरहेका छौं’ किसान शिवप्रसाद विडारी भने।
शंख बजाउने, मोटर साइकलको हर्न बजाउने गरेर बदेल भगाइरहेको किसानहरुले बताएका छन्। अहिलेसम्म करिव ६० रोपनीमा पूर्ण क्षति भईसकेको छ। ‘अझ कति क्षेति गराँउछ। तर पनि किसानहरुले औपचारिक रुपमा क्षतिको विवरण लिएर गाँउपालिका गएका छैनौ’ राजेन्द्र रुपाखेतीले सुनाए।
मकै गोडर काठमाण्डौ गएका शिवप्रसाद विडारी पनि अहिले बदेल कुर्न गाउँ फर्किएका छन्। ‘दाजुले मकै बदेलले खान थाल्यो कुर्न आउ भन्नु भयो त्यसपछि तुरुन्तै आए’, विडारी भन्छन्, ‘मकै फलाउन धेरै मेहनत गरेका छु, २५ सय तिरेर मल हालेको छु, पाक्ने बेला बदेलले नष्ट गारिदियो।’
गाउँमा बदेलले पुर्याएको क्षतिबारे थाक्रे गाँउपालिका वडा नं. १० का वडा अध्यक्ष गोकुल लामिछाने जिम्मेवार देखिएनन्। आफुहरुलाई लिखित जानकारी नआएको र वन्यजन्तुले गरेको क्षतिको खोजी गरेर पत्ता नलाग्ने भन्दै गैर जिम्मेवार जवाफ दिएका छन्। ‘मौखिक रुपमा जानकारी छ, लिखित जानकारी छैन। गाँउपालिकाले यति धेरैको क्षतिपूर्ति दिन पनि सक्दैन होला। तर पनि कार्यपालिका बैठकमा छलफल गर्ने सोच बनाएको छु’ वडा अध्यक्ष लामिछानेले भने।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...