करार कर्मचारीलाई हटाउने निर्णयको विरुद्धमा भएको आन्दोलनले यहाँको गोलञ्जोर गाँउपालिकामा एक हप्तादेखि सेवा ठप्प भएको छ। गत बिहीबारदेखि गाँउपालिकामा तालानै लागेपछि थप समस्या भएको छ। राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई हटाएको भन्दै काँग्रेस सम्बद्ध जनप्रतिनिधि र नेपाली काँग्रेस गोलञ्जोर गाँउपालिकाले दैनिक आन्दोलन गरिहेको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट नेकपा एमालेका शंकर बराल अध्यक्षमा र नेकपा माओावदी केन्द्रका ज्वालाप्रसाद न्यौपाने उपाध्यक्षमा निर्वाचित भएसँगै निवर्तमान गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीको पालामा नियुक्ति भएका २६ जना करार सेवामा कार्यरत कर्मचारीलाई गाँउपालिकाले हटाउने निर्णय गरेको थियो।
गाँउ कार्यपालिकामा काँग्रेसको बहुमत रहेपनि गाँउपालिका अध्यक्ष र उपाध्यक्षले एकलौटी निर्णय गरेको भन्दा एक साता अगाडीदेखि आन्दोलन हुँदा सबै सेवा ठप्प भएको छ। साउन १ गतेदेखि गाँउपालिका कार्यालयमा कर्मचारी जनप्रतिनिधि कोहि प्रबेशनै नगरेको र सबै सेवा प्रभावित भएको स्थानियको भनाई छ। बार्ता र छलफलबाट तत्काल समस्याको समाधान गर्नुपर्नेमा अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतनै कार्यालयमा नआएको नेपाली काँग्रेस गोलञ्जोर गाँउपालिका सभापति मोतिराज सापकोटाले जानकारी दिए।
विधि विधान मिचेर राजनितिक आस्थाका आधारमा कर्मचारीलाई हटाउने निर्णय गरेकाले हामीले आन्दोलनमा समर्थन जनाएका हौ, सभापति सापकोटाले नागरिकसँग भने गाँउपालिका अध्यक्ष र उपाध्यक्षले एकलौटी निणर्य गरेपछि यहाँ काँग्रेसका नेता तथा कार्यकर्ता आक्रोशि भएका हुन्। एक हप्तादेखि सेवा ठप्प भएसँगै बिहिबारबाट गाँउपालिका कार्यालयमा ताला लागेपछि आइतबार प्रहरीले ताला खोल्ने प्रयास गर्दा आन्दोलनमा सहभागि र प्रहरीबिच सामान्य झडप समेत भएको थियो। बार्ता र छलफलबाट सहमती हुनु अगावै प्रहरीले ताला खोलेपछि सामान्य झडप भएको र पुन ताला लगाएको स्थानियले जनाएका छन्।
गाँउपालिका अध्यक्ष शंकर बरालले विधि विधान अनुसारनै गाँउपालिकाले करारका केहि कर्मचारी हटाउने निर्णय गरेको बताए। उनले जिल्ला तहबाटै बार्ता र छलफल गरेर समस्याको समाधान खोज्ने जनाए। गाँउपालिकामा १ गतेदेखिनै सबै सेवा अवरुद्ध भएको स्विकार गर्दै उनले समस्याको समाधान गर्न आफु लागि परिरहेको जनाए।
विविध गैरकानुनी र अबैधानिक निर्णय सच्याई संविधान र स्थानिय सरकार सञ्चालन ऐन र कानुन बमोजिम स्थानिय सरकार चल्नुपर्ने माग काँग्रेसले राखेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले ताला खोल्ने प्रयास हुँदा गाँउपालिका भवनको चेनगेटले सामान्य चोट लागेको हुन सक्ने भन्दै झडप भएको जानकारी नआएको बताए।