निकालिएका करार कर्मचारीद्वारा दोस्रोपटक बिरोध प्रदर्शन
०८ साउन २०७९
•
३ मिनेट पाठ
निकालिएका करार कर्मचारीद्वारा दोस्रोपटक बिरोध प्रदर्शन
 मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले करारका कर्मचारीहरुलाई हाजिर हुनबाट रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका छन्। साउन १ गतेदेखि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा कार्यरत १ सय ३२ करार कर्मचारीलाई प्रतिष्ठानले हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।




प्रतिष्ठानले पूराना कर्मचारीहरुलाई हटाएर आर्थिक चलखेल गर्नका लागि सोही संख्यामा नयाँ कर्मचारीको भर्ना आह्वान गरेको भन्दै आइतबार उनीहरूले प्रादेशिक अस्पतालको मूल गेटमा बिरोध प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए।

आफूहरूलाई कुनै जानकारी नगराई बिनाकारण हटाएर अन्याय गरेको भन्दै नियमित म्याद थप गराउन करारका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्। हटाइएको करारका कर्मचारीहरुले अस्पताल प्रशासनले गरेको निर्णयमा आपत्ति जनाउँदै अस्पतालमाको मूल गेटमा प्रदर्शन गरेका हुन्।

निकालिएको कर्मचारीलेहरुको अस्पताल प्रशासनले म्याद थप नगरे कडा आन्दोलनमा जाने कर्मचारी संघर्ष समितिले जनाएका छन्। 'हामीले विगत ८ दिनदेखि आन्दोलनमा छौं, तर अस्पतालले अहिलेसम्म हाम्रो आन्दोलनको सम्बन्धमा सोधपुछ गर्न न आएको कर्मचारी संघर्ष समितिका संयोजक धिरज यादवले बताए। उनले भने, 'हाम्रो माग बारे मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्रमार्फत अवगत गराएका छौं, तर कुनै निकायले हाम्रो माग प्रति गम्भीरता देखाएको छैन, एकदुई दिनमा हाम्रो माग सम्बोधन नभए अनशन बस्ने तयारीमा छौ।'

नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन्। प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभएसम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो। सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो।

कर्मचारीलाई कुनै जानकारी नगराए केही छलफल नै नगरी बिनाकारण हटाएर उपकुलपति डाक्टर रामकेवल साह र रजिस्टार बिनोद यादवले भर्ना हुने नयाँ कर्मचारीसँग पैसा उठाउने उदेश्यले आफूहरूलाई हटाइएको यादवले आरोप लगाएका छन्। उनले भने, 'हामीले काम गरेका छैनौं की हामीले बसेको पदका लागि सक्षम छैनौं, त्यसको लागि पहिला स्पष्टीकरण सोधेभए हुन्थ्यो,हाम्रो कामबाट चित्त नबुझेको अवस्थामा हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि सोही संख्यामा  कर्मचारी भर्नाको लागि आह्वान गर्ने यसबाट अस्पताल प्रशासनको नियतमाथि प्रष्ट उठेको हो।'

'अहिले अस्पतालमा जम्मा ४ सय करारका कर्मचारी छन्। जसमध्ये १ सय ३२ जनालाई मात्रै किन हटाउने निर्णय गरेको हो? हटाउनु नै थियो भने सबै करारका कर्मचारीलाई हटाए हुन्थ्यो। हामी पनि चित्त बुझाउँथे। करार कर्मचारीको ठाउँमा लोकसेवाबाट पदपूर्ति गरोस्' उनले भने, 'अस्पतालको दोहोरो चरित्र देखिएको छ। एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ। अर्को तर्फ सोही दिन सोही संख्यामा सोही पदका कर्मचारी माग गरेका छन्। हटाउनु नै छ भने फेरि कर्मचारी भर्नाको सूचना किन निकाल्नु पर्‍यो यसबाट प्रष्ट हुन्छ की उनीहरू आर्थिक चलखेल गर्न यो सब गरेको हो? कोरोनाकालमा हामीहरुले ज्यान जोखिम राखेर बिना तलब बिरामीहरुलाई सेवा गरेका थियौं', 

आन्दोलनरत अर्का कर्मचारी प्रमोद यादव बताउँछन्। छ महिना बिना तलब काम गरेपछि तत्कालीन मेसू प्रमोद यादवले हामीहरुको पिडा बुझेर तलब दिन सुरु गरेको थियो, उनले भने, 'प्रादेशिक अस्पताल मधेस स्वास्थ विज्ञान प्रतिष्ठानको मातहतमा गएपछि प्रादेशिक अस्पतालका कर्मचारीहरुलाई हटाएर समाजिक विकास मन्त्री नवल किशोर साह,प्रतिष्ठानका उपकुलपति डाक्टर राम केवल साह र राजिष्टार बिनोद यादवको मिलोमतोमा पुरानालाई हटाउने र पैसा लिएर नयाँ कर्मचारी भर्ना गर्न खोजेको आरोप लगाएका छन्।'

अस्पताल प्रशासन प्रमुख डा। कृष्ण देव दासले असार ३१ गते एक सूचना प्रकाशित गरी करारमा रहेका १३२ कर्मचारीहरुलाई हटाइएको थियो। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस