सर्लाहीको पर्सा गाउँपालिकामा एक महिलाको हत्या गरेर जमिन गाडी प्रहरीमा खोजतलासको जाहेरी दिने व्यक्ति करिब डेढ महिनापछि पक्राउ परेका छन्। पर्सा गाउँपालिका १ का बालदत्त भन्ने रमजेश कुमार राय र तिनका पिता राम प्रताप रायले बालदत्तकी २० वर्षीया पत्नी निशा यादवलाई हत्या गरेको अभियोगमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको हाे।
गत जेठ २२ देखि आफ्नै घरबाट निशा यादव हराइरहेकी भनेर खोजतलासको लागि निशाका ससुरा राम प्रताप रायले गत जेठ २४ माजिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका थिए। त्यसको अघिल्लो दिन जेठ २३ मा निशाका बुबा कैलाश राय यादवले हराइरहेकी छोरीको खोजतलासको लागि जाहेरी दिएका थिए।
निशा यादवको खोजतलास गरिरहेको प्रहरीले घरपरिवार तथा शंकास्पद व्यक्तिहरुसित सोधपुछ गर्दै प्रविधियुक्त विश्लेषण गर्ने क्रममा घरपरिवारकै सदस्यहरुमाथि प्रहरीको शंका बढेको थियो। प्रहरीले निशा यादवको श्रीमान बालदत्त, ससुरा राम प्रताप राय र देवर राजु यादवसित घटनाको विषयमा गहिरिएर अनुसन्धान गर्दै जाँदा कर्तव्य ज्यान गरी मारेको खुल्न आएको थियो।
निशालाई हत्या गरी घरदेखि करिब चार किलोमिटर टाढा आफ्नै खेतमा खाल्डाे खनेर गाडेको बुझिन आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल समेतको अनुसन्धान टोली खेतमा पुगेर अनुसन्धान गर्दा धान रोपेको खेतको आली छेउमा करिब सबा छ फिट गहिरो खाल्टोमा निशाको शवको अवशेष फेला परेको प्रहरीले जनाएको छ।
खाल्टोमा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा सडेगलेको अवस्थामा शव फेला परेकोले कानुन बमोजिम शव जाँच प्रकृति मुलुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।