रौतहटको बागमती नदीमा बिहीबार हराएका दुई बालकको शव शुक्रबार भेटिएको छ। बिहीबार दिउँसोदेखि नेपाली सेना, सशस्त्रप्रहरी बल तथा नेपाल प्रहरीसहितको टोलीले बागमती नदीमा बेपत्ताभएको आशंकामाबालकहरुको खोजी गरेको थियो।
बागमती नदीको पिपरा घाटमा निर्माणाधीन पुलको सामुन्ने एउटा साइकलतथा पाठ्यपुस्तक र कपडा राखेको देखिएपछि स्थानीयले केही बालकहरु नुहाउन जाँदा बेपत्ता भएको अनुमान गरेका थिए। सयौँ स्थानीयका साथै केही गोताखोर र सुरक्षा टोली परिचालित भएपनि बिहीबार अबेरसम्म बेपत्ता बालकहरुको बारेमा केही पनि जानकारी प्राप्त हुन सकेको थिएन।
हराइरहेका बालकहरुको खोजी शुक्रबार बिहानैदेखि थालिएको थियो। केही अन्तरालमा दुवै बालकको शव बागमती नदीमा शुक्रबार फेला परेको हो।
स्थानीय ज्ञानोदय बोर्डिङमा कक्षा ६ मा अध्ययनरत दुर्ग भगवती गाउँपालिका ३ मत्सरीका मनोज झाका १३ वर्षीय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासका १३ वर्षीय नाति आदित्य दासको शव शुक्रबार फेला परेको हो।
दुर्गाभगवती गाउँपालिका ५ बागमती नदीमा निर्माणाधीन अर्को पुलको नजिक बालकहरुको शव भेटिएको वडा नम्बर ३ का वडाध्यक्ष डिके झाले जानकारी गराएका छन्।
बालकहरुको शव भेटिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख विनोद घिमिरेले जानकारी गराएका छन्।