गोरखा सदरमुकामको नालीमा युवकको शव भेटियो
३० असार २०७९
•
१ मिनेट पाठ
गोरखा सदरमुकामको नालीमा युवकको शव भेटियो
गोरखा सदरमुकाममा एक युवकको शव भेटिएको छ। गोरखा नगरपालिका –८ स्थित नगरपालिका जाने सडकको नालीमा बिहिबार बिहान २४ वर्षीय अनिश आले मगरको शव भेटिएको हो।




शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।

‘सिसिटिभी फुटेज पनि हेर्दैछौं, केही व्यक्तिसित सोधपुछ गर्ने काम पनि भइरहेको छ’ एसपी खनालले भने।  
अर्को समाचार
गोरखा नगरपालिका भित्रका शिक्षकले तीन महिनादेखि तलब पाएनन्
२९ पौष २०७९
•
१ मिनेट पाठ
गोरखा नगरपालिका भित्रका शिक्षकले तीन महिनादेखि तलब पाएनन्
गोरखा नगरपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।  खातामा पैसा नभएको भन्दै नगरपालिकाले कात्तिकदेखि तलब नदिएको एक शिक्षकले गुनासो गरे।  ‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मको तलब आएको छैन’ ति शिक्षकले भने।  




वडा नम्बर ६ को शक्ति मावि र ९ को महालक्ष्मी माविमा नगरपालिकाले असोज महिनाको पनि तलब पठाएको छैन।  नगरभित्रका ४९ विद्यालयका तीन सय ७० जना शिक्षकले कात्तिक, मंसिर र पुस महिनाको तलब नगरपालिकाबाट पाएका छैनन्।  गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले शिक्षकलाई तलब खुवाउन नसकिएको स्विकार गरे।  नगरपालिकाको खातामा पैसा नहुँदा समस्या भएको उनले बताए।  

शिक्षकहरुले प्रधानाध्यापक, प्रधानाध्यापकहरुले नगरपालिकाको शिक्षा शाखाका तलब नआएको बारे बारम्बार गुनासो गरेपनि सुनुवाई नभएको बताउँछन्।  ‘हामीलाईपनि शिक्षकहरुले गुनासो गरिरहनुभएको छ’ गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले भने ‘प्रअ बैठकपनि यो विषयमा गुनासो आएको थियो। ’ नगरपालिकालाई शिक्षकहरुलाई तलब खुवाउन मासिक करिब एक करोड ७० लाख रुपैयाँ आवस्यक पर्छ।  

आन्तरिक स्रोत बलियो भएका केही विद्यालयले भने केहीमहिनाको तलब खुवाएका छन्।  शिक्षकहरुको तलब शसर्त अनुदानको बित्तिय हस्तान्तरणको माध्यामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले नगरपालिकाको आन्तरिक आयको खातामा पठाउँछ।  त्यसरी पठाएपछि नगरपालिकाले शिक्षकहरुको तलब विद्यालयको खातामा पठाउने  र विद्यालयले शिक्षकको खतामा पठाउँदै आएको छ।  कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्र भण्डारीले कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासामा कुनै समस्या नरहेको बताए।  
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस