ईस्लाम धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड ईद उल अजाहा बकर ईदमा जनप्रतिनिधिहरुले ईदगाहा स्थलमै पुगेर शुभकामना आदानप्रदान गरेका छन्।
स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुने चर्चा चलेका बेला जनप्रतिनिधिहरु कपिलवस्तु नगरपालिका वडा नम्बर १ बस पार्कको छेउमा रहेको ईदगाहा स्थलमा पुगेर शुभकामना साटासाट गरेका हुन्।
प्रतिनिधिसभाको सदस्य बुजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वडा नम्बर २ का अध्यक्ष अशोक गुप्ता, कार्यपालिका सदस्य गंगेश बर्मा लगायतका टोलीले शुभकामना साटासाट गरेका थिए। ईदगाहास्थलमा सामुहिक नवाज पढे पछि त्यहा बाट घर तर्फ बाहिरिदा जनप्रतिनिधिहरुले मुस्लिम धर्मावलम्बीसँग हात मिलाई अंकमाल गरेर शुभकामना दिएका थिए।
जनप्रतिनिधिहरु ईदगाहा स्थलमा पुगेर शुभकामना दिएकोमा मुस्लिम मुस्लिम समुदायहरु खुशी भएका थिए। मुस्लिम अगुवा खुर्सेद अहमद खाँले जनप्रतिनिधिहरु यसरी आएर आफूहरुलाई शुभकामना दिदा खुसी लागेको बताए। ‘हाम्रो दोश्रो प्रमुख चाडमा यसरी ईदगाहा स्थल मै आएर शुभकामना दिनु निकै सराहनीय काम हो’ उनले भने ‘हाम्रो धर्म संस्कृति परंम्परालाई सम्मान गरेकोमा हामी खुसी छौं’ उनले भने। उनले यसलाई जनप्रतिनिधि र राजनीतिक दलका नेताले केवल भोट तान्ने माध्यम मात्र बनाउन भने नहुने बताए।
अर्का मुस्लिम अगुवा रउफ अहमद खाले ईदगाहा स्थल मै जन प्रतिनिधिहरु पुग्दा आफूहरुका मन प्रशन्न भएको बताए। ‘जनप्रतिनिधिहरुले हाम्रो धर्मप्रति सदभाव राख्दै ईदगाहा स्थल मै पुग्न आफैमा राम्रो काम हो’ उनले भने ‘जन प्रतिनिधिले हाम्रो हक अधिकार स्थापना गर्न समेत पहल गर्नु पर्छ’ उनले भने। सांसद बृजेश कुमार गुप्ताले मुस्लिम समुदायको दोश्रो ठूलो चाडमा आफूहरु पनि सरिक हुन् ईदगाहा स्थल पुगेको बताए। कपिलवस्तुमा ठुलो संख्यामा मुस्लिम समुदायको बसोबास छ।
जनसंख्याको हिसाबले पनि जिल्लामा बढी रहेको मुस्लिम समुदायको धर्म संस्कृतिको सम्मान गर्नु आफुहरुको कतव्य रहेको उनले बताए। प्रत्यक्ष भेटेर शुभकामना साटासाट गर्न पाउदा खुसी लागको उनले बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बक्राईदमा प्रत्यक्ष भेटेर शुभकामना दिन आफू ईदगाहामा पुगेको बताए। ‘हात मिलाएर अंकमाल गरी शुभकामना दिन पाउदा खुसी लागेको छ,’ उनले भने। उनले मुस्लिम समुदायको हक अधिकार स्थापना र विकासमा आफूले सक्दो पहल गर्ने बताए।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...