असार १५ नेपाल भारतको सीमा क्षेत्रमा अपराध जन्य घटना निरुत्साहित गर्न खटिएको प्रहरीले स्कुले विद्यार्थी मोटरसाईकल चोरीमा संलग्नता रहेको खुलासा गरेको छ।
बाँके र बर्दियाका बजारमा चोरी भएर सीमा क्षेत्रमा पुगेका मोटरसाईकल प्रहरीले धमाधम बरामद गरेपछि मोटरसाईकल चोरीमा स्कुले विद्यार्थीको संलग्नता रहेका खुलासा भएको हो।
नेपाल भारतको खुला सीमा क्षेत्रमा चोरी,लुटपाट,राजश्व छलि,मानव वेचबिखन जोखिम रहेको औल्याएको प्रहरीले पछिल्लो समय बढ्दो मोटरसाईकल चोरीको घटना नियन्त्रणका लागि गिरोह र चोरी भएका मोटरसाईकल बरामद गरेर ठूलो सफलता हात पारेको छ। गोप्य सुचनाको आधारमा खटिएको टोलीले बढैयाताल गाउँपालिका जमुनिबाट चोरीका तीन वटा मोटरसाईकल र चार जना स्कुले विद्यार्थी पक्राउँ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीले बाँके र बर्दियाबाट चोरी भएका तीन वटा मोटरसाईकलसहित चार जना स्कुले विद्यार्थी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका स्कुले विद्यार्थी तीन जना १४ वर्ष र एक जना १६ वर्ष उमेर समूह रहेको तथ्य सार्वजनिक भएको छ।
मोटरसाईकल चोरीमा संलग्नता रहेको तीन जना नाबालक र चोरी भएका तीन वटा मोटरसाईकल प्रहरीले बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले बताए। उनका अनुसार सीमा क्षेत्रमा बरामद भएका मोटरसाईकल र सीमा क्षेत्रमा अध्यनरत चोरीमा संलग्न चोरी कसुर गर्ने नाबालक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेका छ। ‘चोरीमा संलग्नता रहेको खुलेपछि अभिभावकको सहयोगमा नियन्त्रणमा लिनेदेखि अनुसन्धान सम्मको काममा सहजता भईरहेको छ,’उनले भने,‘नावालक लहलहैमा चोरीमा संलग्नता भएको प्रहरीको अनुसन्धानले भेटाएको छ।’
प्रहरीले गरेको थप अनुसन्धानमा दोस्रो गिरोह प्रयोग गरेको नभई लहडमा स्कुले बिद्यार्थी चोरी गरी मोटरसाईकल लुकाएको घटनाक्रम बाट पुष्टि हुन्छ।
‘हामीले स्कुले विद्यार्थीलाई प्रयोग गर्ने माथिल्लो गिरोह फेला पार्न प्रयासरत छौ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘स्कुले विद्यार्थी बाहेक अर्को गिरोह नरहेको पाएका छौ,अनुसन्धानमा नचुक्न एसपी सावबाट निर्देशन छ।’ नियन्त्रणमा लिएको नावालकलाई अनुसन्धानका लागि प्रहरीले म्याद थप गरेको छ। मोटरसाईकल चोरी भएको उजुरी पर्ने बित्तिकै सीमा क्षेत्रमा खटिएको प्रहरीले तीन वटा मोटरसाईकल र चार जना नावालक नियन्त्रण लिएको बर्दिया प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले बताए।
‘खुला सीमामा हुने अपराधमा प्रहरी सचेत छ’ उनले भने, ‘सीमा क्षेत्रमा निगरानी बढाउँदा सफलता प्रहरीले पाएको छ।’ बरामद भएका मोटरसाईकल मध्य दुई वटा नम्बर परिवर्तन गरेर जगलमा छेउँछाउँमा राखेको अवस्थामा प्रहरीले मोटरसाईकल बरामद गरेको हो। मोटरसाईकल धनि सम्पर्कमा आएपछि बाँकेको धनौली स्थित इप्रका र बर्दियाको ईप्रका मैनापोखरले डाका र चोरी मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको छ।
सीमा क्षेत्रमा परिचालित बर्दिया प्रहरीले बिभिन्न किसिमका रणनितिक योजना अनरुप बिभिन्न किसिमको अप्रेशन संचालन गरिरहेको छ। एम्बुस,स्वपिङ,पट्रोल, जस्ता अप्रेशनले अपराधीको मनोबल गिराउन र सहज तरिकाले अपराध गरेर फरार हुने प्रबृतिको निरुत्साहित भएको प्रहरी प्रमुख शाहीले दाबी गरे।‘सीमा क्षेत्रमा हुने अपराधमा प्रहरीले सीमा क्षेत्रलाई प्राथामिकता दिएर अध्यन गरेर प्रहरी परिचालित गरेको छ,’ उनले भने, ‘रणनितिका योजना अनुरुप सीमा क्षेत्रमा खटिदा प्रहरीले सफलता हात परेको हो।’ उनका अनुसार लागूऔषध,राजश्व चुहावट,बैदेशिक रोजगारीका लागि नेपाल र भारतको खुला सीमा प्रयोग गर्ने गिरोहको बिरुद्धमा दक्ष प्रहरी सीमा क्षेत्रमा खटिरहेको छ। ‘भारतीय पक्षसँगको समन्वयमा भारतमा अलपत्र परेका महिलाको नेपाल प्रहरीले उद्धार गरेको रेर्कडले पुष्टि गर्छ।