जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना
१३ असार २०७९
•
२ मिनेट पाठ
जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना
जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र स्थापना गरिएको पुस्तकालय। तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक
जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।  




जिप्रकाको मुख्य भवन भन्दा पूर्व दक्षिणतर्फ छुट्टै एकतले भवन निर्माण गरेर बनाइएको पुस्तकालयको सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायकहरु डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे।

जिप्रका कास्कीको आफ्नै खर्चमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए। पुस्तकालय स्थापनाका लागि पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले संस्थागत सहयोग गरेको उनले जानकारी दिए। एसपी थापाले भने, ‘ज्ञानको भण्डार स्थापना गर्नेजस्तो पवित्र ठाउँ बनाउँदा अपवित्र ठाउँबाट खर्च लिनु हुँदैन भन्नेमा हामी दृढ छौं र त्यस्ताबाट सहयोग नलिई निर्माण ग¥यौं।’ पुस्तकालयसँगै कफी जोन पनि राखिएको छ। जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन्।

समाजलाई प्रहरीसँग जोड्ने उद्देश्यले स्थापना गरिएको सो पुस्तकालयमा सबै नागरिकको पहुँच हुनेछ। अर्थात जो कोही व्यक्तिले त्यहाँ गएर पुस्तक अध्ययन गर्न पाउनेछन्। साथै थुनुवालाई पनि पालैपालो आफूले चाहेको पुस्तक अध्ययन गर्न दिईने एसपी थापाले बताए।

एसपी थापाले पुस्तकालय निर्माण गर्नुको दुई उद्देश्य रहेको बताए। उनले भने, ‘पहिलो त समुदायलाई प्रहरी कार्यालयमा स्वागत गर्दै उहाँहरुसँग प्राज्ञिक बहस गर्ने र अर्कोचाहीँ प्रहरीलाई अध्ययनशील बनाएर क्षमता, दक्षता अभिबृद्धि गरी अनुसन्धानमा निपूर्ण बनाउनका लागि सघाउनु नै यसको उद्देश्य हो,’ उनले भने।

प्रा.डा.कुसुमाकर न्यौपानेले आपराधिक क्रियाकलापमा लागेकाहरुले पनि पुस्तकालयमा अरुले अध्ययन गरेको देखेर आफूलाई पनि सुधार गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पुस्तकालयले सघाउने विश्वास व्यक्त गरे। ‘यो सत्कर्म गर्नु भो, यसले आपराधिक क्रियाकलापमा लागेकाहरुलाई पनि नैतिकवान र चरित्रवान बनाउन प्रेरित गर्छ,’ उनले भने।

गण्डकी विश्वविद्यालयका डिन प्राडा कपिल अधिकारीले प्रहरीलाई पुस्तकसँग जोड्नु राम्रो कुरा भएको बताए। संगठनको स्वास्थ्यसँग अध्ययनको भूमिका हुने भन्दै उनले भने,‘जुन संगठनका कर्मचारी अध्ययनशील हुन्छ त्यो संगठन स्वस्थ हुन्छ। अनि परिणाममुखी पनि बनाउँछ।’

पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा.सरोज कोईरालाले पुस्तकालयलाई कुनै एउटा विषय केन्द्रीत गर्न सुझाव दिए। त्यसो भएमा सो विषयमा अध्ययन अनुसन्धान गर्न देशभरका मान्छे खोज्दै आउने उनको भनाई थियो। एसएसपी कृष्णहरी शर्माले प्रहरीले कानून सबै जान्नुपर्ने भएको र त्यो अध्ययनपछि मात्र थाहा हुने भएकाले पुस्तकालयले त्यसमा सघाउने विश्वास व्यक्त गरे। कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यले प्रहरी कार्यालय आउँदा नागरिक झस्किने स्थितिको अन्त्य पुस्तकालयले गर्ने बताए।
अर्को समाचार
जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना
१३ असार २०७९
•
२ मिनेट पाठ
जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना
जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।  




जिप्रकाको मुख्य भवन भन्दा पूर्व दक्षिणतर्फ छुट्टै एकतले भवन निर्माण गरेर बनाइएको पुस्तकालयको सोमबार नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक द्वय  डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

जिप्रका कास्कीको आफ्नै खर्चमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए। पुस्तकालय स्थापनाका लागि पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले संस्थागत सहयोग गरेको उनले जानकारी दिए। एसपी थापाले भने,'ज्ञानको भण्डार स्थापना गर्नेजस्तो पवित्र ठाउँ बनाउँदा अपवित्र ठाउँबाट खर्च लिनु हुँदैन भन्नेमा हामी दृढ छौं र त्यस्ताबाट सहयोग नलिई निर्माण गर्‍यौं।’ पुस्तकालयसँगै कफी जोनपनि राखिएको छ । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन्।

समाजलाई प्रहरीसँग जोड्ने उद्देश्यले स्थापना गरिएको सो पुस्तकालयमा सबै नागरिकको पहुँच हुनेछ। अर्थात जोकोहि व्यक्तिले त्यहाँ गएर पुस्तक अध्ययन गर्न पाउने छन्। साथै थुनुवालाई पनि पालैपालो आफूले चाहेको पुस्तक अध्ययन गर्न दिईने एसपी थापाले बताए।

एसपी थापाले पुस्तकालय निर्माण गर्नुको दुई उद्देश्य रहेको बताए। उनले भने,'पहिलो त समुदायलाई प्रहरी कार्यालयमा स्वागत गर्दै उहाँहरुसँग प्राज्ञिक बहस गर्ने र अर्कोचाहिं प्रहरीलाई अध्ययनशील बनाएर क्षमता, दक्षता अभिबृद्धि गरी अनुसन्धानमा निपूर्ण बनाउनका लागि सघाउनु नै यसको उद्देश्य हो’–उनले भने।

प्रा.डा.कुसुमाकर न्यौपानेले आपराधिक क्रियाकलापमा लागेकाहरुले पनि पुस्तकालयमा अरुले अध्ययन गरेको देखेर आफूलाई पनि सुधार गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पुस्तकालयले सघाउने विश्वास व्यक्त गरे। 'यो सत्कर्म गर्नु भो, यसले आपराधिक क्रियाकलापमा लागेकाहरुलाई पनि नैतिकवान र चरित्रवान बनाउन प्रेरित गर्छ’–उनले भने।

गण्डकी विश्वविद्यालयका डिन प्रा.डा.कपिल अधिकारीले प्रहरीलाई पुस्तकसँग जोड्नु राम्रो कुरा भएको बताए। संगठनको स्वास्थ्यसँग अध्ययनको भूमिका हुने भन्दै उनले भने,'जुन संगठनका कर्मचारी अध्ययनशील हुन्छ त्यो संगठन स्वस्थ हुन्छ। अनि परिणाममुखी पनि बनाउँछ।’

पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा.सरोज कोईरालाले पुस्तकालयलाई कुनै एउटा विषय केन्द्रीत गर्न सुझाव दिए। त्यसो भएमा सो विषयमा अध्ययन अनुसन्धान गर्न देशभरका मान्छे खोज्दै आउने उनको भनाई थियो।

एसएसपी कृष्णहरी शर्माले प्रहरीले कानून सबै जान्नुपर्ने भएको र त्यो अध्ययनपछि मात्र थाहा हुने भएकाले पुस्तकालयले त्यसमा सघाउने विश्वास व्यक्त गरे।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यले प्रहरी कार्यालय आउँदा नागरिक झस्किने स्थितिको अन्त्य पुस्तकालयले गर्ने बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस