पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम
१२ असार २०७९
•
३ मिनेट पाठ
पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।




विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन्। सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ। साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्छ। लाखौँ भक्तजनको उपस्थितिबीच पशुपतिनाथ मन्दिर मुख्य क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोष लागि परेको छ।  

मन्दिरलाई २४ सै घण्टा सफा राख्ने उद्देश्यले कोषले सफाइ कर्मचारीलाई १० दिने सफाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो। तालिममा कोषका ६७ कर्मचारी सहभागी रहेको प्रशिक्षक मनऋषि धितालले जानकारी दिए। पशुपतिनाथ जस्तो पवित्रस्थललाई सधैँ सफा र स्वच्छ राख्न तालिम, प्रशिक्षणजस्ता उत्प्रेरणा, आधुनिक उपकरण र नियमित अनुगमनको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ। प्रशिक्षार्थीलाई १६ समूह बनाएर अलग अलग ठाउँमा काममा पठाइएको थियो। तालिमको सुरुमा काम लगाउँदा परम्परागत शैलीमा मात्र हुने गरेको सफाइ उपकरणको प्रयोगले समूह कार्यको अभ्यास गराएपछि प्रभावकारी देखिएको थियो।  

कोषले लाखौँ रुपैयाँ लगानी गरेर बनाएका भौतिक पूर्वाधारका संरचनामा समेत सही तरिकाले सफाइ हुन नसकेको भेटिएको प्रशिक्षक धितालले सुनाए। 'सफाइ कर्मचारीमा आधुनिक उपकरणको प्रयोग गरी काम गर्ने क्षमताको विकास नहुनु मुख्य कमजोरी पाइयो, तालिमपछि सफाइ कर्मचारीमा नयाँ शैलीले काम गर्ने क्षमताको विकास भएको छ, यसलाई निरन्तरता दिन कोषले उपकरणको पर्याप्त व्यवस्थाका साथै नियमित अनुगमन गर्नुपर्छ' उनले भने।  

विसं २०४४ मा स्थापना भएको कोषका कर्मचारीका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रम राखिएको हो। विसं २०५० भदौदेखि पशुपति क्षेत्रमा सफाइ काम गर्दै आएकी तारादेवी घिमिरे पहिलो पटक तालिम पाएको बताउँछिन्। तालिमपछि उपकरण प्रयोग गरेर नयाँ शैलीमा सफाइ गर्न सकिने उनको विश्वास छ। पशुपति क्षेत्र २६४ हेक्टरमा फैलिएको छ। पशुपति क्षेत्रमा केही भाग वनसमेत छ। मुख्य मन्दिर क्षेत्र रहेको भागमा पनि नियमित सफाइ नभएको गुनासो भक्तजनले गर्दैआएका छन्।  

कोषका प्रवक्ता रेवतीरमण अधिकारी पशुपति क्षेत्रमा सफाइका लागि १०० कर्मचारी परिचालन गरिएको बताउँछन्। कोषका तर्फबाट ४०, नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट ४० तथा नेपाल आयल निगम र नेपाल एसबिआई बैङ्कका तर्फबाट १०÷१० कर्मचारीको पशुपति क्षेत्रमा सफाइका लागि व्यवस्था गरिएको छ। निगमले कोषलाई सफाइमा उपयोग गर्ने गरी केही उपकरणसमेत उपलब्ध गराएको छ।

पशुपति क्षेत्रको सफाइमा ‘मब बकेट’ उपकरण प्रयोगमा ल्याइएको छैन। बाल्टीलाई मात्र प्रयोग गर्दा समस्या हुने गरेको सफाइ कर्मचारीको भनाइ छ। यस्ता उपकरण प्रयोगमा नल्याउँदा फोहरबाट सङ्क्रमण फैलन सक्छ। एक वर्षदेखि पशुपति क्षेत्रका सफाइमा काम गरिरहेकी कविता उप्रेती पर्याप्त मात्रामा आधुनिक उपकरण नहुँदा समस्या हुने गरेको स्वीकाछिन्। तालिममा सहभागीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रमाणपत्र वितरण गरे। उनले पशुपति क्षेत्रको सफाइ पुण्य काम भएकाले मन लगाएर गर्न आग्रह गरे।  

कार्यक्रममा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष खेम लकाइलगायतले तालिमपछि पशुपति क्षेत्रको सफाइमा सुधार हुने तथा यसको नियमित अनुगमनसमेत गरिने बताए। 
अर्को समाचार
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति
०९ वैशाख २०८०
•
१ मिनेट पाठ
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ।




प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो। पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पाँच सयभन्दा धेरै आभियन्ताको उपस्थिति भएको अभियानका सदस्यसचिव डा सुरेश सुरस श्रेष्ठले बताए। सफाइ अभियानमा पर्यटनमन्त्री सुदन किराती र पर्यटनराज्यमन्त्री सुशीला सिर्पाली ठकुरी हरेक शनिबार पशुपति सफाइकार्यमा सहभागी हुँदै आएका छन्।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयलाई पशुपति क्षेत्र सरसफाइ अभियानको समय बनाइएको छ। पर्यटनमन्त्री किरातीको अध्यक्षतामा पशुपति क्षेत्र सरसफाइ अभियान बनाइएको हो। अभियानमा मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुख, मन्त्रालयका शाखा, महाशाखाका सहसचिव, स्थानीय सामाजिक सङ्घसंस्थाका सदस्य एवं प्रतिनिधि छन्।

पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण समिति सदस्य, कर्मचारी, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालगायत गरी प्रत्येक शनिबार सयौँ अभियन्ताको उपस्थिति रहने गरेको डा श्रेष्ठले बताए।

पशुपति विकास कोषका सदस्यसचिव डा मिलन थापाका अनुसार पशुपति क्षेत्र सरसफाइ अभियानको आज सातौँ हप्तासम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुँदै घाटपारिको राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस