‘सिक्टाका भ्रष्टाचारीलाई अदालतले चोख्याउने काम गर्‍यो’
०८ असार २०७९
•
४ मिनेट पाठ
‘सिक्टाका भ्रष्टाचारीलाई अदालतले चोख्याउने काम गर्‍यो’
आइपी खरेल/सदस्य, लुम्बिनी प्रदेशसभा
 सिक्टा सिँचाइ आयोजनाभित्र भएको भ्रष्टाचारका विषयमा विशेष अदालतले जुन रूपले सफाइ दिने काम गरेको छ, यसले बाँकेवासीलाई ठूलो अन्याय गरेको छ। यही फैसला गर्नु थियो भने यतिका वर्षसम्म किन लम्बाइयो ? जब अदालतले भ्रष्टाचारीलाई नै निर्दोष सावित गर्ने काम गर्‍यो, यो न्यायोचित छैन। यो फैसलाले भ्रष्टाचार गर्नेलाई हौसला दिने काम गरेको छ।




किस्मतकुमार कक्षपति/अध्यक्ष, नेकपा एमाले बाँके 
अदालतका फैसलाप्रति जनताको विश्वास गुम्दै गएका बेलामा विशेष अदालतले पनि सिक्टाका भ्रष्टाचारीलाई चोख्याउने काम गरेको छ। यो सरासर अन्यायपूर्ण छ। सिक्टामा कति भ्रष्टाचार भएको छ भन्ने कुरा त स्थलगत रूपमा हेर्दा नै छर्लङ्ग हुन्छ। अदालतले निश्पक्ष रूपमा फैसला गर्न सकेन। यो फैसला न्यायोचित नै भएन। राज्यको अर्वौ रकम लगानी भएको छ। राज्य संवेदनशिल हुने कि नहुने ? हरेक कुरा अदालतमा जान्छ, तर अदालतले सेटिङमा फैसला गर्छ।

हिक्मत विक/केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी  
अदालतले नै सेटिङमा फैसला गर्नु पूर्ण रूपमा गलत कुरा हो। जनताले उपभोग गर्न नपाउँदै भ्रष्टाचारका कारण सिक्टा सिँचाइ आयोजना ध्वस्त भइसकेको छ। तर, त्यो गलत छैन भनेर फैसला गर्छन, न्यायाधीसहरू। न्याय पहुँच र पैसामा फैसला हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, सिक्टाभित्रको भ्रष्टाचार मुद्दा। न्यायालयले नै भ्रष्टाचार भएको छैन भनेर फैसला गरिसकेपछि जनताले अब को सँग आशा र अपेक्षा गर्नु र ? अदालतले नै बाँकेबासीप्रति ठूलो अन्याय गरेको छ। यसका विरुद्ध जनता जागरुक भएर लाग्नुपर्छ।

भिम रानाक्षेत्री/सभापति, नेपाली कांग्रेस राप्ती सोनारी बाँके
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहिन काम भएको प्रष्ट रूपमा देखिदाँ देखिदै पनि जसरी फैसला आयो, यसले हामी सबैलाई आश्चर्य चकित बनाएको छ। गुणस्तरहिन काम भएको देख्दा देख्दै अदालतले सफाइ दिने काम गर्यो, यो वास्तवमा न्याय संगत छैन। अहिले विशेष अदालतले सफाइ दिए पनि माथिल्लो तहको न्यायालयले दोषी करार पक्कै पर्छ। यसका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सक्रियता देखाउनै पर्छ।

कृष्णप्रसाद श्रेष्ठ/संयोजक, विकासका लागि नागरिक सरोकार समिति बाँके
सिक्टामा भ्रष्टाचार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनुको साटो न्यायालयले भ्रष्टाचारीलाई उल्टै चोख्याउने काम गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिक्टाभित्रको भ्रष्टाचारका विषयमा त्यसै अनुसन्धान गरेको होइन। तर अदालतले सिक्टाभित्र भ्रष्टाचार भएको छैन भनेर चोख्याउने काम ग¥यो। यसले भविष्यमा आयोजनाभित्र अझै भ्रष्टाचार गर्न खोज्नेलाई मलजल गर्ने काम गरेको छ। सिक्टामा बर्सेनि सरकारले लगानी त गरिरहेको छ, तर बजेट सक्नका लागि मात्रै आयोजना देखाउने दाँत जस्तै बनेको छ।

भानुभक्त भट्टराई/अध्यक्ष, किसान संघ बाँके  
सिक्टा सिँचाइ आयोजना निर्माण गर्दाखेरी नै यहाँ व्यापक रूपमा भ्रष्टाचार भएको कुरा हामीले थाहा पाएका हौं। त्यतिबेला देखी नै तत्कालीन सिंचाइ मन्त्री, सुशील दाइलगायत नेताहरूको ध्यानाकर्षण गराएका हौं। त्यसको परिणाम त नहर परिक्षण गर्दा सामान्य पानी छाड्दा नै देखिएको हो। भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारले मुद्दा चलायो। तर अहिले न्यायालयले नै भ्रष्टाचारलाई झन मलजल गर्ने काम गर्यो। सिक्टामा भएको भ्रष्टाचारमा न्यायालय प्रभावमा परेको छ। न्यायालयमाथि पनि छानबिन गर्नुपर्छ। सक्टालाई अहिलेसम्म राजनीतिक पार्टी र उच्च स्तरका कर्मचारीले दुहुनो गाई नै बनाए।

शालिकराम डाँगी/वडाअध्यक्ष, राप्ती सोनारी ८ बाँके
कालिका कन्स्ट्रक्सन कम्पनीले कमसल निर्माण सामाग्री प्रयोग गर्दा र आयोजनाका कर्मचारीले आँखा चिम्लिदा सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर पटक पटक भत्किन पुगेको हो। सिक्टामा चाइना कम्पनीले बनाएको नहर र कालिकाले बनाएको नहरलाई आँखाले हेरेपछि नै थाहा हुन्छ। नहर यसरी कुरूप भइसकेको छ कि पानी चल्ने अवस्था नै छैन। तर, हाम्रो देशको न्यायालयले भ्रष्टाचार देख्दैन, मिलेमतोमा न्याय खरिद बिक्री हुन्छ। अदालतले भ्रष्टाचारीलाई कसरी सफाइ दियो ? अदालतले कागज मात्रै हेरेर गर्नुभन्दा फिल्डमा आएर फैसला गर्नुपथ्र्यो।

महाबिर ओली/निर्वतमान वडाअध्यक्ष, राप्ती सोनारी ९ बाँके
जनताको विश्वास रहेको अदालतले नै भ्रष्टाचारीलाई सफाइ दिएपछि अब हामीले के भन्नु र ? अदालतले फैसला गरेर न्याय/अन्याय के गर्यो भन्ने कुरा त फिल्डमा आएर हेरेपछि थाहा हुन्थ्यो। आखिरमा भ्रष्टाचारका विरुद्ध जति बोलेपनि अदालतले आँखा चिम्लेर फैसला गर्दो रहेछ। तर पनि अदालतले गरेको जस्तो सुकै फैसलालाई पनि जनताले मान्दिनुपर्ने, कस्तो बिडम्वना हो।
अर्को समाचार
अर्थ र राजस्व सचिवलाई हटाउन माग
३१ असार २०७९
•
२ मिनेट पाठ
अर्थ र राजस्व सचिवलाई हटाउन माग
सर्वोच्च अदालतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राज्यको गोप्यता उल्लंघन गरी अर्थतन्त्रमा असर पारेको र सिसिटिभी फुटेज मेटाउन सघाउने अर्थ र राजस्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दर्ता भएको छ।




बिहीबार दर्ता गरिएको रिट निवेदनमा अर्थ मन्त्रालय जस्तो संवेदनशील निकायमा सिसिटिभी रेकर्ड गैरकानुनी तवरबाट मेटाई घटना दबाउने, प्रमाण मेटाउने काम राष्ट्रिय हितविरुद्ध, सार्वजनिक सुरक्षा, विधिको शासनसमेतको गम्भीर उल्लंघन भएको निवेदकहरूको दाबी छ।

तत्कालीन अर्थमन्त्री शर्माले खास व्यक्ति समूहलाई मात्र हित हुनेगरी गैरव्यक्तिलाई संवैधानिक दायित्वको गोप्य प्रक्रियामा समावेश गरी करको दरमा हेरफेर गरी बजेट तर्जुमा गरी संसद्मा पेस गरेको भन्दै न्यायिक अनुसन्धानको माग गरिएको छ।

अधिवक्ताहरू बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे, शिशिरकुमार यादव, बिना यादवले संयुक्त रिट निवेदन दर्ता गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई विपक्षी बनाई रिट निवेदन दर्ता भएको हो।  

सम्बन्धित प्रमाण नष्ट हुन सक्ने भन्दै अनुसन्धानलाई प्रतिकूल असर पर्ने भएकाले तत्काल तोकिएको जिम्मेवारीबाट अलग अर्थ सचिव मरासिनी र राजस्व सचिव पुष्करलाई जिम्मेवारीबाट अलग गर्नसमेत रिट निवेदकहरूको माग छ। रिट निवेदकहरूले सम्बन्धित निकायलाई जवाफदेही बनाउन, सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश नभएको संवैधानिक, कानुनी प्रश्नको निरूपणका लागि आवश्यक आदेश जारी गर्न माग गरेका छन्।

सिसिटिभी फुटेज व्यापारिक केन्द्रमा एक महिना, संवेदनशील पूर्वाधारमा तीन महिना सञ्चय गरी राख्ने प्रचलन भएको उल्लेख छ। ‘रिटको अन्तिम टुंगो नलागेसम्म प्रश्न उठेको अर्थ मन्त्रालय, अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्यामेरमा कैद भएका सम्बन्धित मुद्दाको अन्तिम किनारा नलागेसम्म नमेटिनेगरी सञ्चय गरी राख्न अन्तरिम आदेश’ माग गरिएको छ।

‘अर्थ मन्त्रालयमा जडान भएको सिसिटिभी क्यामरा र त्यसको सम्पूर्ण प्रणाली खरिद प्रक्रिया सम्बन्धित कागजात झिकाई मन्त्रालयको दाबी र वास्तविकता परीक्षण गरी कानुनविपरीत खरिद गरेको भए कारबाही गर्न सम्बन्धित निकायलाई उपयुक्त आदेश जारी गरिपाऊँ,’ रिट निवेदनमा भनिएको छ। सिसिटिभीले खिचेको रेकर्ड कानुनले तोकेको समयअघि नै रेकर्ड मेटाउनु कानुनविपरीत भएकाले कानुनअनुसार अनुसन्धान गरी कारबाही गर्न आदेश माग गरेका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस